परिचय ट्रेकिङ/ ट्राभल एजेन्सीका लागि लगभग एकै खालका प्रक्रिया र कागजातको आवश्यक पर्दछ | फरक पर्न गएमा दस्तुरमा थप-घट हुन सक्नेछ, भने बाँकि प्रक्रियामा समानता देखिन्छ | अत: ट्रेकिङ/ ट्राभल एजेन्सी संचालनका लागि विभिन्न कागजात तयार गरि, पर्यटन विभागबाट स्वीकृति लिन आवश्यक छ | सेवा ग्रहिले पेश गर्नु पर्ने कागजातहरु विवरण भरि निवेदकको सहिछाप सहितको रु. दशको टिकट टाँसेको दरखास्त फारम| दरखास्त दस्तुर वापत रु. १००/- तिरेको भौचर| फर्म/कम्पनि दर्ता प्रमाणपत्र, प्रमाण पत्र जारी भएको पत्र,प्रबन्ध पत्र, नियमावलीको प्रतिलिपि| सबै संचालक शेयरधनीहरुको व्यक्तिगत विवरण र २/२ प्रति फोटो| ( नैतिक पतन देखिने, फौजदारी अभियोगमा सजाय पाएको छैन| सरकारी राजश्व र अदालित दण्ड जरीवाना तिर्न बुझाउन बाकि छैन| कुनै पनि सार्वजनिक निकायबाट कालो सुचिमा परेको छैन भनि विभागमा उपस्थित भइ विभागको कर्मचारीको रोहवरमा सनाखत गर्नु पर्ने हुन्छ| सबै संचालकहरुको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि| ट्राभल/ ट्रेकिङ एजेन्सी बाहेक उदेश्य भएको फर्म र कम्पनी भए प्रस्तुत इजाजतपत्र बाट ट्राभल/ट्रेकिङ व्यवसाय मात्र गर्ने कबुलिय...