भदौ १७ गते । शसस्त्र युद्धको समयमा २०५९ सालमा ज्यान गुमाएका नेचाबेतघारी २ सोलुखुम्बु निबासी रमेश कटेलको काजक्रिया मंगलबार सम्पन्न भएको छ ।
तत्कालिन सेनाले २०५९ साल भदौ ५ गते नेलेबजारबाट नियन्त्रणमा लिएर पत्ताले स्थित थालेडाँडामा हत्या गरिएको सुनिएपनि राज्यपक्षबाट हत्या भएको एकिन नगरेका कारण काजक्रिया नगरिएका कटेलको आफन्तले जनाएका छन् ।
शसस्त्र युद्धमा हिडेको व्यक्ति पक्राउ परेको सुनिएपनि हत्या भएको वा नभएको थाहा नपाई काजक्रिया गर्न नमिल्ने भन्दै हराएको १२ बर्ष पुरा भएपछि मृत्यु भएको मानेर पक्राउ परेकै मितिबाट काजक्रिया शुरु गरिएको जनाइएकोछ । उनलाई बेपत्ताको सुचिमा राखेको भएपनि पत्तालेमा हत्या गरिएको र सरकारले बेपत्ता तथा मृत्युबारे आफन्तलाई जानकारी नदिएको सहिद प्रतिष्ठान सोलुखुम्बुका अध्यक्ष लोकेन्द्र राउतले बताउनुभयो ।
राज्यले न मृत्यु भयो भन्छ, नत उसको अबस्थाबारे भन्छ, त्यसैले अन्योलमा रहेको परिवारले १२ बर्षसम्म काजक्रिया गर्न पाएनन्, १२ बर्षपछि मरेको बिस्वासका साथ धार्मिक बिधिअनुसार काजक्रिया भएको हो राउतले भन्नुभयो ।
नेलेबाट पक्राउ परेका कटेलको पत्तालेमा हत्या भएको जानकारी पाएको केही समय पछि आफन्तहरुले चिहानमा अवशेष फेला पारेको भएपनि त्यो हराईरहेका कटेलकै हो भन्ने प्रमाणित भने भएको छैन ।
Comments
Post a Comment