मसंग १ रुपैंयाँ छ, र तपाईसंग पनि १ रुपैंयाँ छ ।
यदि म र तपाईसंग रहेको १ रुपैंयालाई एक-अर्कामा साटासाट गर्ने हो भने हामीसंग १ रुपैंयाँ नै रहन्छ । 
त्यस्तै गरी मसंग एउटा सकारात्मक विचार छ, 
र तपाईसंग पनि एउटा सकारात्मक विचार छ । 
यदि हामी दुईले एक-अर्कामा आफ्नो सकारात्मक विचारलाई सट्टापट्टा गर्यो भने हामीसंग २-२ वटा सकारात्मक विचारहरु हुन्छन् ।
तसर्थ सदैव राम्रा बिचार र ज्ञानगुणका कुराहरुको अदान प्रदान गरौं ।

Comments
Post a Comment