२०७१ सालको एसएलसी परिक्षामा सोलुखुम्बुबाट नियमिततर्फ ४३ दशमलव ०२ प्रतिशत परिक्षार्थी उत्तिर्ण भएका छन् ।
२०७१ सालको एसएलसी परिक्षामा सोलुखुम्बुबाट नियमिततर्फ ४३ दशमलव ०२ प्रतिशत परिक्षार्थी उत्तिर्ण भएका छन् ।
परिक्षा नियन्त्रण कार्यालयले आज सार्वजनिक गरेको नतिजा अनुसार सोलुुखम्बुबाट परिक्षा दिएका नियमित तर्फका १ हजार ७ सय ७८ जना परिक्षार्थी मध्ये ७ सय ६५ जना परिक्षार्थी उत्तिर्ण भएका हुन् ।
जसमा ४ जना बिशिष्ट श्रेणी, २ सय ११ जना प्रथम श्रेणी, ५ सय २२ जना द्धितिय श्रेणी र २८ जना तृतिय श्रेणीमा उत्तिर्ण भएका छन् । जिल्लाका ४२ वटा माध्यमिक बिद्यालय तथा एक खुल्ला बिद्यालय समेत गरी १ हजार ७ सय ९५ जना बिद्यार्थी परिक्षामा सहभागी भएको जिल्ला शिक्षा कार्यालय सोलुखुम्बुले जनाएकोछ । जसमध्ये गार्मा माबीका प्राविबिधक तर्फका १७ जनाको नतिजा सार्वजनिक भएको छैन ।
Comments
Post a Comment