Skip to main content

सुनचाँदी किन्दा होस गर्नुहोला यसरी हुन सक्छ मिसावट

गहना खरीदमा ठगीबाट कसरी जोगिने ?




चाड पर्वहरुमा केही नयाँ गरगहना जोड्ने परम्परा कायमै छ । दशैं तिहारमा सुन पसलहरुमा निकै भीडभाड लाग्छ  । र, यस्तो बेलामा सुन खरिद गर्दा ठगिन सक्ने सम्भावना पनि अत्यधिक हुन्छ ।

गत वर्ष वाणिज्य विभागले गरेको अनुगमनमा केही सुन पसलले २४ क्यारेटका भनेर बेचेको सुनमा १२ प्रतिशतसम्म मिसावट भेटिएको थियो । सुनका गहनामा धातुजन्य अन्य पदार्थ मिसावट हुने गरेको तथ्य यसबाट खुलेको थियो । बजारमा मिसावटयुक्त अशुद्ध सुनको कारोबार मौलाइरहँदा उपभोक्ताले सचेत हुनुपर्ने अवस्था छ ।

कतिपय सुन पसलहरुले चाँदीमा मापदण्ड भन्दा बढी जिंकसमेत प्रयोग गर्ने गरेका छन् । झण्डै २० प्रतिशतसम्म हानिकारक क्याडिएम प्रयोग अनुगमनमा फेला परिसकेको छ ।

के हो क्याडिएम ?

क्याडिएम सुनचाँदीमा घुल्ने एक प्रकारको हानिकारक धातु हो, जुन मानव स्वास्थ्यका लागि निकै घातक मानिन्छ । युरोपमा गरगहनामा क्याडिएमको प्रयोग निषेध गरिएको छ ।

क्याडिएम भएका गरगहना प्रयोग गर्दा क्यान्सरलगायत घातक रोग लाग्ने सम्भावना हुन्छ । तर, त्यही क्याडिएमको प्रयोग अहिले नेपाली सुनचाँदी व्यवसायीले गरगहनामा गरिरहेको भेटिएको छ । पानीमा समेत घुल्ने भएकाले यो धातु मानव स्वास्थ्यका लागि हानिकारक मानिएको विज्ञहरु बताउँछन् ।

चाँदीभन्दा निकै सस्तो हुने भएकाले यसलाई गहनामा मिसाउँदा व्यवसायीलाई फाइदा हुन्छ । त्यसैको लोभमा सुनचाँदी पसलेले त्यसको अत्यधिक प्रयोग गर्ने गरेको भेटिएको छ ।

चमकले थाहा हुँदैन

धेरै उपभोक्ता सुुनको असलीपनलाई चमकका आधारमा छुट्ट्याउन सकिने विश्वास गर्छन् । धेरै चम्किलो देखिएमा त्यसलाई शुद्ध मान्छन् । तर, नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यको भनाइ फरक छ ।

शाक्यका अनुसार बजारमा अहिले पित्तलकै गहना पनि सुन जत्तिकै चमकदार भेटिन्छन् । त्यसैले हेरेर, छामेर वा अरु कुनै घरेलु विधि लगाएर सुनको असलीपन थाहा पाउन सकिँदैन ।

‘हामी वर्षौंदेखि सुनसँग खेलेका मान्छे त कसी नलगाई सुनको शुद्धपन थाहा पाउँदैनौं भने साधारण उपभोक्ताले कसरी शुद्ध र अशुद्ध भनेर चिनुन् ?’ उनले भने, ‘शुद्ध सुन चिन्ने सामान्य आधार र तरिकाहरु छैनन् । त्यसलाई वैज्ञानिक आधार नै चाहिन्छ ।’

ठगीबाट जोगिने कसरी ?

सुनको शुद्धता जाँच्ने कुनै वैज्ञानिक प्रविधि उपभोक्ताको पहुँचमा छैन । यस्तो अवस्थामा उपभोक्ताले सचेत हुनैपर्छ । उपभोक्ताले सुन किन्ने मानसिकता बनाउँदा सर्वप्रथम त विश्वसनीय पसलमा नै जानुपर्छ । सकभर ती पसल रोज्नुहोस् जून पुराना र स्थापित छन् ।

महासंघ अध्यक्ष शाक्य भन्छन्, ‘सुन किन्ने भनेपछि आफैं संवेदनशील हुनुपर्छ । अनि सकभर आˆनो विश्वासमा रहेका व्यवसायीकोमा नै जानुपर्छ ।’

विश्वसनीय सुन पसलको छनौटले उपभोक्तालाई शुद्ध सुन पाउने पहिलो आधार खडा गर्छ । ‘सुन किनिसकेपछि बिल लिन भूल्नै हुँदैन,’ शाक्यले भने, ‘बिलमै सुन कति क्यारेटको भनेर उल्लेख गर्न लगाउनुपर्छ । यदि २४ क्यारेटको सुन किन्दै हुनुहुन्छ भने बिलमा २४ क्यारेटको सुन भनेर स्पष्ट उल्लेख हुनुपर्छ । त्यसले सुनको शुद्धतामा तपाईलाई शंका गर्ने वातावरण बन्न्दैन ।’

