Skip to main content

पोर्चुगल जाँदै हुनुहुन्छ ? लाखौं खर्च गर्नुअघि एकचोटि सोच्नुहोस्



नेपालीहरु लाखौँ कमाउने, खेतीपाती गर्नेदेखि सडकमा माग्नेसम्म

बार्सिलोना । युरोपियन मुलुक पोर्चुगलमा नेपाली युवाको आकर्षण बढ्दो छ । विशेष त राम्रो पढाइ भएका युवा अमेरिका, क्यानडा, अस्ट्रेलिया जान चाहने र जान नपाएपछि युरोप छिरेर कार्ड बनाउने सपना धेरैले बुन्ने गरेको पाइन्छ । तर, अब नेपालीहरुले पोर्चुगल जानु अघि एकपटक सोच्नैपर्ने अवस्था आएको छ ।
पढे-लेखेका युवा खाडी मुलुक जान हीनताबोध गर्छन् । यसैले सेन्जेन भिसा लगाएर केही दिनका लागि युरोप छिर्ने र यतै बस्नेको संख्या बढेको पाइन्छ । युरोपमा पनि कतिपय देशमा उनीहरुलाई समस्या पर्‍यो भने फुत्त पोर्चुगलतिर छिर्ने गरेको पाइन्छ ।
केही दिनको भिसामा युरोप छिराएबापत नेपालमा मोटो रकम असुल्ने दलालहरुको पनि कमी छैन । यस कार्यमा युरोपको यथार्थ बुझेकाहरू नै सक्रिय रहेको पाइन्छ । भर्खरै युरोप छिरेका एक युवाले भने, ‘आउन मात्र १५ लाख खर्च भयो, अब दुःखसुख पोर्चुगलमा पुगेर रेसिडेन्सी कार्ड बनाउनुपर्ला ।’

युरोप छिर्नेबित्तिकै पोर्चुगल किन जान्छन् ?

युरोप छिरेको वर्ष दिन नबित्दै रेसिडेन्सी कार्ड बन्ने हुँदा धेरैले पोर्चुगललाई रोजाइमा राखेको पाइन्छ । माओवादी द्वन्द्वकालमा बेल्जियम, नेदरल्यान्ड, स्विजरल्यान्डजस्ता युरोपियन मुलुकमा जीवन रक्षाका लागि भन्दै शरणार्थी केस गरेर, धेरैले कागज बनाएका पनि थिए ।
अहिले भने देशको अवस्था सामान्य भएकाले त्यस्तो विकल्प देखिएको छैन । कथं कदाचित नेपालीले अहिले नै शरणार्थी केस गरी हाले पनि केस फेल भई उल्टै डिपोर्ट गरेर घर फिर्ता गर्छ कि भन्ने डरले त्यतातिर खासै चासो देखिएको छैन ।
कार्ड बनाउन सजिलो मुलुकमध्ये स्पेन पनि एक हो । तर, स्पेनमा कार्ड बनाउन तीन वर्ष लाग्ने र बनाउने प्रक्रियामा मात्र करिब १० लाख रुपैयाँसम्म खर्च हुन जान्छ । त्यसैले धेरैले पोर्चुगल छान्छन् ।
स्पेन छिर्न भाषा कक्षा पढ्नुपर्छ भने काम पाउन पनि मुस्किल हुन्छ । यद्यपि युरोपका अन्य मुलुकमा बस्न सक्ने अवस्था नभएपछि स्पेन जाने र अवस्था बुझेर फेरि पोर्चुगल नै अन्तिम गन्तव्य बनाउनेको संख्या पनि बढेको पाइन्छ ।

