Skip to main content

पर्यटन क्षेत्रमा ४४ अर्ब क्षति

विनाशकारी भूकम्पले नेपालको पर्यटन क्षेत्रमा करिब ४४ अर्ब रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले वैशाखको विनाशकारी भूकम्प प्रभावित क्षेत्रबाट संकलन गरेको तथ्यांक का आधारमा क्षतिको अनुमान गरिएको हो।

पर्यटन मन्त्री कृपासुर शेर्पाले मन्त्रालय मातहतका विभिन्न निकायबाट संकलन गरिएको तथ्यांकअनुसार एक महिनाको पर्यटन व्यवसाय पूर्णप्रभावित भएको जानकारी गराए। भौतिक संरचनामा पुगेको क्षतिको विवरणअनुसार ४३ अर्ब ९९ करोड रूपैयाँ बराबरको क्षति भएको उनको भनाइ छ।

भूकम्पबाट पूर्णप्रभावित विभिन्न १० जिल्लाको तथ्यांकअनुसार नै यो क्षति अनुमान गरिएको हो। मन्त्रालयले होटेल संघ नेपाल, होमस्टे एसोसिएसन, ट्राभल तथा ट्रेकिङ एजेन्सीज, नेपाल पर्वतारोहण संघ, पुरातत्व विभागसहितका निकायबाट संकलन गरेको तथ्यांक आइतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमार्फत सार्वजनिक गरिएको हो।

समितिको पर्यटन क्षेत्रसम्बन्धि छलफल कार्यक्रममा मन्त्री शेर्पाले भूकम्पले पर्यटन क्षेत्रमा पारेको असर र भौतिक तथा व्यापारिक संरचना क्षतिको अनुमानित विवरण सार्वजनिक गरेका हुन्। 

गोरखा, दोलखा, रसुवा, सोलुखुम्बु, सिन्धुपाल्चोक, काठमाडौं, धादिङ, भक्तपुर, ललितपुर र काभ्रे जिल्लाको होटेको विवरण संकलन गरिएको छ। यी १० वटा जिल्लाका १५ सय ५९ वटा होटेलमा क्षति पुगेको छ। 

होटेल क्षेत्रमा मात्रै १६ अर्ब रुपैयाँको क्षति भएको तथ्यांकमा उल्लेख छ। भूकम्पले देशभरका तीन सय ४४ होमस्टेमा करिब एक अर्ब ७२ करोड रूपैयाँको क्षति भएको छ।

मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार टुर अपरेटर्सको एक महिनाको एक अर्ब ९८ करोड , ट्रेकिङ एजेन्सीको मे देखि सेम्पेम्बरसम्मको तीन अर्ब ५१ करोड, पदयात्रा मार्गमा आशिंक तथा पूर्ण गरी ३६ करोड ६१ लाख र पर्वतारोहण क्षेत्रमा एक अर्ब रूपैयाँको नोक्सानी भएको छ। 

सात सय ३३ वटा पुरातात्विक संरचनामा सात अर्ब र १५ सय वटा गुम्बा, मन्दिर तथा मस्जिदमा १२ अर्ब रूपैयाँको क्षति पुगेको अनुमान पनि मन्त्रालयले सार्वजनिक गरेको छ।

पर्यटन क्षेत्रमा भएको क्षतिको लागत संकलन गर्दै पुनर्निर्माण जुट्न थालिसकिएको मन्त्री शेर्पाले बताए। उनका अनुसार पर्यटन क्षेत्रलाई छिटो सामान्य अवस्थामा ल्याउन पर्यटन मन्त्रीकै अध्यक्षतामा राष्ट्रिय पर्यटन पुनरूत्थान समिति बनाउने तयारी भएको छ।

विश्व पर्यटन संगठनको बैठक नेपालमा
नेपालको पर्यटन क्षेत्रबारे अन्तर्राष्ट्रिय क्षेत्रमा गएको नकारात्मक सन्देश न्यूनीकरण गर्न विश्व पर्यटन संगठन (यूएनडब्लूटीओ)को आगामी बैठक नेपालमा गर्ने तयारी गरिएको छ। 

पर्यटन सचिव सुरेशमान श्रेष्ठका अनुसार संगठनसँग औपचारिक रूपमा छलफल गरेर आगामी पर्यटकीय मौसमसमा नेपालमा बैठक राखिनेछ। संगठन पनि नेपालमा बैठक गर्न उत्साहित भएको जानकारी सचिव श्रेष्ठले दिए। 

नेपालमा क्यासिनो नभएको कारण तीन लाख पर्यटक घटेको पर्यटन व्यवसायीले जानकारी दिएको श्रेष्ठले बताए। पर्यटकीय संरचनामा भएको क्षतिलाई आगामी पाँच वर्षसम्म पुनर्निर्माण गरिसक्ने लक्ष्य लिइएको छ। 

आर्थिक वर्ष २०७२/७३ का लागि पर्यटन मन्त्रालयले एक अर्ब ८० करोड रूपैयाँ सम्पदा क्षेत्रको पुनर्निर्माणका लागि बजेट माग गरेको पर्यटन मन्त्रालयको भनाइ छ।

यसैबीच पर्यटन प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छवि बनाइसकेका कलाकार र अन्य ख्यातिप्राप्त व्यक्तिलाई ल्याउने तयारी भइरहेको पर्यटन सचिव श्रेष्ठले जानकारी दिए।

पर्यटन व्यवसायीको चाहना पनि अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छवि बनाएका सेलिब्रेटी ल्याउने भएकोले पर्यटन मन्त्रालयले पनि सोहीअनुसार योजना अगाडि बढाइरहेको उनको भनाइ छ।



Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना) १८.५*१८.५ (फूट)।  १६ आना =५४७६ (वर्गफूट) १ (रोपनी) ७४*७४ (फूट)। १।४ धुर =४५.५६२५ (वर्गफूट) ६.७५*६.७५ (फूट)।  

How To Manage Blood Pressure Naturally

Reincarnation His Holiness Kyabye Trulshik Rinpoche, welcome And bless us Rinpoche.

Ever since Kyabje Trulsik Rinpoche passed away on September 2nd, 2011, finding his Reincarnation (Yangsi) has been awaited with great hope and deep devotion, especially in the Sherpas & Tibetans Buddhist Nyingma Tradition living in all over the world.  On 29th of May 2018, Saga Dawa day, we are all over joy to hear that His Holiness 4th Dodrupchen Rinpoche, Kyabje Dodrup Thupten Thinley Palbar (one of the most important living masters in the Nyingma and Dzogchen traditions) Chorten Gonpa Monastery, Tadong, Gangtok, Sikkim, India recently made this kind proclamation that a son born to the father, Ngawang Jigdrel Chokyi Wangchuk, the lineage holder of Maratika Lama, and the mother Orgyen Dolma is an Unmistaken Recognition of supreme reincarnation of His Holiness Late Trulshik Rinpoche. The Yangsi arrival at Dzarong Thupten Dongak Choeling Monastery .  June 23rd, 2018, Chewa Chu Ja Pemba The helicopter landed in Monastery helipad around 10:50 AM with Yangsi an