Skip to main content

सुनचाँदी किन्दा होस गर्नुहोला यसरी हुन सक्छ मिसावट

गहना खरीदमा ठगीबाट कसरी जोगिने ?




चाड पर्वहरुमा केही नयाँ गरगहना जोड्ने परम्परा कायमै छ । दशैं तिहारमा सुन पसलहरुमा निकै भीडभाड लाग्छ  । र, यस्तो बेलामा सुन खरिद गर्दा ठगिन सक्ने सम्भावना पनि अत्यधिक हुन्छ ।

गत वर्ष वाणिज्य विभागले गरेको अनुगमनमा केही सुन पसलले २४ क्यारेटका भनेर बेचेको सुनमा १२ प्रतिशतसम्म मिसावट भेटिएको थियो । सुनका गहनामा धातुजन्य अन्य पदार्थ मिसावट हुने गरेको तथ्य यसबाट खुलेको थियो । बजारमा मिसावटयुक्त अशुद्ध सुनको कारोबार मौलाइरहँदा उपभोक्ताले सचेत हुनुपर्ने अवस्था छ ।

कतिपय सुन पसलहरुले चाँदीमा मापदण्ड भन्दा बढी जिंकसमेत प्रयोग गर्ने गरेका छन् । झण्डै २० प्रतिशतसम्म हानिकारक क्याडिएम प्रयोग अनुगमनमा फेला परिसकेको छ ।

के हो क्याडिएम ?

क्याडिएम सुनचाँदीमा घुल्ने एक प्रकारको हानिकारक धातु हो, जुन मानव स्वास्थ्यका लागि निकै घातक मानिन्छ । युरोपमा गरगहनामा क्याडिएमको प्रयोग निषेध गरिएको छ ।

क्याडिएम भएका गरगहना प्रयोग गर्दा क्यान्सरलगायत घातक रोग लाग्ने सम्भावना हुन्छ । तर, त्यही क्याडिएमको प्रयोग अहिले नेपाली सुनचाँदी व्यवसायीले गरगहनामा गरिरहेको भेटिएको छ । पानीमा समेत घुल्ने भएकाले यो धातु मानव स्वास्थ्यका लागि हानिकारक मानिएको विज्ञहरु बताउँछन् ।

चाँदीभन्दा निकै सस्तो हुने भएकाले यसलाई गहनामा मिसाउँदा व्यवसायीलाई फाइदा हुन्छ । त्यसैको लोभमा सुनचाँदी पसलेले त्यसको अत्यधिक प्रयोग गर्ने गरेको भेटिएको छ ।

चमकले थाहा हुँदैन

धेरै उपभोक्ता सुुनको असलीपनलाई चमकका आधारमा छुट्ट्याउन सकिने विश्वास गर्छन् । धेरै चम्किलो देखिएमा त्यसलाई शुद्ध मान्छन् । तर, नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यको भनाइ फरक छ ।

शाक्यका अनुसार बजारमा अहिले पित्तलकै गहना पनि सुन जत्तिकै चमकदार भेटिन्छन् । त्यसैले हेरेर, छामेर वा अरु कुनै घरेलु विधि लगाएर सुनको असलीपन थाहा पाउन सकिँदैन ।

‘हामी वर्षौंदेखि सुनसँग खेलेका मान्छे त कसी नलगाई सुनको शुद्धपन थाहा पाउँदैनौं भने साधारण उपभोक्ताले कसरी शुद्ध र अशुद्ध भनेर चिनुन् ?’ उनले भने, ‘शुद्ध सुन चिन्ने सामान्य आधार र तरिकाहरु छैनन् । त्यसलाई वैज्ञानिक आधार नै चाहिन्छ ।’

ठगीबाट जोगिने कसरी ?

सुनको शुद्धता जाँच्ने कुनै वैज्ञानिक प्रविधि उपभोक्ताको पहुँचमा छैन । यस्तो अवस्थामा उपभोक्ताले सचेत हुनैपर्छ । उपभोक्ताले सुन किन्ने मानसिकता बनाउँदा सर्वप्रथम त विश्वसनीय पसलमा नै जानुपर्छ । सकभर ती पसल रोज्नुहोस् जून पुराना र स्थापित छन् ।

महासंघ अध्यक्ष शाक्य भन्छन्, ‘सुन किन्ने भनेपछि आफैं संवेदनशील हुनुपर्छ । अनि सकभर आˆनो विश्वासमा रहेका व्यवसायीकोमा नै जानुपर्छ ।’

