पछिल्लो समयमा लोकप्रिय बन्दै गएको मोबाइल मेसेजिङ सेवा ह्वाट्सएपले अब छिटै निशुल्क भ्वाइस कलको सुविधा ल्याउने भएको छ ।
अन्तराष्ट्रिय मिडियाहरुको रिपोर्ट अनुसार एपको इन्टरफेसमा भएका पछिल्ला परिवर्तनलाई आधार मान्ने हो भने ह्वाट्सएपले छिटै नै आफ्ना ६० करोड प्रयोगकर्ताका लागि भ्वाइस कलको सुविधा ल्याउँदैछ ।
‘हालै सार्वजनिक भएका युजर इन्टरफेसका गोप्य तस्वीरहरुले देखाउँछन् की अन्य भाषा अनुवादमा समेत एपलाई सक्रिय बनाइएको छ जसलाई कुनै प्रयोगकर्ताले ह्वाट्सएपमार्फत कल प्राप्त गर्दा डिस्प्ले गरिन्छ’, दी फसजोपलिन डट कमलाई उधृत गर्दै टाइम्स अफ इण्डियाले लेखेको छ ।
ह्वाट्सएपको सबैभन्दा पछिल्लो भर्सनमा उपलब्ध भाषा अनुवादको फिचर्सले अब भ्वाइस कल सेवा पनि छिटै आउँदैछ भन्ने कुराको संकेत गरेको छ ।
ह्वाट्सएपले भ्वाइसकल सेवा सुरु गर्न लागेको समाचार सार्वजनिक भैरहेका बेला उसैको मातृसंस्था फेसबुकले यस्तो सेवा ल्याउने नल्याउने विषयमा भने केही जानकारी नभएको रिपोर्टमा भनिएको छ ।
फेसबुकले ह्वाटएप्स खरीद गरेसँगै यसका प्रयोगकर्तामा १५ प्रतिशतले वृद्धि भैसकेको छ ।
Comments
Post a Comment