Skip to main content

सामाजिक सञ्जालले टुटाउँदै दाम्पत्य सम्बन्ध

काठमाडौं, असार १९ - महानगरको मध्य सहरी इलाकामा घर, श्रीमान सरकारी स्वामित्वको कम्पनीमा जागिरे त, श्रीमती नाम चलेको स्कुलमा शिक्षिका । दसवर्षे छोरा र माया गर्ने सासूससुरा भएको नैना श्रेष्ठ (नाम परिवर्तन) को जीवन हाँसीखुशी थियो । ससाना व्यक्तिगत कुरा पनि सामाजिक सञ्जालमा साथीसँग सेयर गर्ने बानीका कारण सम्बन्ध विच्छेद गर्ने अवस्था बन्यो ।

उनको विवाद थाहा पाएका वकिलका अनुसार नैनाको ससाना  व्यक्तिगत कुरा पनि अमेरिका बस्ने सहपाठी साथीलाई फेसबुकको इन्बक्समा भन्थिन् । फेरी साथीलाई भनें भनेर श्रीमानलाई सुनाउँथिन । यस्तो क्रम चल्दै जाँदा श्रीमानको मनमा श्रीमतीका लागि आफूभन्दा साथी नजिक भएको महसुस हुन थाल्यो । उनको असन्तुष्टी प्रकट हुन थाल्यो । श्रीमान(श्रीमतीबीच विवाद बढ्न थालेपछि नैनाले पासपोर्ट बनाउन खोजिन्, श्रीमान थप संशकित भए । सम्बन्ध विच्छेद भए थोरै सम्पत्ति दिएर काम चलाउने उद्देश्यले श्रीमानले बावुआमासँग अंश लिइसकेको भर्पाईको कागज बनाए । यसपछि नैनाले पनि विश्वास गर्न सक्ने अवस्था नरहेको भन्दै सम्बन्ध विच्छेदको मुद्दा हालिन । पाँच महिनाअघि दुवै अलग भए ।           

‘फेसबुकमा साथीलाई कुरा सेयर गरेको इस्यु नभएको भए जोडी जिन्दगीभर नटुटने पर्याप्त आधार थिए,’ उक्त मुद्दा हेरेकी वकिल  विन्दु खडाले भनिन । खडाका अनुसार काठमाडौं जिल्ला अदालतका न्यायाधीश सीताराम खनालले यस्तो परिवारलाई त छुट्टिन दिनुहुदैन भन्दै आफ्नै पहलमा मिलापत्रमा गराउने प्रयास गरेका थिए । सामान्यतया सम्बन्ध विच्छेद गर्न लागेका दुई पक्षबीच अदालतमै झगडा, बाजाबाज हुन्छ, सहजरुपमा लिएर कुराकानी भएको देख्न पाइन्न । तर यो मुद्दामा नैनाले अदालतमा पनि  सासुससुरालाई ढोग्ने अदब छाडेकी थिइनन । अहिले पनि छोराको खुशीका लागि दुवै एकसाथ सिनेमा हेर्न जान्छन् ।   

मनमैंजुकी रिना (नाम परिवर्तन) लाई आठ र साढे ४ बर्षीया छोरीलाई छाडेर फेसबुकमार्फत प्रेमसम्बन्ध भएको युवकसँग विवाह गरिन् । उनका एक नातेदारका अनुसार निजी संस्थामा श्रीमानको जागिर थियो, फार्मेसी पढेकी श्रीमतीका लागि औषधि पसल खोलिदिएका थिए । फेसबुक अकाउण्ट नखोलुञ्जेल सब ठिकठाक थियो । रिनाले फेसबुकमा सक्रिय भएपछि अफगानिस्तानमा कार्यरत अविवाहित युवकसँग प्रेम भयो । कुरा सेयर गरेकी बहिनीले बुवाआमालाई कुरा लगाइदिएको थाहा पाएपछि ६ महिनाअघि गायब भइन् । ‘दुवैजना काठमाडौंमै बसिरहेको हालै उनले बहिनीलाई खबर गरेपछि थाहा भयो’ ति नातेदारले सुनाए ।             