विश्वसनीय सुन पसलको छनौटले उपभोक्तालाई शुद्ध सुन पाउने पहिलो आधार खडा गर्छ । ‘सुन किनिसकेपछि बिल लिन भूल्नै हुँदैन,’ शाक्यले भने, ‘बिलमै सुन कति क्यारेटको भनेर उल्लेख गर्न लगाउनुपर्छ । यदि २४ क्यारेटको सुन किन्दै हुनुहुन्छ भने बिलमा २४ क्यारेटको सुन भनेर स्पष्ट उल्लेख हुनुपर्छ । त्यसले सुनको शुद्धतामा तपाईलाई शंका गर्ने वातावरण बन्न्दैन ।’

पुनः त्यही सुन बेच्न आएमा बिलमै उल्लेख भएको क्यारेट अनुसारको मूल्य पाउनुपर्ने गरी विक्रेतासमक्ष दावी पनि पेश गर्नुपर्छ उपभोक्ताले ।

‘यदी बिलमा क्यारेट उल्लेख नभए सुनमा केही न केही खराबी छ भन्ने सम्झिदा हुन्छ । क्यारेट उल्लेख गर्न पसलेले मानेन भने त्यहाँ सुन नकिन्नु नै राम्रो । किनभने बिलमा सुनको क्यारेट उल्लेख गर्नु अन्तर्राष्ट्रिय प्रचलन नै हो,’ शाक्यले भने ।

सुनमा पनि उपहार र छुटका अफर गरिएको छ भने उपभोक्ताले शंकालु आँखाले हेनुपर्ने हुन्छ । किनभने सुनमा अफर दिने स्थिति सजिलै बन्दैन ।

टञ्च मेसिन अभाव

बजारमा सुन पसलहरुले सुनलाई २२ र २४ क्यारेटका भनेर बेच्ने गरेका छन् । २४ क्यारेट सुनमा शुद्धताको प्रतिशत ९९ दशमलव ९९ प्रतिशत हुनुपर्छ । २४ क्यारेटको सुनको शुद्धता सुन जाँच्ने टन्च मेसिनमा राखेपछि मात्र थाहा पाउन सकिन्छ ।

तर, नेपालमा टन्च मेसिन ब्यवसायीका पहुँचमा मात्रै छ । नेपालमा १५ वटा जतिमात्रै टन्च मेसिन छन् । सरकारी तवरबाट बालाजुमा एउटा टन्च मेसिन राखिएको छ । सर्वसाधारण उपभोक्ताले सुन किन्दा त्यसलाई जाँच्न सक्ने कुनै प्रविधि नेपालका सुन पसलहरुमा प्रयोग भएको छैन ।

नेपालमा भित्रिने सुनको ढिक्कालाई व्यवसायीले गहना बनाउने समयमा पगाल्ने गर्छन् । अन्तर्राष्ट्रिय मान्यताअनुसार सुन पगाल्ने भाडो एकपटक मात्रै प्रयोग गर्न पाईन्छ । तर, नेपालमा एउटा भाडो २० औं पटक प्रयोग हुँदा त्यसले सुनमा अशुद्धता ल्याउँछ । शुुद्ध सुन लिन्छु भन्नेले ढिक्का सुनै किन्दा हुन्छ ।

सुनमा मिसावट कसरी हुन्छ ?

नेपालका ज्यासलहरु अझै पनि पुरानै प्रविधिमा निर्भर हुँदा सुनमा मिसावटको सम्भावना अधिक भएको व्यवसायी बताउँछन् । सुन पगाल्दा अपनाइने पुरानो प्रविधिले सामान्य मिसावट त हुन्छ नै । बैंकहरुले व्यवसायीलाई बेच्ने सुन पनि अशुद्ध भेटिने गरेको महासंघका अध्यक्ष शाक्यले आरोप लगाए ।

तर, केही व्यवसायी कमाउने लोभमा व्यवसायिक रुपमै मिसावटमा लागेको हुनसक्ने शाक्यको अनुमान छ । तर, केही पसलहरुमा कालीगढले पनि बदमासी गरेको हुनसक्ने महासंघको अनुमान छ ।
त्यसैले उपभोक्ता स्थापित र विश्वसनियता बनाइसकेका पसलमा गएर यसरी हुने ठगीबाट बच्न सक्छन् ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।