Skip to main content

ट्रेकिङ एजेन्सी दर्ता गर्ने तरिका

परिचय

ट्रेकिङ/ ट्राभल एजेन्सीका लागि लगभग एकै खालका प्रक्रिया र कागजातको आवश्यक पर्दछ | फरक पर्न गएमा दस्तुरमा थप-घट हुन सक्नेछ, भने बाँकि प्रक्रियामा समानता देखिन्छ | अत: ट्रेकिङ/ ट्राभल एजेन्सी संचालनका लागि विभिन्न कागजात तयार गरि, पर्यटन विभागबाट स्वीकृति लिन आवश्यक छ |

सेवा ग्रहिले पेश गर्नु पर्ने कागजातहरु

  • विवरण भरि निवेदकको सहिछाप सहितको रु. दशको टिकट टाँसेको दरखास्त फारम|
  • दरखास्त दस्तुर वापत रु. १००/- तिरेको भौचर|
  • फर्म/कम्पनि दर्ता प्रमाणपत्र, प्रमाण पत्र जारी भएको पत्र,प्रबन्ध पत्र, नियमावलीको प्रतिलिपि|
  • सबै संचालक शेयरधनीहरुको व्यक्तिगत विवरण र २/२ प्रति फोटो| ( नैतिक पतन देखिने, फौजदारी अभियोगमा सजाय पाएको छैन| सरकारी राजश्व र अदालित दण्ड जरीवाना तिर्न बुझाउन बाकि छैन| कुनै पनि सार्वजनिक निकायबाट कालो सुचिमा परेको छैन भनि विभागमा उपस्थित भइ विभागको कर्मचारीको रोहवरमा सनाखत गर्नु पर्ने हुन्छ|
  • सबै संचालकहरुको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि|
  • ट्राभल/ ट्रेकिङ एजेन्सी बाहेक उदेश्य भएको फर्म र कम्पनी भए प्रस्तुत इजाजतपत्र बाट ट्राभल/ट्रेकिङ व्यवसाय मात्र गर्ने कबुलियतनामा|
  • एजेन्सी दर्ता लगायतका कार्य गर्न संचालक समितिबाट दिएको अख्तियारनामा पत्र|
  • स्थायी लेखा नम्बर. (PAN) दर्ता प्रमाणपत्रको प्रतिलिपि|
  • लेखा परिक्षण प्रतिवेदन र कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि|
  • पाँच वर्ष अवधिको घरबहाल सम्झौता, घर धनीको नागरिकता,घर नम्बर र मार्ग खुलेको प्रिन्ट-टेबल लोकेशन म्याप र पानी वा टेलीफोन वा बिजुलीको पैसा तिरेको रसिदको फोटोकपि|
  • नेपाल राष्ट्र बैंक बाट मान्यता प्राप्त कम्तिमा ख श्रेणीको बैंकबाट पर्यटन विभाग को नाममा पाँच वर्षको लागि जारी भएको ट्रेकिङको हकमा रु.२ लाख र ट्राभलको हकमा रु.३ लाख बैंक ग्यारेन्टी|
  • ट्रेकिङको हकमा न्युनतम ६ लाखको र ट्राभलको हकमा रु.१० लाख चुक्ता पुँजी खुलेको शेयर लागत किताबको प्रतिलिपि|

थप जानकारी

  • उधोग दर्ता भएको बोधार्थ पत्र र प्रमाणपत्रको प्रतिलिपि |
  • इजाजत दस्तुर वापत रु. १५,०००/- को बैंक दाखिला भौचर |
सक्कल बाहेकको सम्पूर्ण कागजातमा नोटरी पब्लिकद्वारा प्रमाणित गरेको हुनु पर्नेछ |

राजश्व बुझाउने तरिका

सेतो चार प्रति भौचर भरि दुई प्रति फिर्ता लिई आउने | कार्यालय कोड नम्बर: २७-३२५-०३ खाता नम्बर: ५२०१२६५ राजश्व शिर्षक नम्बर: १-१-६-१-२ बापत: इजाजत/ नविकरण दस्तुर शेयर मार्केट भवनको चौथो तल्लामा रहेको कर-दाता सेवा कार्यालय पुतलीसडक भित्र रहेको एभरेष्ट बैंकमा वा सिंहदरवार भित्र रहेको एभरेष्ट बैंकमा मात्र बुझाउनु पर्नेछ | अन्यत्रको एभरेष्ट बैंकमा बुझाउनु हुँदैन |

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।