टवटरमा सक्रिय विनम्रता क्षेत्री (नाम परिवर्तन) लाई टवटरमा एक युवकले वर्ष दिनभन्दा बढी अघिदेखि फलो त गरिरहेकै थिए, उनका सबैजसो पोष्टलाई फेवरेट र रिट्विट गर्थे । श्रीमानको विवाहेत्तर सम्बन्धबारे जानकार विनम्रतालाई अनवरत प्रशंसा गरिरहेका युवकप्रति कौतुहलता जगाउन स्वभाविक थियो । केहीअघि दुवैले भेटघाट गरे । भेटघाटपछि विनम्रता युवकको मायामा परिन । तर आफ्नो पारिवारिक जीवन तोड्न तयार नभएकी उनी अहिले परामर्श केन्द्रमा धाइरहेकी छिन् ।

काठमाडौंमा उच्च वर्गका केहीमा विवाहेत्तर सम्बन्ध स्वीकार्य भएको धेरै भयो । श्रीमान र श्रीमतीको विवाहेत्तर सम्बन्ध हुने, दुवैलाई थाहा हुने तैपनि सम्बन्ध विच्छेद नगरी एउटै छतमा बस्ने पनि नौलो कुरा थिएन, खास वर्गको कतिपय परिवारमा । तर सामाजिक सञ्जालका कारण मध्यमवर्गमा पनि यस्तो प्रवृत्ति स्वीकार्य नहुने देखिदै छ ।    

‘सामाजिक सञ्जालले दाम्पत्य जीवनमा ठूलै भूकम्प ल्याउन थालिसक्यो,’ मनोविद करुणा कुँवर भन्छिन्, ‘यस्ता कुरा सुन्दा सुन्दा कहिलेकाही त यसको फाइदा बढी हो कि बेफाइदा भनेर सोच्छु ।’ सामाजिक सञ्जालमार्फत नजिकिएकासँग प्रेम भएपनि वैवाहिक जीवन तोड्न नचाहने थुप्रैलाई उनले परामर्श दिइरहेकी छन् ।

उनका अनुसार सामाजिक सञ्जालका कारण श्रीमान वा श्रीमतीको  अरुसँग प्रेम भई वैवाहिक सम्बन्ध टुट्ने कुरा त छँदैछ, परिवारलाई समय नदिएका कारण पनि परिवारमा कलह जन्माएको छ । दिनभरि परिवारबाट अलग भई घर फर्किएपछिको समय परिवारका लागि बहुमूल्य हुन्छ । तर घर पुग्नासाथ मोबाइलमा फेसबुक आदि चलाउन थाले स्वत: परिवारसँग दूरी बढ्छ, विपरीत लिङ्गीसँग च्याट नगरे पनि । यस्तै फेसबुकमा अरुका श्रीमानले परिवारसहित बाहिर घुम्न गएको तस्वीर देख्दा पनि त्यसरी घुम्न नपाएकी श्रीमतीको श्रीमानसँग असन्तुष्टी बढेको उनले पाएकी छन् । सामाजिक सञ्जालमा सामान्यत: हाँसेकै फोटो पोष्ट गरिन्छ । तर त्यो हेर्ने कसैलाई अरु सबै खुशी छन मचाहि छैन भन्ने लाग्न सक्छ । ‘त्यो हाँसो एउटा क्लिकका लागि हो भन्ने देख्नेले बुझदैनन,’ उनले भनिन ।

सामाजिक सञ्जालबाट विकसित सम्बन्धका कारण दाम्पत्य जिवन  टुटेका घटना सात समुद्रपारका नेपालीमा पनि छ । बेल्जियममा स्थापित व्यवसायीको तीन दिनअघि मात्र उतै सम्बन्ध विच्छेद भयो । दुई छोराका ४३ बर्षे पिता उनी पोखराकी २३ बर्षे युवतीसँग फेसबुकमार्फत नजिकिएका थिए । महिनैपिच्छे नेपाल आउन थालेपछि श्रीमतीले सोधीखोजी गर्दा उनको गोप्यता खुलेको थियो ।

