Skip to main content

कांग्रेस सोलुमा आङ गेलु शेर्पाको पल्लाभारी !




सोलुखुम्बुको नेपाली कांग्रेसको गाउँ अधिबेशन सोताङ र चौलाखर्क बाहेक सबै गाबिस तथा नगर वडाहरुमा सम्पन्न भएको छ । अहिलेसम्म मत परिणम अनुसार आङ गेलु शेर्पाको समूह अघि देखिएको छ । दुइ गाबिसमा बिबाद भएपछि अधिवेशन स्थगित गरिएको हो । दुधकुण्ड नगरपालिकाको नौ वटै वडामा प्रतिनिधि छानिए । दुधकुण्ड नगरपालिकाको १ नम्बर वडामा सभापति ज्याप्याङ शेर्पा, सचिबमा डोमी शेर्पा, कोषाध्यक्षमा छो गिर्मी शेर्पा चयन भएका छन् । प्रतिनिधिमा युबराज भुजेल, नाम्गेल जाङबु शेर्पा र सुमित्रा तामाङ रहेका छन् ।
२ नम्बर वडामा सभापतिमा सुम्बा
शेर्पा चयन भएका छन् । जिल्ला प्रतिनिधिमा मिङमा दोर्जी शेर्पा, दावा शेर्पा र पेलु शेर्पा रहेका छन् । ३ नम्बर वडामा सभापतिमा कृष्ण गोपाल राजभण्डारी, सचिब ल्हाक्पा गेलु शेर्पा, कोषाध्यक्ष टेक बहादुर मगर चयन भएका छन् । यस्तै प्रतिनिधिमा धर्म बहादुर तामाङ, डिल्ली बहादुर मगर र याङजीडोमा तामाङ चयन भएका छन् । ४ नम्बर वडामा सभापति दोर्जे तामाङ, सचिबमा बिक्रम श्रेष्ठ, कोषाध्यक्षमा साङगे लामा रहेका छन् । प्रतिनिधिमा बुद्ध राउत, जाङबु लामा र फुर्बा लामा रहेका छन् । वडा नम्बर ५ मा भने सहमति नभए पछि मतदान हुदैछ । सभापति सहित ३ जना प्रतिनिधिका लागि मतदान सुरु भएको मतदान अधिकृत बिनोद श्रेष्ठले जानकारी दिनुभयो । वडा नम्बर ६ मा सभापतिमा दावा जाङबु शेर्पा, सचिबमा पदम बहादुर श्रेष्ठ, कोषाध्यक्षमा शान्ति श्रेष्ठ रहेका छन् । प्रतिनिधिमा मायाँ देबी नेपाली दर्जी, दिल कुमार श्रेष्ठ, र फुर्बा ग्याल्जेन शेर्पा रहेका छन् ।
यस्तै ७ नम्बरमा सभापतिमा भक्त बहादुर श्रेष्ठ, सचिबमा टेक बहादुर बस्नेत, कोषाध्यक्षमा हरिमायाँ श्रेष्ठ रहेका छन् । प्रतिनिधिमा जाङबु शेर्पा, वाङदा शेर्पा र भक्त बहादुर श्रेष्ठ रहेका छन् ।
८ नम्बर वडाको अधिबेशन सकिएको छ । कार्य समिति तथा प्रतिनिधि निर्बिरोध चयन भएका छन् । बाबुराम श्रेष्ठ काजी शेर्पा र छिमी शेर्पा जिल्ला प्रतिनिधिका लागि सर्बसम्मतिले चयन भएका छन् । आङ–ङवाङ लामाको सभापति रहने गरि सचिबमा निमा शेर्पा, कोषाध्यक्षमा सागर बिक, सदस्यमा ल्हाक्पा शेर्पा चयन भएका छन् । यस्तै ९ नम्बरमा सभापतिमा शम्बु कार्की, सचिबमा रुद्र बहादुर खत्री, कोषाध्यक्षमा एकी मायाँ भुजेल रहेका छन् । प्रतिनिधिमा राधा कुमारी कार्की, बम बहादुर कार्की र बुद्धी बहादुर भुजेल रहेका छन् । यी सबै नगर वडाहरुमा निर्बिरोध चयन गरिएको हो । नगर वडामा सर्बसम्मतिले चुनिएका ३२ जना मध्य २८ जना नेता गेलु पक्षधर देखिन्छन् भने ४ जना केसी पक्षका देखिएका छन् । अन्य गाउँ अधिबेशनको नतिजा आउने क्रम जारी छ ।
यस्तै पञ्चन गाबिसबाट पनि सर्बसम्मतिमा प्रतिनिधिहरु छानिएका छन् । उपसभापति कृष्ण निरौलाको गाउँ पंचनबाट ९ जना जिल्ला प्रतिनिधि छानिएका छन् । कृष्ण प्रसाद निरौला, गिता कोइराला, शोभादेबी कोइराला, कोषराज राइ, भुपालध्वज राइ, भमि बहादुर चर्माकार, महेश राइ, मिन प्रसाद कोइराला जिल्ला प्रतिनिधि छानिएका हुन्् । जिल्ला गाउँ सभापतिमा इन्द्रमणी दाहाल चयन भएका छन् ।
जुबु गाबिसमा खुल्ला तर्फबाट ४ जना प्रतिनिधि मतदानबाट चुनिएका छन् । नातीकाजी गुरुङ, महेन्द्र राज गुरुङ, गुणर।ाज उपाध्याय र गणेश भारती बहुमतले बिजयी भएका हुन् । यस्तै इन्द्र बहादुर गुरुङ, पदम कुमारी गुरुङमाझी, देउमायाँ भारती पुरी,रिता घिमिरे र रुद्र नेपाली सर्बसम्मपतिले प्रतिनिधिमा छनौट भएका छन् । गाउँ सभापतिमा भने तेज बहादुर बस्नेत चयन भएका छन् । सभापति सहित जिल्ला प्रतिनिधिमा छनौट भएका सबै आङगेलु पक्षधर मानिन्छन् ।
