Skip to main content

स्तुपा (माने) भत्काउने माथि कडा कार्वाहिको माग

चितवन ,भदौ १७ ,मंगलवार । जुटपानी ७ सुर्यपुर चितवनमा रहेको बौद्ध धर्मवलम्बिहरुको आस्थाको धरोहर (माने) स्तुपा तोडफोड भएको प्रति नेपाल तामाङ घेदुङ चितवनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मंगलवार विज्ञप्ति निकाली घेदुङले मान बहादुर योञ्जन सहित उनका परिवारको सम्लग्नतामा सार्वजनिक जग्गा आफ्नो बनाउन सुनियोजित तरीकाले माने भत्काएको भन्दै कडा कानुनी कार्वाहिको माग गरेको छ । 

माधक पदार्थ सेवन गरी यहि भदौ १५ गते आईतवार विहान ७ बजे स्तुपा तोडफेड गरेपछि स्थानियले क्षतिपुर्ति र पुर्ननिर्माणका लागी प्रहरीमा उजुरी दिएका थिए । लगतै ईलाका प्रहरी कार्यलय टाँडीले योञ्जनलाई पक्राउ गरेको छ । सम्लग्न अन्यलाई पक्राउ गर्नुको साटो मिल्नुपर्ने भन्दै आल टाल गर्न खोजेको भन्दै प्रशासनको पनि ध्यानाकर्षण गराईएको छ ।

घेदुङ अध्यक्ष मोहन स्याङबोद्धारा हस्ताक्षरीत विज्ञप्तिमा केही व्यक्तिले योञ्जनलाई छुटाउन प्रहरीलाइ दवाव दिईरहेकाले सो कार्यको विरोध गर्दै संस्कृतिमाथिको हस्तछेप भएकाले प्रशासनसँग कानुनी कार्वाहिको माग गरेको छ । 

सो स्तुपा तोडफोड भएको भिडियो समेत प्रमाण स्वारुप सुरक्षीत रहेको स्थानियवासी मोहन लामा रुम्बाले जानकारी दिनुभयो । पुनरावेदन अदालत हेटौडाले सार्वजनिक जग्गामा रहेको सो स्तुपामा कोही कसैले असर नपु¥याउन आदेश जारी गरेको अवस्थामा यस्ता क्रियाकलाप हुनु निन्दनिय भएको जारी विज्ञप्तिमा उल्लेख छ । 

सो बौद्ध स्तुपा स्थानिय मान बहादुर तामाङ लगायतले करीव ५ लाखको लागतमा ३ वर्ष अघि निर्माण गरेका थिए । क्रिस्चियन धर्म अगालेका योञ्जनले जातजाति तथा धार्मीक सहिष्णुतालाई विर्सीएर सामाजिक वातावरण खल्वल्याउन खोजेको भन्दै आपति प्रकट गरेको छ । 

यसैविच चितवनका प्रहरी नायव उपरिक्षक (डिएसपी) शान्ति राज कोईरालाले भने कार्वाहि प्रकृया अघि बढाइएको बताउनुभएको छ । कानुनको उंलघन गर्ने जो कोहिमाथि पनि कार्वाहि हुन्छ त्यसमा निर्धक हुनुहोस काईरालाले भन्नुभयो सार्वजनिक मुद्धा दायर गरी कानुनमा तोकीए वमोजिमको कार्वाहि हुन्छ ।

यसैविच तामाङ सञ्चार समुह चितवनले पनि विज्ञप्ति जारी गरी गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । समुहका अध्यक्ष उर्गेन तामाङद्धारा हस्ताक्षरीत विज्ञप्तिमा बहु भाषी ,बहु जाति ,बहु धर्म तथा बहु संस्कृति रहेको हाम्रो समाजमा कसैले कसैको आस्था ,आत्मा सम्मानमा चोट पु¥याउने क्रियाकलाप हुनु दुखद भएको जनाईएको छ ।

यस्ता क्रियाकलापले सामाजीक सम्बध खल्वल्याउने भएकाले दोषी माथी कडा कार्वाहि गर्नृू पर्ने र स्तुपा पहिलेकै स्वरुपमा देख्न पाउनुपर्ने उल्लेख छ । भाषा ,धर्म ,संस्कार, संस्कृति मनाउनु पाउने अधिकार व्यत्तिगत स्वातन्त्रता भएपनि अरुको आस्था ,आत्मा सम्मानमा चोट पु¥याउन नहुने भन्दै स्तुपा भत्काउनेले मन्दीर पनि भत्काउन सक्छ , मस्जित पनि भत्काउन सक्छ , यस्ता क्रियाकलापले दिर्घकालीन असर गर्नेतर्फ समयमै सरोकारवालाहरुको ध्यान पुग्नुपर्ने जारी विज्ञप्तिमा जनाईएको छ । 
News C/P From kalikafm

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।