Skip to main content

दशैंको शुभकामना फेसबुकबाटै !

नेपाली चाडपर्व उस्तै छन् तर मनाउने शैली बदलिएको छ । चाडपर्व आफ्नै रफ्तारमा आएका छन् तर प्रविधिले मानव जीवनमा नै उथलपुथल ल्याएको छ । दशैं, तथा नयाँ बर्षमा भेटेर, पोष्टकार्ड तथा फुलको गुच्छा साँटासाँट गर्ने चलनमा पनि सूचनाप्रविधिले बदलिदिएको छ । परिर्वतन कति छिट्टै आयो ! भेट्ने, गला जोड्ने, पोष्टकार्ड र फूलको गुच्छा दिएर आत्मियता साट्नेहरु घट्दै छन् । फेसबुक ,टि्वटरका भित्ताहरुमा शुभकामना साट्ने प्रचलनले व्यापकता पाएको छ ।




















अहिले भेटेर नै शुभकामना साटासाट गर्ने चलन त पुरानो भईसक्यो । त्यही चलन पछ्याउनेहरु पनि नयाँ प्रविधिलाई आत्मसात गरिसके । हातहातमा मोवाइल हुनेले एसएमएस, एमएमएस मार्फत आफ्ना मनपर्ने साथी तथा परिवार जनमा शुभकामना आदानप्रदान गर्ने चलन अहिले पुरानो भइसक्यो । इन्टरनेट पहुँच भएकाहरुले सामाजिक सञ्जाललाई नै शुभकामना आदानप्रदान गर्ने माध्यम बनाउनु नौलो रहेन अब । इन्टरनेटमा झुम्नेहरु त सामजिक सञ्जाललाई भरपुर प्रयोग गर्दै आएका छन् । नेपालीहरुको घरदैलोमा आएको बडा दशैं सुरु भएको दुई दिन भइसक्यो तर दशंैका शुभकामना रुपी स्टाट्सले फेसबुक प्रयोगकर्ताको वाल भरिसक्यो । अझै दशैँ आउन एकहप्ता अगावै भएपनि शुभकामनाको ओइरो लाईसक्यो ।

पुरानो जमानाबाट नयाँ जमानामा घचेटिएका प्राध्यापक डा. विश्वकल्याण पराजुलीदेखि युवा पुस्ताका सञ्चारकर्मी लक्ष्म्ाी पल्पसा सम्मले फेसबुककै वालमा शुभकामना टक्र्याए । महानायक राजेश हमालले शुभकामना बाढ्न फेसबुक प्रयोग गरे । नेपालीमाझ लोकप्रिय फेसबुकमा उनले-‘बडा दशैंको पावन अवसरमा समस्त नेपालीहरुमा मेरो मंगलमय शुभकामना । हृयाप्पी विजयादशमी ।’ प्राध्यापक डा. विश्वकल्याण पराजुलीले विजया दशमी २०७० को पावन उपलक्ष्यमा सुस्वास्थ्य, दीर्घायु, प्रगति, शान्ति र सम्वृद्धिृको मंगलमय शुभकामना फेसबुकमा लेखे ।

उज्यालो नेटवर्कमा कार्यरत युवा पत्रकार हिम विष्टले ‘दशैं आफैंमा पर्व हो तर त्यो भन्दा बढी मनभित्र हुनेखुसी र उमंग, रहर, चासो र मान्छेको समयले बढी यसको रंग निर्धारण गर्दो रहेछ । सवैलाई विजयादशमीको शुभकामना ।’ भित्तामा टाँसे फेसबुकको । सञ्चारकर्मी तथा हालसालै सकिएको मिस पोखराको फस्टरनरअप लक्ष्मी पल्पसाले ,दशैंको शुभकामना मेरा साथी तथा सम्मानित व्यक्तिहरुलाई भनेर फेसबुकको भित्तामा राखिन् ।

प्राध्यापक डा. विश्वकल्याण पराजुलीकै भाषामा ‘सामाजिक सञ्जालबाटै साथीभाई तथा आफन्तहरुबीच सम्बन्ध बिस्तार र आत्मिता बढाउन सजिलो भएको छ । यसो भन्दै गर्दा उनले विगतमा कार्ड छाप्ने, पत्रिका, रेडियो हुदै अहिले शुभकामना साटाँसाट गर्ने परम्परालाई भुलेनन् । फेसबुक, टि्वटरजस्ता सामाजिक सञ्जालले दिएको सुविधाबारे अथ्र्याउन उनले धेरै नै शब्द खर्च गरे । ‘समाज बग्ने खोला जस्तै हो । खोला जस्तै भएकोले स्थिर हुदैँन ।’, उनले थपे,’नेपाली समाजको पुरै रुपान्तरण होइन् ,सूचना प्रविधिसँग भिजेकाहरुले मात्रै प्रयोगमा ल्याएका हुन् ।’ नेपालमा इन्टरनेटको पहुँच भएकाले यसको राम्रैसँग फाइदा लिइरहेका उनको बुझाइ छ ।

नेपालमा सामाजिक सञ्जाल फेसबुक, ट्विट्र जस्ता सोसल वेवसाइटले गर्दा प्रयोगकर्ता मात्र ५० लाखभन्दा बढी पुगेका छन् । नेपालमा मात्रै फेसबुक प्रयोगकर्ताको संख्या २१ लाख २४ हजार पुगिसकेको छ । इन्टरनेट पहुँच बढेसँगै सामाजिक सञ्जालका प्रयोगकर्ता बढेका हुन् । वेवसाइटको रेटिङ गर्ने साइट ‘एलेक्सा डटकम’ का अनुसार नेपालबाट सबैभन्दा बढी खोलिने वेवसाइट फेसबुक नै हो । जनता माझ इन्टरनेट पुर्‍याउने सुचिमा नेपाल १ सय ४८ स्थानमा छ । संयुक्त राष्ट्र संघको स्टेट अफ इन्स्टिच्युटको प्रतिवेदन अनुसार नेपालमा ११ दशमलव १ प्रतिशत जनता इन्टरनेट प्रयोगकर्ता रहेको देखाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कमा नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या ६६ लाख ८५ हजार ४ सय २७ पुगेको छ । सन् २०१२ को अन्त्य सम्ममा इन्टरनेट प्रयोगकर्ताको संख्या ५६ लाख ९३ हजार ९ सय १३ थियो ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।