यस्तै तिङला गाबिस सभापतिमा नैन बहादुर कार्कीलाइ चयन गर्दै जिल्ला प्रतिनिधिका रुपमा ओमसिङ कार्की, केदारभक्त कार्की, केशब बहादुर थुलुङ, प्रमिला कार्की, फुल मायाँ राइ, रिन्जी शेर्पा र अमर बहादुर राणापाललाइ निर्बिरोध चयन गरिएको संबाददाता कर्ण बहादुर कार्कीले जानकारी दिनुभयो ।
नाम्चे गाबिसमा बम्बे दर्जी पुन निर्बिरोध निर्बा्चित भएका छन् । जिल्ला प्रतिनिधिका रुपमा ल्हाक्पा दिकी शेर्पा, पेम्बा छोटिन शेर्पा, तारादेबी परियार, ल्हाक्पा दोर्जी शेर्पा , फडिन्द्र राणापाल र पाल्देन शेर्पा रहेका छन् ।
खुम्जुङ गाबिसमा पेम्बा छिरिङ शेर्पाको सभापतित्वमा कार्य समिति गठन गरिएको छ । जिल्ला प्रतिनिधिमा निमा डोमा शेर्पा, ल्हाक्पा नुर्बु शेर्पा, ल्हाक्पा छिरिङशेर्पा, पेम्बा छिरिङ शेर्पा ख, चयन भएको मतदान अधिकृत कृष्ण बहादुर मगरले जानकारी दिनुभयो ।
यसैगरी चौरीखर्क गाविसमा सभापतिमा निमातेन्जिङ शेर्पा निर्विरोध चयन भएका छन् । सो गाविसवाट अध्यक्ष सहित ८ जना मात्र प्रतिनिधि छनौट भएको निर्वाचन अधिकारी विर बहादुर राईले जानकारी दिनुभयो ।
यस्तै वाकुमा पनि निर्बिरोध रुपमा कार्य समिति तथा जिल्ला प्रतिनिधि छानिएका छन् । सभापतिमा सगुजीत राइ चयन भएका छन् भने सचिबमा महेश कुमार राइ, कोषाध्यक्षमा मिन बहादुर कार्की चयन भएका छन् । यस्तै जिल्ला प्रतिनिधिमा टम्बर बहादुर राइ, भोजराज कार्की, नारायाणकाजी कार्की, इन्द्र बहादुर नेपाली, लक्ष्यावती राउत, दुर्गाामणी राइ, भुपाल रेग्मी मगर, युबराज घिमिरे चयन भएका छन् ।
यस्तै केरुङ गाबिसमा सभापतिमा पदम बहादुर खड्का चयन भएका छन् । प्रतिनिधिहरुमा मनोज खड्का, रोही्त कुमार कार्की, कुसाङ शेर्पा, कुलध्वज मगर, पेमा तामाङ, रामसरण नेपाली, नारायणदेबी खड्का, र प्रेम गुरुङ रहेका रहेका छ् ।यस्तै नेले गाबिसमा सभापतिमा भरत बाबु कार्की चयन भएका छन् । प्रतिनिधिहरुमा हेब बहादुर खड्का, बीर बहादुर गुरुङ, कुमार बस्नेत, आस्वीन बाबु थपा, मन देबी बस्नेत, ज्ञानु देबी बस्नेत, रोशनबाबु थुलुङ, घनराज सुनुवार र सार्के नेपाली रहेका छन् ।
त्यस्तै, टाक्सिन्दुमा टेक बहादुर राई सभापतिमा चयन भएका छन् । प्रतिनिधिहरुमा फनिन्द्र कार्की, सुब्बा तामाङ, विनोद लामिछाने, कमल कुमारी राई, मान बहादुर राई, उत्रमान राई र पदम नेपाली छनौट भएका छन् ।
यसैबीच, सोताङ र चौलाखर्कमा विवादका कारण गाउँ अबिधेशन स्थगीत गरिएको निर्वाचन अधिकृत कमलमणी निरौलाले जानकारी दिए ।
यस्तै कागेल सभापतिमा बल बहादुर बस्नेत चयन भएका छन् । त्यस्तै प्रतिनिधिमा बिनोद बस्नेत, नबिना थापा, हुतराज बस्नेत, छत्रध्वज बस्नेत, शैलेन्द्र बस्नेत, कान्तीराज थुलुङ, रुद्र कुमारी बरुवाल टिका केसी, मिठु मायाँ बस्नेत, बिरु सार्की चयन हुनुभएको छ । कागेलमा अधिकांश बल बहादुर केसी पक्ष छन् ।
यस्तै सल्यान गाबिसमा धनजन राइको प्यानल नै बिजयी भएको छ । देउसा गाबिसमा सभापति भीलोक सिङ राइ चयन भएका छन् । प्रतिनिधिमा कमल बहादुर बिक, डिल्ली बहादुर मगर,पार्ब्ति राइ, चरीमायाँ राइ, लाक्पा तामाङ, लाक्पा, राइ, जय प्रसाद राइ र नवाक सिङ राइ रहेका छन् ।
यस्तै पावैमा गाबिस सभापतिमा गणेश बस्नेत, प्रतिनिधिमा खिलाराज बस्नेत, बल बहादुर गुरुङ, तारा कुमार राइ, नीर कुमार राइ, पुर्ण बहादुर बिक, एलिशा राइ र सरला नाछिरिङ रहेका छन् । 

Comments

Post a Comment

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।