Skip to main content

पर्यटन क्षेत्रमा ४४ अर्ब क्षति

विनाशकारी भूकम्पले नेपालको पर्यटन क्षेत्रमा करिब ४४ अर्ब रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले वैशाखको विनाशकारी भूकम्प प्रभावित क्षेत्रबाट संकलन गरेको तथ्यांक का आधारमा क्षतिको अनुमान गरिएको हो।

पर्यटन मन्त्री कृपासुर शेर्पाले मन्त्रालय मातहतका विभिन्न निकायबाट संकलन गरिएको तथ्यांकअनुसार एक महिनाको पर्यटन व्यवसाय पूर्णप्रभावित भएको जानकारी गराए। भौतिक संरचनामा पुगेको क्षतिको विवरणअनुसार ४३ अर्ब ९९ करोड रूपैयाँ बराबरको क्षति भएको उनको भनाइ छ।

भूकम्पबाट पूर्णप्रभावित विभिन्न १० जिल्लाको तथ्यांकअनुसार नै यो क्षति अनुमान गरिएको हो। मन्त्रालयले होटेल संघ नेपाल, होमस्टे एसोसिएसन, ट्राभल तथा ट्रेकिङ एजेन्सीज, नेपाल पर्वतारोहण संघ, पुरातत्व विभागसहितका निकायबाट संकलन गरेको तथ्यांक आइतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमार्फत सार्वजनिक गरिएको हो।

समितिको पर्यटन क्षेत्रसम्बन्धि छलफल कार्यक्रममा मन्त्री शेर्पाले भूकम्पले पर्यटन क्षेत्रमा पारेको असर र भौतिक तथा व्यापारिक संरचना क्षतिको अनुमानित विवरण सार्वजनिक गरेका हुन्। 

गोरखा, दोलखा, रसुवा, सोलुखुम्बु, सिन्धुपाल्चोक, काठमाडौं, धादिङ, भक्तपुर, ललितपुर र काभ्रे जिल्लाको होटेको विवरण संकलन गरिएको छ। यी १० वटा जिल्लाका १५ सय ५९ वटा होटेलमा क्षति पुगेको छ। 

होटेल क्षेत्रमा मात्रै १६ अर्ब रुपैयाँको क्षति भएको तथ्यांकमा उल्लेख छ। भूकम्पले देशभरका तीन सय ४४ होमस्टेमा करिब एक अर्ब ७२ करोड रूपैयाँको क्षति भएको छ।

मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार टुर अपरेटर्सको एक महिनाको एक अर्ब ९८ करोड , ट्रेकिङ एजेन्सीको मे देखि सेम्पेम्बरसम्मको तीन अर्ब ५१ करोड, पदयात्रा मार्गमा आशिंक तथा पूर्ण गरी ३६ करोड ६१ लाख र पर्वतारोहण क्षेत्रमा एक अर्ब रूपैयाँको नोक्सानी भएको छ। 

सात सय ३३ वटा पुरातात्विक संरचनामा सात अर्ब र १५ सय वटा गुम्बा, मन्दिर तथा मस्जिदमा १२ अर्ब रूपैयाँको क्षति पुगेको अनुमान पनि मन्त्रालयले सार्वजनिक गरेको छ।

पर्यटन क्षेत्रमा भएको क्षतिको लागत संकलन गर्दै पुनर्निर्माण जुट्न थालिसकिएको मन्त्री शेर्पाले बताए। उनका अनुसार पर्यटन क्षेत्रलाई छिटो सामान्य अवस्थामा ल्याउन पर्यटन मन्त्रीकै अध्यक्षतामा राष्ट्रिय पर्यटन पुनरूत्थान समिति बनाउने तयारी भएको छ।

विश्व पर्यटन संगठनको बैठक नेपालमा
नेपालको पर्यटन क्षेत्रबारे अन्तर्राष्ट्रिय क्षेत्रमा गएको नकारात्मक सन्देश न्यूनीकरण गर्न विश्व पर्यटन संगठन (यूएनडब्लूटीओ)को आगामी बैठक नेपालमा गर्ने तयारी गरिएको छ। 

पर्यटन सचिव सुरेशमान श्रेष्ठका अनुसार संगठनसँग औपचारिक रूपमा छलफल गरेर आगामी पर्यटकीय मौसमसमा नेपालमा बैठक राखिनेछ। संगठन पनि नेपालमा बैठक गर्न उत्साहित भएको जानकारी सचिव श्रेष्ठले दिए। 

नेपालमा क्यासिनो नभएको कारण तीन लाख पर्यटक घटेको पर्यटन व्यवसायीले जानकारी दिएको श्रेष्ठले बताए। पर्यटकीय संरचनामा भएको क्षतिलाई आगामी पाँच वर्षसम्म पुनर्निर्माण गरिसक्ने लक्ष्य लिइएको छ। 

आर्थिक वर्ष २०७२/७३ का लागि पर्यटन मन्त्रालयले एक अर्ब ८० करोड रूपैयाँ सम्पदा क्षेत्रको पुनर्निर्माणका लागि बजेट माग गरेको पर्यटन मन्त्रालयको भनाइ छ।

यसैबीच पर्यटन प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छवि बनाइसकेका कलाकार र अन्य ख्यातिप्राप्त व्यक्तिलाई ल्याउने तयारी भइरहेको पर्यटन सचिव श्रेष्ठले जानकारी दिए।

पर्यटन व्यवसायीको चाहना पनि अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छवि बनाएका सेलिब्रेटी ल्याउने भएकोले पर्यटन मन्त्रालयले पनि सोहीअनुसार योजना अगाडि बढाइरहेको उनको भनाइ छ।



Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।