Skip to main content

शाकाहारीको दशैं यसरी बनाउन सकिन्छ स्वादिलो (भिडियो सहित)

यम्मी फुड वर्ल्ड' को दशैं उपहार !

दशैं भन्नेबित्तिकै अधिकांश नेपालीको भान्सामा मासुका परिकार पाक्छन् भन्ने ठानिन्छ । कवाफ, सेकुवा, भुटन, सुकुटीजस्ता परिकारका अगाडि काउली, मुला, सागजस्ता तरकारीको कुनै गन्ती गरिँदैन ।
त्यसैले शाकाहारीहरु यस्तोबेलामा खानपानको दृष्टिले आफू एक्लिएको महसुस गर्छन् । आफूले दशैंमा खाने त्यस्तो विशेष परिकार नै छैन भनेर उनीहरु मन खल्लो बनाउँछन् । र, दशैंमा शाकाहारीहरू कुन परिकार उपयुक्त होला भनेर अलमलिन्छन् पनि ।
तपाईं शाकाहारी हुनुहुन्छ भने यसरी अलमलिनुपर्दैन । दशैंमा माछामासु खानेहरुको भिडमा एक्लिएर बस्नुभन्दा तपाईं आफैंले केही परिकार बनाएर यो दशैंलाई स्वादिलो बनाउन सक्नुहुन्छ ।
शाकाहारीका लागि विशेष उत्सवका बेला पनिर निकै उपयोगी हुन सक्छ । चाडबाड बाहेकको समयमा पनि कसैकोमा पाहुना बनेर जाँदा अरुका लागि मासु पाके पनि शाकाहारीका लागि ससम्मान पनिरको परिकार बनाइएको पाइन्छ ।
तपाईंले पनि मटर पनिर, पालक पनिर जस्ता परिकार खान सक्नुहुन्छ । यस्तै, तोफुका आइटम पनि बनाउन सक्नुहुन्छ ।
मैले यसपालि मेरो युट्युब च्यानल ‘यम्मी फुड वर्ल्ड’मा दशैं स्पेशल ‘मटर मसरुम करी’ को रेसिपी राखेकी छु ।
यो भिडियो हेर्नुहोस् र तपाईंहरु पनि भान्सामा प्रयास गर्नुहोस् 
दशैंको बेला चना, केराउ, बोडी, सिमी जस्ता गेडागुडीको तरकारी पनि धेरैको रोजाइमा पर्न सक्छ । नेवार समुदायमा यो बेला ‘बारा’ एकदम चल्ने परिकार हो ।
दशैंमा फलफूल र मिठाइहरु पनि खाने गरिन्छ । मिठाइहरु हामी घरमै पनि सजिलै बनाउन सक्छौं । मैले रसबरी, लालमोहन, नरिवलको बर्फी, इमारती (दालको जलेबी), कुल्फी जस्ता मिठाइहरुका रेसिपी पनि बनाएकी छु ।
म चाहिँ दशैंमा भेज-ननभेज सबै खालका खाना खान्छु । मलाई खासगरी आलुको अचार एकदम मन पर्छ । तिलको छोप राखेर अमिलो पिरो ट्वाक्क पारेर बनाइएको अचार स्वादिलो लाग्छ ।
चाडबाडमा दहीको खपत पनि उत्तिकै हुन्छ । दशैंमा चिल्लो, पिरो ज्यादा खाइने भएकोले पचाउनका लागि दहीको प्रयोग अनिवार्य जस्तै हुन्छ । दहीको लागि भक्तपुरको जुजुधौ निकै प्रसिद्ध छ ।
तर, परिवारसँग चाड मनाउन विभिन्न ठाउँ जानुपर्ने हुनाले काठमाडौं बाहिर जुजुधौ पाउन सम्भव हुँदैन । यस्तो अवस्थामा जुजुधौ घरमै पनि बनाएर खान मिल्छ । यसको रेसिपी पनि मैले पहिले बनाएको छु ।
शाकाहारी र मांसाहारी सबैले सन्तुलित खानपान गरेर दशैं मनाउनुहोला ।
ह्याप्पी दशैं !!
(खानाको रेसिपी सम्बन्धी युट्युब च्यानल ‘यम्मी फुड वर्ल्ड’ चलाउँदै आएकी काठमाडौं थानकोटकी महर्जन नर्सिङ अध्ययनका क्रममा हाल जर्मनीमा छिन् ।)
२०७३ असोज २३ गते १०:३७ मा प्रकाशित

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।