Skip to main content

एन्ड्रोइड फोनमा एसएमएस भाइरस, लाखौँ फोन जोखिममा



एन्ड्रोइड स्मार्टफोनमा एउटा यस्तो भाइरस फैलिएको छ, जसले विश्वका लाखौँ एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ता जोखिममा परेका छन् । डेनमार्कको एक अनलाइन सेक्योरिटी कम्पनीले टेक्स्ट म्यासेजद्धारा फैलिने एन्ड्रोइड मालवेयर मजर पत्ता लगाएको हो ।
हेम्डल कम्पनीका अनुसार ह्याकरहरुले डेनमार्कका झण्डै एक लाख स्मार्टफोनमा यस्तो भाइरसजन्य एसएमएस पठाइसकेका छन् । विश्वका अन्य देशका स्मार्टफोन प्रयोगकर्ताले यस्तो एस एम एस प्राप्त गरे नगरेको अझै थाहा हुन नसकेको कम्पनीको भनाइ छ ।
यस्तो मेसेज झ्वाट्ट हेर्दा जोखिमपूर्ण तथा आपत्तिजनक हुँदैन र यसमा एउटा लिंक दिइएको हुन्छ । उक्त लिंकमा क्लिक गरेसँगै त्यसले टर सफ्टवेयर डाउनलोड गर्छ र बेनामी इन्टरनेट कनेक्सन स्थापित हुन्छ ।
टर सफ्टवेयरबाटै भाइरस पनि आफै डाउनलोड भैसकेको हुन्छ जसका कारण उक्त भाइरस सफ्टवेयरको खास श्रोत के हो भन्ने कुरा थाहा हुँदैन । त्यसपछि ह्याकरले उक्त फोनमा सम्पूर्ण पहुँच स्थापित गर्ने, स्मार्टफोन प्रयोगकर्ताले गर्ने फोन कल तथा एसएमएस सबै थाहा पाउनुका साथै आफै एसएमएस तथा कल समेत गर्न सक्ने र फोनबाट सबै डाटा डिलिट गरिदिन पनि सक्दछन् ।
रोचक कुरा त के भने यो भाइरसले एन्ड्रोइड अपरेटिंग सिस्टमको रुसी भाषा छनोट गरेका स्मार्टफोनमा आक्रमण गर्दैन । त्यसैले यस्तो मोबाइल भाइरस फैलाउनुमा रुसको हात रहेको कतिपयले शंका गरेका छन् ।
मोबाइल सुरक्षा विज्ञले भने आफ्नो स्मार्टफोनलाई यस्तो एसएमएस भाइरसबाट जोगाउनका लागि चनाखो बन्न आग्रह गर्दै त्यस्ता एसएमएसलाई नखोल्न र डिलिट गरिहाल्न भनेका छन् । नचिनेका नम्बर तथा कहिलेकाहीँ चिनेकै साथीको नम्बरबाट समेत लिंक सहितका एसएमएस आएमा त्यस्तो लिंकमा क्लिक गर्नु हुँदैन ।
तर गुगलका प्रवक्ताले भने एन्ड्रोइड स्मार्टफोनहरुमा सुरक्षाको जोखिम निकै कम रहेको भन्दै एक अर्ब भन्दा बढि स्मार्टफोनहरुलाई गुगल प्ले ले निरन्तर रुपमा सुरक्षा प्रदान गरिरहेको बताए । उनका अनुसार गुगल प्ले ले हरेक दिन मोबाइल डिभाइसहरुको २ करोड सेक्योरिटी स्क्यान गरेको हुन्छ ।
गुगल प्लेबाट इन्स्टल गरिने एप मध्ये केवल ०.१५ प्रतिशत मात्र जोखिमपूर्ण रहेको गुगलको दाबी छ ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।