पुनः त्यही सुन बेच्न आएमा बिलमै उल्लेख भएको क्यारेट अनुसारको मूल्य पाउनुपर्ने गरी विक्रेतासमक्ष दावी पनि पेश गर्नुपर्छ उपभोक्ताले ।

‘यदी बिलमा क्यारेट उल्लेख नभए सुनमा केही न केही खराबी छ भन्ने सम्झिदा हुन्छ । क्यारेट उल्लेख गर्न पसलेले मानेन भने त्यहाँ सुन नकिन्नु नै राम्रो । किनभने बिलमा सुनको क्यारेट उल्लेख गर्नु अन्तर्राष्ट्रिय प्रचलन नै हो,’ शाक्यले भने ।

सुनमा पनि उपहार र छुटका अफर गरिएको छ भने उपभोक्ताले शंकालु आँखाले हेनुपर्ने हुन्छ । किनभने सुनमा अफर दिने स्थिति सजिलै बन्दैन ।

टञ्च मेसिन अभाव

बजारमा सुन पसलहरुले सुनलाई २२ र २४ क्यारेटका भनेर बेच्ने गरेका छन् । २४ क्यारेट सुनमा शुद्धताको प्रतिशत ९९ दशमलव ९९ प्रतिशत हुनुपर्छ । २४ क्यारेटको सुनको शुद्धता सुन जाँच्ने टन्च मेसिनमा राखेपछि मात्र थाहा पाउन सकिन्छ ।

तर, नेपालमा टन्च मेसिन ब्यवसायीका पहुँचमा मात्रै छ । नेपालमा १५ वटा जतिमात्रै टन्च मेसिन छन् । सरकारी तवरबाट बालाजुमा एउटा टन्च मेसिन राखिएको छ । सर्वसाधारण उपभोक्ताले सुन किन्दा त्यसलाई जाँच्न सक्ने कुनै प्रविधि नेपालका सुन पसलहरुमा प्रयोग भएको छैन ।

नेपालमा भित्रिने सुनको ढिक्कालाई व्यवसायीले गहना बनाउने समयमा पगाल्ने गर्छन् । अन्तर्राष्ट्रिय मान्यताअनुसार सुन पगाल्ने भाडो एकपटक मात्रै प्रयोग गर्न पाईन्छ । तर, नेपालमा एउटा भाडो २० औं पटक प्रयोग हुँदा त्यसले सुनमा अशुद्धता ल्याउँछ । शुुद्ध सुन लिन्छु भन्नेले ढिक्का सुनै किन्दा हुन्छ ।

सुनमा मिसावट कसरी हुन्छ ?

नेपालका ज्यासलहरु अझै पनि पुरानै प्रविधिमा निर्भर हुँदा सुनमा मिसावटको सम्भावना अधिक भएको व्यवसायी बताउँछन् । सुन पगाल्दा अपनाइने पुरानो प्रविधिले सामान्य मिसावट त हुन्छ नै । बैंकहरुले व्यवसायीलाई बेच्ने सुन पनि अशुद्ध भेटिने गरेको महासंघका अध्यक्ष शाक्यले आरोप लगाए ।

तर, केही व्यवसायी कमाउने लोभमा व्यवसायिक रुपमै मिसावटमा लागेको हुनसक्ने शाक्यको अनुमान छ । तर, केही पसलहरुमा कालीगढले पनि बदमासी गरेको हुनसक्ने महासंघको अनुमान छ ।
त्यसैले उपभोक्ता स्थापित र विश्वसनियता बनाइसकेका पसलमा गएर यसरी हुने ठगीबाट बच्न सक्छन् ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना) १८.५*१८.५ (फूट)।  १६ आना =५४७६ (वर्गफूट) १ (रोपनी) ७४*७४ (फूट)। १।४ धुर =४५.५६२५ (वर्गफूट) ६.७५*६.७५ (फूट)।  

How To Manage Blood Pressure Naturally

Reincarnation His Holiness Kyabye Trulshik Rinpoche, welcome And bless us Rinpoche.

Ever since Kyabje Trulsik Rinpoche passed away on September 2nd, 2011, finding his Reincarnation (Yangsi) has been awaited with great hope and deep devotion, especially in the Sherpas & Tibetans Buddhist Nyingma Tradition living in all over the world.  On 29th of May 2018, Saga Dawa day, we are all over joy to hear that His Holiness 4th Dodrupchen Rinpoche, Kyabje Dodrup Thupten Thinley Palbar (one of the most important living masters in the Nyingma and Dzogchen traditions) Chorten Gonpa Monastery, Tadong, Gangtok, Sikkim, India recently made this kind proclamation that a son born to the father, Ngawang Jigdrel Chokyi Wangchuk, the lineage holder of Maratika Lama, and the mother Orgyen Dolma is an Unmistaken Recognition of supreme reincarnation of His Holiness Late Trulshik Rinpoche. The Yangsi arrival at Dzarong Thupten Dongak Choeling Monastery .  June 23rd, 2018, Chewa Chu Ja Pemba The helicopter landed in Monastery helipad around 10:50 AM with Yangsi an