Skip to main content

भूकम्पले सगरमाथा दक्षिण–पश्चिम सर्‍यो

नेपालमा हालै गएको विनाशकारी भूकम्पको प्रभावले सर्वोच्च शिखर सगरमाथा दक्षिण–पश्चिम सरेको चीनको राष्ट्रिय नक्साङ्कन, सर्वेक्षण तथा भौगोलिक सूचना ब्यूरोले जनाएको छ।
वैशाख १२ गते गएको ७दशमलव८ म्याग्निच्यूडको भूकम्पले सगरमाथा तीन सेन्टिमिटर दक्षिण–पश्चिम सरेको तर उचाईमा आधारभूत परिवर्तन नदेखिएको ब्यूरोले सोमबार जनाएको हो। राष्ट्रिय नक्साङ्कन, सर्वेक्षण तथा भौगोलिक सूचना ब्यूरोले सोमबार जारी गरेको रिपोर्ट उद्धृत गर्दै चिनियाँसञ्चार माध्यमले सगरमाथाको उचाई परिवर्तन नभएको मंगलबार उल्लेख गरेका छन्।
ब्यूरोले २००५ देखि २०१५ भित्र प्रत्येक वर्ष चार सेन्टिमिटरका दरले यो दश वर्षमा सगरमाथा ४० सेन्टिमिटर उत्तर–पूर्व सरेको आफ्नो तथ्याङ्कले देखाएको जनाएको छ। त्यस्तै प्रत्येक वर्ष ० दशमलव ३ सेन्टिमिटरका दरले सगरमाथाको उचाई बढिरहेको सूचनामा छ। ब्यूरोले २००५ देखि नेपाल र चीनको सिमा क्षेत्रमा अवस्थित सगरमाथामा सेटलाइट अनुगमन प्रणाली जडान गरी अध्ययन गरेको थियो।
भारतीय र यूरेशियन प्लेट ठोक्किने विन्दुमा रहेकाले यस क्षेत्रको भू–चाल निरीक्षण गर्न सर्वोच्च शिखर सगरमाथालाई महत्वपूर्ण अध्ययन विन्दु मानिएको ब्यूरोले जनाएको छ। चिनियाँ विज्ञका अनुसार सगरमाथा क्षेत्रको भौगोलिक परिवर्तनले पूर्व र दक्षिण एसियाको जलवायु र वातावरणमा ठूलो प्रभाव पर्छ।भूकम्पले सगरमाथामा हिमपहिरो जाँदा डेढ दर्जन बढी आरोहीको मृत्यु भएपनि यो वर्ष आरोहण नै बन्द गरिएको थियो। वैशाख २९ को ६ दशमवल ८ म्याग्निच्यूडको भूकम्पले भने सगरमाथामा कुनै क्षति भएको छैन।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।