पोर्चुगलमा कमाइ

लाखौँ रकम खर्च गरेर आए पनि पोर्चुगलमा कमाइ त्यति राम्रो छैन । धेरै नेपालीले कमाएको रकमले आउन लागेको तिर्न पनि हम्मे देखिन्छ । त्यसो त पोर्चुगलमा व्यापार, व्यवसाय गरेर महिना दिनमै लाखौँ रकम कमाउने नेपालीको पनि कमी छैन ।
तर, धेरै नेपालीले ५० देखि ६० हजार रुपैयाँ कमाउने गरेको एनआरएनए पोर्चुगलका अध्यक्ष भीम कमल केसी बताउँछन् । ‘पोर्चुगलमा कार्ड बनाउन सजिलो छ, यो सबैलाई थाहा छ । तर, नेपालीको मासिक कमाई ५-६ सय युरो हुन्छ, यो औसत कमाई हो,’ अध्यक्ष केसीले भने ।
पोर्चुगलमा व्यापार व्यवसाय गरेर लाखौँ कमाएको पनि उनले बताए । ‘पोर्चुगलमा एक सयभन्दा बढी नेपालीले रेस्टुरेन्ट सञ्चालन गरेका छन्,’ उनले भने, ‘मिनीमार्केट, सुपरमार्केट, ब्युटीपार्लर, मोबाइल पसल, घुम्ती पसल, नेपाली हस्तकला तथा गार्मेन्टजस्ता व्यवसाय पनि नेपालीले नै गरेका छन् । महिनामा ५० हजार रुपैयाँ कमाउने सामान्य नेपाली कामदारदेखि एक लाख युरोसम्म कमाउने व्यवसायी पोर्चुगलमा छन् ।’

कृषिमा नेपाली कामदार

पोर्चुगलमा झन्डै २० हजार नेपाली रहेको अनुमान गरिएको छ । धेरैले होटल तथा रेस्टुरेन्ट क्षेत्रमा नै काम गर्ने गरेको पाइन्छ । यहाँ रहेका नेपालीमध्ये करिब १० प्रतिशतले आफ्नै व्यवसाय गर्ने गरेको र २० देखि २५ प्रतिशत भने कृषिमा काम गर्छन् ।
पोर्चुगलमा खेतीको काम भन्नाले तरकारी तथा फलफूल टिप्ने र प्याक गर्ने बुझिन्छ ।
कृषिमा काम गर्नेमध्ये करिब ७५ प्रतिशत त अवैधानिक हुने गरेको जानकार बताउँछन् । त्यहीँ काम गरेर कार्ड बनाउन पाइने हुनाले पनि कृषिमा ठूलो भीड देखिएको हो । राजधानी लिस्बनदेखि आधा घन्टाको दूरीदेखि तीन घन्टा टाढासम्म नेपालीले खेतीमा काम गर्ने गरेको बताइन्छ ।
मेदेखि सेक्टेम्बरसम्म खेतीको सिजन भन्ने गरिन्छ भने, डिसेम्बर र जनवरीमा खासै काम हुँदैन । सो समय कागज भएका नेपाली लिस्बन आएर बस्छन् भने, नभएकाहरू कन्ट्रोल आउँछ कि भनेर कुर्नुपर्ने बाध्यता छ ।

खेतीको काममा कमाइ छैन

पोर्चुगलमा खेतीमा काम गरेर पनि राम्रो कमाई हुने होइन, मासिक औसत उही ५ देखि ६ सयमा नै आउने गर्छ । सक्नेले भने केही घन्टा बढी काम गरेर बढी कमाउने गर्छन् । कतै बस्ने व्यवस्था कम्पनीले गरेको हुन्छ भने कतै आफैँ गर्नुपर्छ । बस्ने व्यवस्था गरेका कम्पनीले खाना दिँदैनन्, खाना दिने भए बस्ने व्यवस्था आफैँ गर्नुपर्छ ।
युरोप आएको ६ महिना नपुगेका, भर्खर आएका नेपाली सीधै खेतीको काममा लाग्ने गरेको पाइन्छ । खेतीमा काम सुरु गर्दा कन्ट्रयाक भयो भने त्यतै अल्झनुपर्ने बाध्यता रहेको पनि नेपाली बताउँछन् ।
कार्ड बन्नका लागि कामदार हो कि हैन भनी कन्ट्रोल आउनुपर्ने हुन्छ । तर, खेतीको काममा कन्ट्रोल आउन ढिला हुने हुँदा बीचैमा काम छोडेर हिँड्न नमिल्ने पनि बाध्यता छ ।
खेतीमा करिब दुई वर्षसम्म कन्ट्रोल नगएर कागज बन्न ढिलाइ भएका केही उदारण पनि छन् ।

कहाँ-कहाँ बाट आउँछन् पोर्चुगल ?

