Skip to main content

मस्तिष्क घात, छाला क्यान्सर लगायतका रोगहरुबाट छुटकारा पाउन पुदिना सहितको पेय पदार्थ सेवन गनुहोस् ।

मस्तिष्क घात, छाला क्यान्सर लगायतका रोगहरुबाट छुटकारा पाउन पुदिना सहितको पेय पदार्थ सेवन गनुहोस्

जादुमई विशेषता भएको यो ग्रिन टी, सुन्तला र पुदिना सहितको पेय पदार्थ सेवन गरेर शरीरमा भएको विकारहरुबाट सहजै छुटकारा पाउनुहोस् ।

यदि तपाई आफ्नो तौल र शरीरमा भएको विकारलाई नाश पार्न चाहनुहुन्छ भने हरियो चिया, सुन्तला र पुदिना सहितको पेय पदार्थ आदर्श सावित हुन सक्छ । तसर्थ यो पेय पदार्थ शरीरको संपूर्ण समस्याहरुबाट सहजै छुटकारा पाउनका लागि प्रयोग गर्न सिफारीस गरिन्छ ।

१. हरियो चिया(ग्रिन टी)

हरियो चियाले शरीरको अंगहरुलाई सक्रिय पार्नुका साथै यसले बोसो तथा चिल्लोलाई सोस्ने काम गर्छ । यसले मेटाबोलिज्ममा अनौठो सुधार ल्याउँछ । दैनिक एक कपा हरियो चिया सेवन गर्नाले मुटु जन्य समस्याहरु, मस्तिष्क घात, छाला क्यान्सर, जार्नी जन्य पीडा तथा सुनिने समस्याहरु, रगतमा चिनीको मात्रा उच्च, उच्च रक्तचाप, रुघाखोकी, फ्लू लगायतका समस्याहरुमा कमि आउँछ ।

२. सुन्तला

पोषण तत्व तथा विषादी नाशक गुण भएका कारण सुन्तलालाई अति मुल्यवान फलको रुपमा लिइन्छ । यसमा अनावश्यक चिल्लो पदार्थको मात्रा सुन्य बराबर रहन्छ तर यसमा शरीरलाई आवश्यक पर्ने रेशाको मात्रा अत्यधिक रहन्छ जुन अत्यधिक तौल हुने मानिसहरुको लागि अति आवश्यक छ । सुन्तला खानेगर्नाले जार्नी संबन्धी समस्या, क्यान्सर र मुटु संबन्धी समस्याहरुमा सकारात्मक लाभ प्राप्त हुन्छ ।

३.पुदिना

पुदिनालाई क्याल्सियम, म्याग्नेसियम, कपर, आइरन र पोटासियमका लागि उचित स्रोतका रुपमा लिइन्छ । यसलाई जडीबुटीको रुपमा प्रयोग गर्ने गरिन्छ । यो जडीबुटी सेवन गर्नाले पाचन प्रक्रिया बलियो हुनुका साथै यसले शरीरको संपूर्ण तन्तुहरुलाई यथास्थानमा राख्न सहयोग गर्ने र अनावश्यक बोसो पगाल्नुका साथै शरीरलाई सुनिन दिदैन ।

यो अनौठो पेय पदार्थ तयार पार्ने बिधि :

करिव एक लिटर पानीलाई ५ मिनेट उमाल्नुहोस् । त्यस पछि ग्रिन टीको ५ वटा ब्यागलाई उक्त पानीमा डुबाउनुहोस् र पानीलाई ५ मिनेट सम्म सेलाउन दिनुहोस् । अव चियाको व्यागलाई पानीबाट बाहिर निकाल्नुहोस् । बोक्रासहित सुन्तलालाई सफासँग पखाल्नुहोस् र यसलाई मसिनो पारेर काट्नुहोस् । एउटा ग्लास जारमा पानी खन्याउनुहोस् । यसमा सुन्तलाको चनापनि मिसाउनुहोस् । अव यसमा पुदिनाका केही पातहरु पनि मिसाउनुहोस् र जारको बिक्रो बंद गर्नुहोस् । मीश्रणलार्ई एक रात सम्म फ्रीजमा राखिदिुनुहोस् ।

प्रयोग गर्ने बिधि:

प्रत्येक पटक खाना खानु अघि एक कप ओखती सेवन गर्नुहोस् । यसले तपाईको शरीरमा भएको अनेकौ प्रकारको बिकारबाट सहजै छुटकारा दिलाउँछ । यसरी एक महिना सम्म ओखती प्रयोग गर्नाले शरीरलाइ अचुक फाइदा प्राप्त हुन्छ ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।