Skip to main content

रिफर्बिस ल्यापटपबाट कसरी जोगिने ?

नेपालमा ल्यापटपको बजार निरन्तर बढ्दो छ । बजार बढ्दै जाँदा हरेकखालका उत्पादनमा विभिन्न खालका विकृतिहरु आउने गर्छन् । ल्यापटपमा पनि त्यहि भइरहेको छ । तीनै विकृतिमध्येको एक हो रिफर्बिस ल्यापटप, जसलाई व्यापारिक भाषामा ग्रे च्यानल पनि भन्ने गरिन्छ ।
के हो रिफर्बिस सामान ?
रिफर्बिस भनेको पुराना सामानहरुलाई मर्मत गरेर पुनः बिक्री गर्नु हो । अन्तर्राष्ट्रिय प्रचलन अनुसार त्यस्ता सामानमा रिफर्बिस जनाउने स्टिकर लगाएर मात्र बिक्री गर्नु पर्छ । तर, नेपालमा त्यस्ता सामानहरु आयात गर्न प्रतिबन्ध भएकोले स्टिकरबिनै ल्याइन्छ । त्यसैले ग्राहकहरुले नयाँ भनेर किन्छन्  र ठगिन्छन् ।

यसरी ल्याइन्छ नेपालमा
रिफर्बिस गरिएका सामान आधिकारिक रुपमा आयात नभई चोरी-निकासी गरिएका हुन्छन् । यसरी आउने सामान दुई थरिका हुन्छन् । पहिलो, पुराना रिफर्बिस वा रिकन्डिसन सामान र दोस्रो, अन्य कुनै देशको लागि बनेको वा बितरण गरिएको समान ।
रिफर्बिस सामानमा नेपालको बिक्रेताले कुनै पनि वारेन्टी पाएको हुँदैन । उसले आफ्नो मुनाफाबाट नै मिलाउने गरि बेचेको हुन्छ । अतः त्यस्ता सामान बिग्रिएर आएमा सकभर उसले कमसेकम खर्चमा कामचलाउ बनाएर पठाइदिन सक्छ । त्यसैले त्यो बारम्बार बिग्रिरहने हुन्छ र यसोउसो गर्दै वारेन्टी समय सकिन्छ ।
अर्कोथरि अनाधिकृत रुपमा वा अन्य देशको लागि बनेका सामानहरुको हकमा उत्पादक कम्पनीको कुनै पनि जवाफदेहिता हुँदैन । त्यस्ता सामानहरुलाई नेपालमा भएका सर्भिस सेन्टरहरुले सर्भिस पनि दिँदैनन् । बिग्रिएको खण्डमा नेपालमा वारेन्टी नहुने भएकाले त्यस्ता सामानहरु बजारमा उपलब्ध अनाधिकृत स्पेयर पार्टस्हरु फेरेर मर्मत गरिन्छ, जुन भरपर्दो हुँदैन ।

ल्यापटपभन्दा त्यहाँ राखिने सामाग्री बहुमूल्य हुन्
ल्यापटपमा राख्ने डाटाहरु अमुल्य हुन्छन् । यसभित्र रहने डाटाको मूल्य मेसिनको मूल्यभन्दा कयौं गुणा बढी हुन्छ । उदाहरणको लागि कुनै व्यक्तिले आफ्नो विवाहका फोटोहरु ल्यापटपमा राख्छ । यदि ल्यापटपमा समस्या आएर हार्ड डिक्स बदल्नु परेमा डाटाहरु सबै गुम्छन् । उसका सबै फोटोहरु स्वाहा हुन्छन् । अब उसले फेरी बिवाह गर्ने कुरा पनि हुँदैन ।
कुनै अनुसन्धानको तथ्यांक, कसैको थेसिस वा कुनै कम्पनीको हरहिसाब, जे पनि हुनसक्छ ल्यापटपमा । यसको तुलनामा मेसिनको मूल्य केहि होइन । यो कुरा ल्यापटपमा मात्र नभइ सामान्य पेन ड्राइभ, पोर्टेवल हार्ड डिक्स, मेमोरी कार्डहरुमा पनि लागू हुन्छ । त्यसैले सस्तो पायो भन्दैमा आफ्नो अमूल्य सम्पत्तिको सुरक्षामै खतरा आइपर्ने गरी रिफर्विस वा वारेन्टी नभएका ल्यापटप खरिद गर्नु हानिकारक हुन्छ ।

कसरी छुट्याउने त ?
सामान्यरुपमा त्यस्ता सामान छुट्याउन निकै गाह्रो हुन्छ । ल्यापटपको हकमा बक्समा हुने सिरियल नम्बर र ल्यापटपमा हुने एउटै नहुन सक्छ वा बिना बक्सको पनि हुन सक्छ । तर, त्यो प्रमुख आधार भने हैन । अरु सामानमा त झनै गाह्रो हुन्छ ।
सामान्यतयाः उस्तै प्रकृतिको सामान एउटा पलसमा भन्दा अर्कोमा अस्वाभाविक सस्तो छ भने झट्ट किनिहाल्नु हुँदैन । अरु पसलमा बुझेर मात्रै किन्नु बेस हुन्छ । किनभने त्यस्तो सामान ओरिजनल नहुन सक्छ । व्यवहारिक रुपमा भन्नुपर्दा भरसक नाम चलेको वा विश्वासिलो पसलबाट मात्रै लिनु बेस हुन्छ ।
सबैभन्दा प्रभावकारी उपाय भनेको भ्याट बिल हो । साधारणतया डुब्लिकेट वा रिफर्बिस सामान वेच्नेहरुले सामानको मूल्य बराबरको भ्याट बिल दिन सक्दैनन् । ल्यापटप लगायत बिद्युतीय उपकरण किन्दा यि सबै कुराहरुमा ध्यान दिएर ठगिनबाट जोगिनु पर्छ ।

(लोहनी लेनोभो ल्यापटपको नेपालका लागि आधिकारीक विक्रेता मेगाटेक ग्रुपका निर्देशक हुन् )

प्रतिलिपि स्रोत:अन्लाईनखबर 


Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।