सोलुखुम्बु सल्लेरी : जिल्ला खेलकुद बिकास समिती सोलुखुम्बु को अधक्ष्यमा डी. बि. राना पाल लाइ राष्ट्रिय खेलकुद परिषद ले नियुक्त गरेको छ।विभिन्न आन्तरिक तथा बाह्य बाधा अबरोध को बाबजुद हिजो राष्ट्रिय खेलकुद परिषद ले उहा लाइ अधक्ष्य पद मा चार बर्षको लागि नियुक्ति दिएको हो। जिल्ला खेलकुद बिकास समिती सोलुखुम्बु मा अधक्ष्य पद को लागि उहाको यो दोस्रो कार्यकाल रहेको छ। सिंगो सोलुखुम्बु तथा मुलुक लाइ नै हित हुने गरि खेलकुद क्षेत्र मा बिगत मा भएका कमि कमजोरी लाइ सच्च्याउदै सोलुखम्बु को खेलकुद लाइ समग्र रुप ले बिकास गर्दै लैजाने र कुनै पनि भेदभाब बिना निस्पक्ष रुप ले अनुशासित खेलाडी हरु उत्पादन गरेर देश विदेश मा सोलुखुम्बु जिल्ला लाइ चिनाउदै आफ्नो काम कर्तब्य लाइ निष्ठा पुर्बक निस्पक्ष का साथ् आफ्नो कार्यकाल मा निर्बाह गर्ने कुरा अधक्ष्य डी बि रना पाल बताउनु भयो।
सोलुखम्बु जिल्ला पर्यटकीय दृस्टीकोण ले एक मुलुक को प्रमुख गन्तब्य रहेको छ त्यसै अनुरुप खेलकुद को पनि चौतर्फी बिकाश गर्दै खेलकुद पर्यटन लाइ पनि संग संगै लैजादै हरेक क्षेत्र लाइ समेट्दै सोलुखुम्बु बाट राष्ट्रिय तथा अन्तरास्ट्रिय खेलाडी हरु को उत्पादन गर्दै लाने आफु र आफ्नो खेलकुद टिम ले सधै इमान्दारिता को साथ मा काम गर्दै आफ्नो कार्यकाल मा सोलुखुम्बु जिल्ला को खेलकुद बिकास लाइ एउटा उचाइ मा पुर्याउने प्रतिबद्दता पनि अधक्ष्य डी बि राना पाल ले जनाउनु भयो
Comments
Post a Comment