सामाखुसीमा गत भदौ ३१ गते वसको ठक्करबाट मृत्यु भएका सोलुखुम्वुका १७ वर्षीय राम कमल कुलुङको परिवारलाई क्षतिपूर्ति तथा वसका धनीलाई सार्वजनिक गर्न माग गर्दै आफन्त र छिमेकीले अहिले महाराजगंज प्रहरीमा विरोध गरिरहेका छन् । गत भदौ ३१ गते विद्यालय जानेक्रममा सामाखुसीमा विहान ५ वजे कुलुङलाई ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीले घटनालाई ढाकछोप गर्न खोजेको भन्दै सोलुखुम्वुबाट निर्वाचित सभासद तथा नेताहरुले अहिले महाराजगंजमा विरोध गरिरहेका छन् । उनिहरुले मृतकका परिवारलाई क्षतिपूर्ति र सवारी धनीलाई सार्वजनिक नगरेसम्म कुलुङको शव नवुझ्ने बताएका छन् । नेपाली कंग्रेसका केन्द्रीय सदस्य तथा सभासद् वल वहादुर केसीले घटनालाई ढाकछोप गर्ने प्रयास भईरहेकाले विरोध गरिएको बताउनुभयो । प्रहरीले भने घटनाको अनुसन्धान भईरहेको भन्दै आवश्यक परे सवारी धनीलाई पनि पक्राउ गरिने बताएको छ ।
NEWS COPY FROM-RADIO KANTIPUR
Comments
Post a Comment