इजरायल, कतार, दुबई, साउदीमा पुगेर काम गरेकादेखि बेलायत डेनमार्क, नर्वेजस्ता मुलुकमा अध्ययनका लागि आएका विद्यार्थी आफ्नोअनुकूल नभएपछि पोर्चुगललाई रोजी हाल्छन् । पढ्दापढ्दै गरेका कलेज खारेज भए, महँगो फी तिर्न नसके वा अन्य कारणले विद्यार्थीहरू कार्ड बनाउन पोर्चुगल छिरेका हुन्छन् ।
पछिल्लो समय डेनमार्क आएका थुप्रै विद्यार्थी कलेज र अध्यागमनमा समस्या आएपछि कार्ड बनाउन पोर्चुगल छिरेको पाइन्छ । यस्तै बेल्जियम, नेदरयान्ड, स्विजरल्यान्डमा शरणार्थी केस असफल भएका नेपाली पनि पोर्चुगल नै लाग्ने गरेको पाइन्छ ।
नेपालदेखि नै युरोप छिर्न केही दिनको सेन्जेन भिसा लगाई आएका पनि सीधै पोर्चुगल आउने गरेका छन् । यसका लागि १२ देखि १५ लाख रुपैयाँसम्म नेपालमै बुझाएका हुन्छन् । कतिपय भने पोर्चुगलमा सीधै वर्क परमिटमा पनि आउने गरेका छन् । यसका लागि पनि मोटो रकम खर्च गरेको पाइन्छ ।

विद्यार्थीलाई समस्या

पछिल्लो समय पोर्चुगलमा सीधै विद्यार्थी भिसामा आउने विद्यार्थी पनि भेटिन थालेका छन् । पोर्चुगिस भाषामा पढाइ हुने हुँदा आएका विद्यार्थी पनि भाषाका कारण समस्या भोगिरहेको बताउँछन् ।
यस्ता विद्यार्थीको रेसिडेन्सी परमिट अन्यसरह नहुने एनआरएनए अध्यक्ष केसी बताउँछन् । ‘अन्यका लागि कार्ड बनेको ६ वर्षमा पासपोर्ट एप्लाई गर्न सकिने नियम छ । तर, पढ्न आएका यस्ता विद्यार्थीको हकमा यो नियम स्पष्ट छैन । यसरी पढ्न आएका विद्यार्थीमध्ये ४-५ जना त विविध कारणले नेपाल फर्किसकेका छन्,’ उनले भने ।

केही युवा कुलतमा

सोचेजस्तो युरोप नदेखेपछि केही युवा भने कुलतमा फसेका छन् । कमाउने रहर बोकेर आएका युवा लागुपदार्थ दुव्र्यसनीमा लागेर पार्कतिर बरालिने गरेको भेटिन्छन् । नेपालदेखि नै कुलतमा लागेकाहरू यता आएपछि झनै स्वतन्त्र भएर कुलतमा लागेको पनि पाइएको छ ।

केही नेपाली सडकमा

कतिपय नेपाली त गाडी पार्किङ गराउन सहयोग गर्ने र उनीहरूबाट पैसा माग्ने काम पनि गर्न थालेका छन् । थोरैको संख्यामा मात्र यसरी नेपालीलाई सडकमा देखिने गरेको भए पनि पोर्चुगलमा देखिएको यो अवस्थालाई भने लुकाउन मिल्दैन ।

