युवास तामाङ/फागुन ९, नाम्चे बजार सोलुखुम्बु l सगरमाथा ट्रेकिङको सिलसिलामा २ फ्रान्सेली नागरिकको साथमा नाम्चे बजार आइ पुगेका चौरीखर्क निवासी ४४ वर्षीय FIT ट्रेकिङ गाइड ल्हाक्पा दोर्जी शेर्पा नाम्चे बजार दुमुचे स्थित आफ्नै भान्जी छिरीङ पाल्जु शेर्पाको (छिमेकी रेस्टुराँ) अगाडी आज बिहान ६ बजे मृत अवस्थामा फेला पारिएको हो ।
भान्जी छिरीङ पाल्जुका अनुसार गय राती आफु संगै रहेको र बिहान उठ्दा रेस्टुराँ अगाडी आफ्नो मामाको लास फेला परेको हो ।
इ.प्र.का. नाम्चेको प्ररम्बिक अनुसन्धानमा शेर्पाको हत्या भएको र
हत्या कसले गरीएको हो भन्ने बारेमा अनुसन्धान भै रहेको इ.प्र.का नाम्चेका निमित्त प्रमुख तेज नारायण यादबले जानकारी दिनु भयो ।
यादबका अनुसार मृतक शेर्पाको घटीमा आफ्नै बाँया खुट्टामा लगाइएको जुत्ताको तुना द्वारा कसी कसैले हत्या गरिएको अनुमान लगाउन सकिन्छ l थप अनुसन्धान भै रहेको र चाढै नै पोस्टमार्टमको लागि शेर्पाको लास खुन्दे अस्पताल लाने तयारी भै रहेको इ.प्रा.का. नाम्चेले जानकारी दिए l फोटो-युबाश तामांग
४४ वर्षीय FIT ट्रेकिङ गाइड ल्हाक्पा दोर्जी शेर्पाको लाश |
४४ वर्षीय FIT ट्रेकिङ गाइड ल्हाक्पा दोर्जी शेर्पाको नागरिकताको फोटो |
४४ वर्षीय FIT ट्रेकिङ गाइड ल्हाक्पा दोर्जी शेर्पाको लाशको प्रकृति हेर्दा घाटिमा डोरीको साम देखिन्छ |
प्रतिलिपि:- ग्लोब समाचार
Comments
Post a Comment