Skip to main content

नजिकैबाट सगरमाथा हेर्न चाहानुहुन्छ ? विकल्प छ पत्ताले डाँडा

नजिकैबाट सगरमाथा हेर्न चाहनेका लागि उत्तम विकल्प ‘पत्ताले डाँडा’ (तस्वीर सहित )
देशका विभिन्न पर्यटकीय स्थलहरुको भ्रमणको लागि आन्तरिक पर्यटकहरु नयाँ नयाँ क्षेत्रको खोजीमा रहेका छन् । यसरी घुमफिर गर्न चाहने आन्तरिक पर्यटकका लागि पत्ताले डाँडा एउटा शुन्दर विकल्पको रुपमा रहेको छ ।  
सोलुखुम्बु र ओखलढुङ्गाको सीमानामा पर्ने पत्ताले डाँडा राजधानी काठमाडौंबाट छोटो दूरीमा रहेको शुन्दर पर्यटकी क्षेत्र हो । यसको उचाई करीब ३१०० मिटर छ । मनोरम हिमालका दृष्याअवलोकन गर्नको लागि यो उपयुक्त डाँडा हो । यहाँबाट सगरमाथा, मकालु, कन्चनजङ्गा, लोत्से, नुम्बुर, कार्यालुङ, चोलाच्छे, ताबोचे, पुमोरी, खुम्बुचे, थामसेर्कु लगायतका शुन्दर हिमालको दृश्याअवलोकन गर्न सकिन्छ ।
 
राजधानी काठमाडौंबाट छोटो दूरीमा रहेको यो क्षेत्रमा हवाई र सडक मार्गबाट पुग्न सकिन्छ । सडक मार्गबाट त्यहाँ पुग्न विपी राजमार्ग प्रयोग गर्नुपर्छ । काभ्रेको धुलीखेल, सिन्धुलीको खुर्कोट, जयरामघाट(उदयपुर र खोटाङको सीमाना), ओखलढुङ्गा बजार हुँदै करीब १ सय ५० किमि सडक पार गरेपछि सोलुखुम्बुको पत्ताले गाँऊ पुगिन्छ ।
पत्ताले गाँउबाट करीब ४० मिनेट उकालो हिडेपछि पत्ताले डाँडा पुगिन्छ । पहिलो दिन खोटाङमा रहेको हलेसी महादेवको दर्शन गरि पत्ताले डाँडा पनि जान सकिन्छ । हवाईमार्गबाट पनि पत्तालेडाँडा पुग्न सकिन्छ । काठमाडौंबाट प्लेन चढेर करीब ३० मिनेटमा फाप्लु विमानस्थल(सोलुखुम्बु) पुगिन्छ । फाप्लुबाट करीब एक घण्टा १५ मिनेट सडक यात्रा गरेपछि  पत्ताले गाँउ पुगिन्छ ।
पत्ताले गाँउमा शेर्पा, मगर लगायतका जातीको बाक्लो बासस्थान रहेको छ । यहाँ शेर्पा लगायतको आफ्नै भाषा, सँस्कृति छ । पत्ताले गाँउ नजिकै  चर्चित धार्मिक स्थल चाङ्गेथान पनि छ । आर्थिक हिसावले यो निकै सस्तो पर्यटकीय गन्तव्य पनि हो । यसकोे लागि दुई दिन एक रात समय छुट्याउँदा हुन्छ ।  करीब पाँच देखि छ हजार रुपैयाँमा यो क्षेत्रमा घुमेर आउन सकिन्छ ।
पर्याप्त समय भएका पर्यटक जुनबेसी, पिकेडाँडा, थुप्तेन छोलिङ गुम्बा, चिवाङ गुम्बा, दूधकुण्ड लगायतका आकर्षक क्षेत्र पनि घुम्न सक्छन् ।


तस्वीर : इन्सु राई ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।