
शिक्षक दरबन्दी मिलान् गरी यहि महिनाभित्र पदस्थापन समेत गर्ने भनिएपनि जिल्ला शिक्षा अधिकारी नै नभएपछि आफुहरुलाई नियुक्ती दिने कार्य अन्योलमा परेको शिक्षक सेवा आयोगले सिफारिस गरेका शिक्षकहरुले गुनासो गरे । जिल्ला शिक्षा कार्यालयको भद्रगोल अबस्थाका कारण अब यो महिनामा दरबन्दी मिलान् र पदस्थापनाको काम सम्पन्न नहुने अबस्थामा पुगेको नेपाल शिक्षक युनियन सोलुखुम्बुका अध्यक्ष गुणराज निरौलाले बताउनुभयो । जिल्ला शिक्षा कार्यालय सोलुखुम्बुका कर्मचारीहरु कार्यालयमा निमित्त समेत कसैलाई नदिएको बताउँछन् भने काठमाडौं जानुभएका जिल्ला शिक्षा अधिकारी संकरकुमार कार्कीको मोबाईलमा सम्पर्क हुन सकेन ।
Comments
Post a Comment