पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन एन–एएचएच ट्वीनअटर विमान दुर्घटनामा परेको छ । पोखरा विमानस्थलबाट बुधबार बिहान ८ बजेर ५ मिनेटमा जोमसोमको लागि उडेको विमान म्याग्दीको रुप्सेमा दुर्घटनाग्रस्त भएको हो । ठूलो मुस्लो देखिएको भन्दै स्थानीय बासिन्दाले प्रहरीमा खवर गरेका थिए । तर सुरक्षा अधिकारीहरुले भने घटनास्थलमा पुग्न बाँकी रहेकाले अहिले नै केही भन्न नसकिने बताएका छन ।
चालक दलका सदस्यमा पाइलट रोशन मानन्धर, को–पाइलट विकेश नेमकुल र एयरहोस्टेस रमा रावल रहेको पोखरा विमानस्थलका प्रशासकीय अधिकृत काशिनात पौडेलले जानकारी दिएका छन । चालक दलका तीन सदस्य, दुई बालिकासहित १८ जना नेपाली र २ जना विदेशी नागरिकको मृत्यु भएको छ । विमानमा चालक दलका सदस्यसहित २३ जना रहेका थिए ।
चालक दल
क्याप्टेन :रोशन मानन्धर
को-पाइलट: डिकेस नेम्कुल र परिचारिका: रोमा राउत
विमानमा रहेका दुई बालकको नाम खुल्न सकेको छैन
चालक दल
क्याप्टेन :रोशन मानन्धर
को-पाइलट: डिकेस नेम्कुल र परिचारिका: रोमा राउत
विमानमा रहेका दुई बालकको नाम खुल्न सकेको छैन
विमानमा रहेका यात्रुहरुको नामावलीः
- रलरसिद अहमद र एकजना बच्चा ।
- कृष्णलाल भट्टचन, रेवती बराल,
- मुक्तिनाथ बास्तोला,
- विनिता भट्टचन,
- कृष्णलाल भट्टचन,
- दिलकुमारी गौचन,
- देवीजंग गुरुङ,
- फोन्जोक गुरुङ,
- लक्ष्मि हिराचन, बालक,
- मोतिबहादुर केसी,
- पवित्रा केसी,
- लेप्साङ लामा,
- बालकृष्ण निउरे,
- कान्छा परियार,
- डोल्मा छिरिङ शेर्पा,
- राजकुमार तामाङ,
- कमला थकाली,
- म्याक्सु (वाइन्जी) रहेको जनाइएको छ ।
Comments
Post a Comment