पढाताका एकअर्काप्रति आकर्षित भएपनि विवाह नभएकाले फेसबुकमार्फत सम्पर्क भई पुरानो सम्बन्धलाई ब्युँताएका पनि छन् । रसियामा बस्दा काठमाडौंमा रहेकी नर्स विवाह गरेका रोशन (नाम परिवर्तन) ले श्रीमतीलाई रसियामा डाक्टर पढाए । फेसबुकमार्फत सम्बन्ध विच्छेद भई एकल रहेका पुराना प्रेमीसग उनको सम्बन्ध भयो । एक छोरा एक छोरीकी आमा विवाह गरेर बेलायत लागे । धेरै पहिला एकअर्काप्रति आकर्षित भएकाहरु सामाजिक सञ्जालमार्फत नजिक हुदा नोष्टाल्जिक भएर नजिक आउने गरेको कुवर बताउँछिन ।     

विवाहलाई एकदम ठोस र अभेद्य मानिने समाजमा सामाजिक  सञ्जालले भेद्य बनाइदिएको विश्लेषक सञ्जिव पोखरेल टिप्पणी गर्छन । कुनै समयमा बुहारी एक्लै बाहिर निस्किन पाउथेनन् । विस्तारै निस्किन पाए, सञ्चार माध्यमको विकासले केही भेद्य बनाइदियो । परिचित युवतीसँग कुरा गर्न परे पनि अरुले फोन रिसिव गरे यत्तिकै राख्नपथ्र्यो । मोबाइल सुलभ भएपछि यस्तो अवस्था सहज भए पनि परिचितमाझ मात्र सम्पर्क भलाकुसारीको सम्भावना हुन्थ्यो । तर सामाजिक सञ्जाल यस्तो माध्यम भयो, जहा संसारको जुनसुकै दुई कुनामा भएका अपरिचितबीच पनि सम्पर्क सहज हुन्छ । च्याटमार्फत कुराकानी हुन्छ । सबै सुविधा मोबाइलमा आएपछि झन सजिलो भएको छ ।  

तर दाम्पत्य जिवन टुटेर अर्को सुरु हुनुमा दोष सामाजिक सञ्जालको नभई वैवाहिक जीवनमा खोज्नुपर्ने उनको धारणा छ । ‘कुनै युवक र युवतीसँग सम्पर्क भएपछि तोडिने दाम्पत्य जीवनमै कमजोरी थियो किन नभन्ने,’ उनी भन्छन् । उनका अनुसार पश्चिमाले वैवाहिक सम्बन्ध जोडिनु र तोडिनुलाई सामान्य रुपमा लिन्छन् । पूर्वीयाले असामान्य  रुपमा लिदा सम्बन्ध कमजोर भएपनि सहन सिकायो । यसका कारण खासगरी महिला बढी उत्पीडित भए । पुरुषसँग आर्थिक निर्भरताका कारण पनि महिलाले साहसी निर्णय लिन नसक्ने भए । ‘ति सबै अवस्था नरहेपछि पहिलाकै जस्तो असामान्य रहिरहन सक्तैन,’ उनी थप्छन् ।                                       

विवाहअघिे प्रेम सम्बन्ध राख्दा सामाजिक सञ्जालको प्रयोगमा होस नपुर्‍याएका कारण पनि कतिपयको पारिवारिक जीवन धरापमा पर्ने गरेको छ । महानगरीय अपराध महाशाखामा साइबर अपराध हेर्ने प्रहरी निरीक्षक पशुपती  रायका अनुसार प्रेम सम्बन्ध भएका बेला निजी खालका तस्वीर पनि आदानप्रदान गर्ने प्रवृत्ति १८(२५ वर्ष उमेरका युवायुवतीमा छ । ‘सम्बन्ध सुमधुर हुन्जेल त कुनै समस्या हुदैन’, उनले थपे, ‘जब बिग्रिन्छ अर्कोले सार्वजनिक गर्ने वा ब्ल्याकमेल गर्न थाल्छन् ।’ यसमा पीडित हुने युवती बढी छन् ।

वैदेशिक रोजगारीमा जानेका परिवारिक समस्या आउने कुरालाई सामाजिक सञ्जालले थप मलजल गरिदिएको छ । केही दिनअघि वैदेशिक रोजगारमा गएका रुपन्देहीका युवकका पत्नी अविवाहित युवकसँग  फेसबुकमार्फत नजिकिइन ।  शारीरिक सम्बन्धसम्म पुग्यो । युवकले विवाह गर्न खोज्दा महिलाले वैवाहिक सम्बन्ध तोड्न अस्वीकार  गरेपछि युवकले श्रीमानलाई उसकी श्रीमतीसग शारीरिक सम्बन्ध भएको कुरा पठाएर यातना दिन थालेपछि प्रहरीमा उजुरी परेको  थियो ।