कसरी बन्छ पोर्चुगलको कार्ड ?
युरोप प्रवेश गरेको ६ महिनासम्म पोर्चुगलमा पुगेर पनि वैधानिक रुपमा काम गर्न मिल्दैन । कार्ड बनाउने प्रक्रिया स्वरूप सबैभन्दा पहिले फिनान्स नम्बर बनाउनुपर्छ । पासपोर्टमा यदि सेन्जेन भिसा छ भने, फिनान्स नम्बर लिँदा खासै रकम लाग्दैन ।
यदि भिसा सकिएको वा सेन्जेन नभए वकिलमार्फत बनाउँदा करिब एक सय ५० युरोसम्म खर्च लाग्ने गरेको स्थानीय बताउँछन् । लिगल भए फिनान्स नम्बर तत्काल बन्ने र अन्यको हकमा एक हप्तामा बन्ने गरेको पाइन्छ ।

काम गर्ने अनुमतिका लागि

काम गर्ने अनुमतिका लागि सेगुरान्सा सोसियल नम्बर -इन्सुरेन्स नम्बर) बनाउनुपर्ने हुन्छ । यदि काम गर्ने कम्पनीले काम गर्ने कन्ट्रयाक पेपर दियो भने आफैँले नम्बर निकालिदिन्छ । तर वकिलमार्फत जानुपरेमा एक सय ५० युरोदेखि ४ सय युरो खर्च लाग्ने गरेको भेटिएको छ । यसका लागि करिब २ देखि ३ महिना समय लाग्ने गरेको स्थानीय नेपाली बताउँछन् ।
फिनान्स नम्बर र सेगुरान्सा सोसियल नम्बर प्राप्त गरे पोर्चुगलको कार्डका लागि आवेदन दिने गरिन्छ । यसका लागि युरोप छिरेको ६ महिना हुनुपर्ने, वैधानिक कामको कन्ट्रयाक, एड्रेस प्रुफ लगायत कागजी प्रक्रियापछि आवेदक कार्डको प्रतीक्षामा हुन्छन् । सामान्यः खेतीमा काम गर्ने कामदारका लागि कन्ट्रोल ढिलो जाने पाइएकाले, यताबाट पेपर ढिलो बन्ने गरेको भेटिन्छ ।
कसैले एप्लाई गरेको ६ महिना नै कार्ड पाउने भए पनि कतिलाई २ वर्षसम्म लाग्ने गरेको पाइन्छ । तर सेन्जेन भिसा नभएकाहरूको हकमा छुट्टै प्रकिया हुने हुँदा कार्डका लागि सामान्यता २ वर्ष देखि ६-७ वर्ष सम्म पनि कुर्नुपरेका घटना छन् ।

एनआरएनएलाई समस्या

नेपालीको संख्या बढ्दै गए पछि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको कार्यालयमा विभिन्न समस्याका लागि नेपाली आउन थालेका छन् ।
राहदानी बनाउन, फिनान्स नम्बर, सेगुरान्सा सोसियल नम्बरदेखि कामको खोजी गर्नेहरू एनआरएनए कार्यालयको ढोका धाएकै हुन्छन् । २-३ जना इमिग्रेसन र्फम भर्न, पासपोर्टका लागि ३-४ जना त्यस्तै सोधपुछका लागि ८-१० जना मान्छे दिनहुँ कार्यालय धाउने गर्छन् । फेरि विवाद मुद्दा-मामिला, सम्बन्ध विच्छेद, कुटपिट झगडा, लेनदेनका विषय लिएर पनि नेपाली एनआरएन आउने गरेको केसी बताउँछन् ।
संघका अध्यक्ष केसी भन्छन्, ‘सुरुदेखि नै हामीलाई नै गुहार्छन्, फिनान्स भर्न नचिनेको मान्छेसँग साक्षी बस्न प्रायः मान्दैनन् । तर संस्थामा हामी जिम्मेवार भएपछि आफैँ साक्षी बस्नुपर्छ । १ सय ५० भन्दा केही बढी नेपालीका लागि त म एक्लै साक्षी बसेको छु । अन्य मजस्तै धेरै साथीहरूले सहयोग गर्नुभएको छ ।’
पोर्चुगल आउने क्रम बढिरहेको बेला यहाँका समस्या र विविध कारणले नेपाल र्फकनेहरू पनि भेटिएका छन् । प्रत्येक महिना १० देखि १५ जना सम्म नेपाल र्फकने गरेको अनुमान छ ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।