Skip to main content

सोलुखुम्बुका ख्यातिप्राप्त कलाकारहरु अब एउटै मञ्चमा

सोलुखुम्बु जिल्लामा जन्मेर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्यातिप्राप्त प्रतिभाहरु अब एउटै मञ्चमा प्रस्तुत हुने भएका छन् ।  गाउँले इन्टरटेनमेन्ट प्रालिले हिन्दुहरुको महान चाड दशै तथा तिहारको अवसरमा आयोजना गर्न लागेको सोलुखुम्बु सांगीतिक साँझ तथा सम्मान कार्यक्रम २०७१ मा उनीहरु देखिन भएका हुन् ।
उक्त कार्यक्रम आउँदो असोज ८ गते दिउसो ३ बजेदेखि काठमाडौंको जमलस्थित राष्ट्रिय नाँचघरमा उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो । कार्यक्रममा हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस), गायक आनन्द कार्की, मिङमा शेर्पा, पूर्ण राई, जसीहाङ राई, गायिका निरा राई, हास्यकलाकार कुमार कट्टेल (जिक्री), नृत्याङगना पुष्पा खालिङ तथा उदघोषकको रुपमा पेम्बा गेलुशेर्पा लगायतको बेजोड प्रस्तुति रहने गाउँले इन्टरटेनमेन्टका अध्यक्ष बलबहादुर खालिङले जानकारी दिनुभयो ।
कार्यक्रममा सोलुखुम्बुमा जन्मेर विभिन्न क्षेत्रबाट देशको विकासमा योगदान पुर्‍याउने व्यक्तित्वहरुलाई विशेष सम्मान प्रदान गरिने पनि उहाँले जानकारी दिनुभयो ।
आयोजकका अनुसार उक्र कार्यक्रमको लागि रु. ३००।-, रु. ५००।- र रु. १०००।- गरी तीन किसिमको टिकम मुल्य निर्धारण गरिएको छ । टिकट विभिन्न ठाउँबाट प्राप्त गर्न सकिने छ । गाउँले इन्टरटेनमेन्टले यसअघि आनन्द कार्की साँझ २०७१ लगायतका महत्वपूर्ण कार्यक्रमहरु सफलतापूर्व सम्पन्न गरिसकेको छ ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।