Skip to main content

पेट रोगको उपचार सम्वन्धि १० घरेलु तरिका जान्नै पर्ने

पुरानो अचार,खुर्सानी,धेरै मसला,फ्राइगरेको खाना खाने ,समयमा खाना नखाने,समयमा नसुत्ने एसिड भएको पेय पदार्थ पिउने,धुम्रपान लागुपदार्थ सेवन गर्ने,माछा मासु अण्डा तारेर सेवन गर्ने,सँधै तनावमा बस्ने वा चिन्ता,रिस,प्रतिशोध,काम,क्रोध,लोभ,मोह र अहंकारमा उभिरहने जस्ता गुण भएका व्यक्तिलाई धेरै छिटो ग्यास्ट्रिक हुन्छ । साथै पेटमा जुका पर्नु,सधैं मैदाका परिकार सेवन गर्नु,एकपटक खाना खाएको नपच्दै पुनः खाना खानु, खानासँगै पानी प्रशस्तै खानु आदिबाट पेट खराव हुन्छ । आमाशयबाट अम्लपित्त उत्पन्न भई अनियन्त्रित रुपमा फैलन्छ । यसको रोकथाम समयमै नगरेमा अल्सर हुन्छ साथै डेडुनलको क्यान्सर समेत हुन्छ ।




अमिलो बान्ता हुनु

खानमन नलाग्नु दुब्लाउँदै जानु

पेट दुख्ने पोल्ने आउँ पर्नेे

टाउको दुख्ने बारम्वार रिस उठ्ने

दिशामा रगत देखिने

रोगप्रतिरोधात्मक क्षमता घटेर जाने

सरुवा रोगले छिटो समात्ने

रक्तअल्पता हुने

रिंगटा लाग्ने आँखा कमजोर हुने

मुटुको धड्कन बढेर डरलाग्ने

पेटको रोगको उपचारका १० घरेलु उपायहरु :

१.पेटमा ग्यास्ट्रिक वायु बढेमा वा आउ परेमा मेथिको चिया दिनमा दुईपटक सेवन गर्ने ।

२.पेटमा अल्सर भएमा वेसार र विरेनुन तातोपानी सँग दिनमा ३ पटक खाने ।

३.बेलुका बेसार दुधमा मिलाई पिएर सुत्ने बेलामा पिएमा ग्यास्ट्रिक ठिक हुन्छ ।

४.अरुचि,अपचमा करेलाको अचार वा तरकारी खाने गर्नु ठिक हुन्छ ।

५.दैनिक खानाअघि एकदाना अमला खाने, बेलको पाकेको गुदीको सर्वत सेवन गन ।

६.खानासँग सलादको रुपमा प्याज र अदुवाको टुक्रा खाने साथै पुदिनाको दशपत्र पिसेर एक चिया गिलाँस पानीमा बिहान /बेलुका सेवन गर्ने ।

७.तुलसीपत्र र अदुवाको रस बराबर मिलाएर खानाअघि सेवन गर्नाले अरुचि र ग्यास्ट्रिक आदि ठिक हुन्छ ।

८.साँझ बिहान दश ग्राम सुपको काँडा र काँचो नरिवलको रस  सेवन गर्ने ।

९ सानो एकचम्चा मेथीको धुलो दुध वा दुधको तरसँग  बिहान /बेलुका  सेवन गर्ने ।

१०.तीन चम्चा अदुवाको रसमा बराबर अदुवाको रसमा मिलाएर सेवन गर्ने । 

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।