बक्स

फेसबुकको सम्बन्ध छिपछिपे

चैतण्य  मिश्र, समाजशास्त्री  

हामीले जहिले पनि प्रविधीले समाजमा के परिवर्तन गर्‍यो भनेर खोज्छौं, प्रविधिले समाजमा यस्तो परिवर्तन/प्रभाव पार्‍यो भनेर भन्छौ/लेख्छौं । अब यसलाई उल्टाएर सोचौं । प्रविधि त समाजले  विकास गरेको हो, आवश्यकता  ठानेर गरेको हो । समाजको कारण  प्रविधि आएको हो । फेसबुक पनि समाजले आवश्यक ठानेरै विकास गरेको हो र त लोकप्रिय भयो ।

पूँजीवादी पूर्वको समाज र पूँजीवादी पछिको समाजमा सम्बन्धमा पाइने आधारभूत फरक हुन्छन् । समाज पूँजीवादी चरणमा पुग्नुअघि मानिसबीचका सम्बन्ध प्रगाढ हुन्छन् । जस्तो गाउँघरमा आजपनि सात पुस्ते थाहा हुने सम्बन्ध हुन्छन् । त्यो पूँजीवादी चरणमा पुगिनसकेको उदाहरण हो । तर सहरमा सम्बन्ध छिपछिपे हुन्छ, चिनजान त धेरैसँग हुन्छ तर प्रगाढ सम्बन्ध हुदैन । प्रगाढ सम्बन्धको आवश्यकता पनि देखिदैन । सामाजिक सञ्जालले यस्तै छिपछिपे सम्बन्ध बनाउछ ।  

युवा युवती प्रेम त पहिलेपनि गर्थे । डर थियो, स्कुल/कलेजमा  किताबमा चिठी राख्दिन्थे । अहिले पूँजीवादी चरणमा प्रवेश गरिसकेको समाजमा प्रेम स्वीकार्य भयो । घेरा नाघ्ने क्रम बढैछ । सम्बन्ध विच्छेद गरी अर्को सम्बन्ध जोडिने क्रम पनि बढेको छ । सम्बन्ध विच्छेद हुदा बिग्रियो मात्र किन भन्ने, जबकी एउटा सम्बन्ध  टुटेर अर्को जोडिनेवाला छ । यसैले सामाजिक सञ्जालमा उन्मुक्ती पाइने हुदा कतिपय सम्बन्ध तोडिएलान तर जोडिन्छन् पनि ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना) १८.५*१८.५ (फूट)।  १६ आना =५४७६ (वर्गफूट) १ (रोपनी) ७४*७४ (फूट)। १।४ धुर =४५.५६२५ (वर्गफूट) ६.७५*६.७५ (फूट)।  

How To Manage Blood Pressure Naturally

Reincarnation His Holiness Kyabye Trulshik Rinpoche, welcome And bless us Rinpoche.

Ever since Kyabje Trulsik Rinpoche passed away on September 2nd, 2011, finding his Reincarnation (Yangsi) has been awaited with great hope and deep devotion, especially in the Sherpas & Tibetans Buddhist Nyingma Tradition living in all over the world.  On 29th of May 2018, Saga Dawa day, we are all over joy to hear that His Holiness 4th Dodrupchen Rinpoche, Kyabje Dodrup Thupten Thinley Palbar (one of the most important living masters in the Nyingma and Dzogchen traditions) Chorten Gonpa Monastery, Tadong, Gangtok, Sikkim, India recently made this kind proclamation that a son born to the father, Ngawang Jigdrel Chokyi Wangchuk, the lineage holder of Maratika Lama, and the mother Orgyen Dolma is an Unmistaken Recognition of supreme reincarnation of His Holiness Late Trulshik Rinpoche. The Yangsi arrival at Dzarong Thupten Dongak Choeling Monastery .  June 23rd, 2018, Chewa Chu Ja Pemba The helicopter landed in Monastery helipad around 10:50 AM with Yangsi an