Skip to main content

रिफर्बिस ल्यापटपबाट कसरी जोगिने ?

नेपालमा ल्यापटपको बजार निरन्तर बढ्दो छ । बजार बढ्दै जाँदा हरेकखालका उत्पादनमा विभिन्न खालका विकृतिहरु आउने गर्छन् । ल्यापटपमा पनि त्यहि भइरहेको छ । तीनै विकृतिमध्येको एक हो रिफर्बिस ल्यापटप, जसलाई व्यापारिक भाषामा ग्रे च्यानल पनि भन्ने गरिन्छ ।
के हो रिफर्बिस सामान ?
रिफर्बिस भनेको पुराना सामानहरुलाई मर्मत गरेर पुनः बिक्री गर्नु हो । अन्तर्राष्ट्रिय प्रचलन अनुसार त्यस्ता सामानमा रिफर्बिस जनाउने स्टिकर लगाएर मात्र बिक्री गर्नु पर्छ । तर, नेपालमा त्यस्ता सामानहरु आयात गर्न प्रतिबन्ध भएकोले स्टिकरबिनै ल्याइन्छ । त्यसैले ग्राहकहरुले नयाँ भनेर किन्छन्  र ठगिन्छन् ।

यसरी ल्याइन्छ नेपालमा
रिफर्बिस गरिएका सामान आधिकारिक रुपमा आयात नभई चोरी-निकासी गरिएका हुन्छन् । यसरी आउने सामान दुई थरिका हुन्छन् । पहिलो, पुराना रिफर्बिस वा रिकन्डिसन सामान र दोस्रो, अन्य कुनै देशको लागि बनेको वा बितरण गरिएको समान ।
रिफर्बिस सामानमा नेपालको बिक्रेताले कुनै पनि वारेन्टी पाएको हुँदैन । उसले आफ्नो मुनाफाबाट नै मिलाउने गरि बेचेको हुन्छ । अतः त्यस्ता सामान बिग्रिएर आएमा सकभर उसले कमसेकम खर्चमा कामचलाउ बनाएर पठाइदिन सक्छ । त्यसैले त्यो बारम्बार बिग्रिरहने हुन्छ र यसोउसो गर्दै वारेन्टी समय सकिन्छ ।
अर्कोथरि अनाधिकृत रुपमा वा अन्य देशको लागि बनेका सामानहरुको हकमा उत्पादक कम्पनीको कुनै पनि जवाफदेहिता हुँदैन । त्यस्ता सामानहरुलाई नेपालमा भएका सर्भिस सेन्टरहरुले सर्भिस पनि दिँदैनन् । बिग्रिएको खण्डमा नेपालमा वारेन्टी नहुने भएकाले त्यस्ता सामानहरु बजारमा उपलब्ध अनाधिकृत स्पेयर पार्टस्हरु फेरेर मर्मत गरिन्छ, जुन भरपर्दो हुँदैन ।

ल्यापटपभन्दा त्यहाँ राखिने सामाग्री बहुमूल्य हुन्
ल्यापटपमा राख्ने डाटाहरु अमुल्य हुन्छन् । यसभित्र रहने डाटाको मूल्य मेसिनको मूल्यभन्दा कयौं गुणा बढी हुन्छ । उदाहरणको लागि कुनै व्यक्तिले आफ्नो विवाहका फोटोहरु ल्यापटपमा राख्छ । यदि ल्यापटपमा समस्या आएर हार्ड डिक्स बदल्नु परेमा डाटाहरु सबै गुम्छन् । उसका सबै फोटोहरु स्वाहा हुन्छन् । अब उसले फेरी बिवाह गर्ने कुरा पनि हुँदैन ।
कुनै अनुसन्धानको तथ्यांक, कसैको थेसिस वा कुनै कम्पनीको हरहिसाब, जे पनि हुनसक्छ ल्यापटपमा । यसको तुलनामा मेसिनको मूल्य केहि होइन । यो कुरा ल्यापटपमा मात्र नभइ सामान्य पेन ड्राइभ, पोर्टेवल हार्ड डिक्स, मेमोरी कार्डहरुमा पनि लागू हुन्छ । त्यसैले सस्तो पायो भन्दैमा आफ्नो अमूल्य सम्पत्तिको सुरक्षामै खतरा आइपर्ने गरी रिफर्विस वा वारेन्टी नभएका ल्यापटप खरिद गर्नु हानिकारक हुन्छ ।

कसरी छुट्याउने त ?
सामान्यरुपमा त्यस्ता सामान छुट्याउन निकै गाह्रो हुन्छ । ल्यापटपको हकमा बक्समा हुने सिरियल नम्बर र ल्यापटपमा हुने एउटै नहुन सक्छ वा बिना बक्सको पनि हुन सक्छ । तर, त्यो प्रमुख आधार भने हैन । अरु सामानमा त झनै गाह्रो हुन्छ ।
सामान्यतयाः उस्तै प्रकृतिको सामान एउटा पलसमा भन्दा अर्कोमा अस्वाभाविक सस्तो छ भने झट्ट किनिहाल्नु हुँदैन । अरु पसलमा बुझेर मात्रै किन्नु बेस हुन्छ । किनभने त्यस्तो सामान ओरिजनल नहुन सक्छ । व्यवहारिक रुपमा भन्नुपर्दा भरसक नाम चलेको वा विश्वासिलो पसलबाट मात्रै लिनु बेस हुन्छ ।
सबैभन्दा प्रभावकारी उपाय भनेको भ्याट बिल हो । साधारणतया डुब्लिकेट वा रिफर्बिस सामान वेच्नेहरुले सामानको मूल्य बराबरको भ्याट बिल दिन सक्दैनन् । ल्यापटप लगायत बिद्युतीय उपकरण किन्दा यि सबै कुराहरुमा ध्यान दिएर ठगिनबाट जोगिनु पर्छ ।

(लोहनी लेनोभो ल्यापटपको नेपालका लागि आधिकारीक विक्रेता मेगाटेक ग्रुपका निर्देशक हुन् )

प्रतिलिपि स्रोत:अन्लाईनखबर 


Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना) १८.५*१८.५ (फूट)।  १६ आना =५४७६ (वर्गफूट) १ (रोपनी) ७४*७४ (फूट)। १।४ धुर =४५.५६२५ (वर्गफूट) ६.७५*६.७५ (फूट)।  

How To Manage Blood Pressure Naturally

Reincarnation His Holiness Kyabye Trulshik Rinpoche, welcome And bless us Rinpoche.

Ever since Kyabje Trulsik Rinpoche passed away on September 2nd, 2011, finding his Reincarnation (Yangsi) has been awaited with great hope and deep devotion, especially in the Sherpas & Tibetans Buddhist Nyingma Tradition living in all over the world.  On 29th of May 2018, Saga Dawa day, we are all over joy to hear that His Holiness 4th Dodrupchen Rinpoche, Kyabje Dodrup Thupten Thinley Palbar (one of the most important living masters in the Nyingma and Dzogchen traditions) Chorten Gonpa Monastery, Tadong, Gangtok, Sikkim, India recently made this kind proclamation that a son born to the father, Ngawang Jigdrel Chokyi Wangchuk, the lineage holder of Maratika Lama, and the mother Orgyen Dolma is an Unmistaken Recognition of supreme reincarnation of His Holiness Late Trulshik Rinpoche. The Yangsi arrival at Dzarong Thupten Dongak Choeling Monastery .  June 23rd, 2018, Chewa Chu Ja Pemba The helicopter landed in Monastery helipad around 10:50 AM with Yangsi an