‘जहाजमा खराबी आयो, अब जुम्ला पुगिँदैन’ मुख्य पाइलट दिनेश न्यौपानेले यत्ति भन्नासाथ यात्रुहरु चिच्याउने गर्न थाले । तत्कालै सबैलाई सान्त्वना दिँदै दिनेशले भने, ‘हामी मरेर पनि तपाईंहरुलाई जोगाउने छौं, सचेत भएर बस्नुहोला ।’ नेपालगञ्जबाट जुम्लाका लागि उडेको बिमान बीचबाटोमै पंखा रोकिएपछि मुख्य पाइलटले सम्भावित दुर्घटनाको जानकारी यात्रुहरुलाई दिएका थिए । विमानमा यात्रा गरेका मेघराज गिरीले भन्छन्, ‘पाइलटले भनेजस्तै आफू मरेर पनि हामीलाई बचाउनुभयो ।’ नेपालगञ्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान कालिकोटको चिलखाया गाविस-२ मा आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटना भयो । दुर्घटना हुँदा पाइलट र को-पाइलट दुवैको ज्यन गयो । तर, विमानमा सवार ९ यात्रुको ज्यान जोगियो । आकासमा उडिरहेको बेला एक्कासी इन्जिन खराव भएपछि पाइलट न्यौपाने र को-पाइलट सन्तोष रानाले आकस्मिक अवतरणको प्रयास गरेका थिए । पाइलटहरुका अनुसार विमानको इन्जिन नै खराब भएपछि ग्लाइड गरेर धेरैबेर उडाउन सकिँदैन । यस्तो बेला सुरक्षित ठाउँ खोजेर विमानको आकस्मिक अवतरण गराउन सक्नु साहसिक का...