Skip to main content

सुनको भाउ घटेको घट्यै, तोलाको २३ हजार !


काठमाडौं, १० साउन । सुनमा घटिरहेको भाउ देखेर यदि सुन किन्ने योजनामा हुनुहुन्छ भने केही समय अझै धर्य गर्नुहोस् । विशेषज्ञहरु भन्छन्- सुनको भाउ एक महिनाभित्र तोलको २३ हजारमा झर्न सक्छ । विश्लेषकहरुले यो धारणा सार्वजनिक गरेका हुन् । जसमा व्यापारीहरु पनि भन्छन् कि सुनको भाउ अझै घट्छ । उनीहरु भन्छन्-फेडरल रिजर्व ब्याजको दर बढ्ने सम्भावना बोलियो भएकाले भएकाले अमेरिकी डलरका कारण सुनको भाउ अझै घट्छ ।
सुनचाँदीका गहनाबारे चाँसो राख्ने कमट्रेंड्ज रिसर्चका डायरेक्टर ज्ञानशेखर त्यागराजनले भने-‘सुनको भाउ सुस्त छ । यो दर एक हप्तादेखि एक महिनाभित्र घटेर तोलाको २३ हजार देखि २३ हजार ५०० रुपैयाँ सम्म पुग्छ । उनको भनाई अनुसार भदौ महिना सुनको २३ देखि २५ हजारसम्म पुग्ने छ । तर, त्यसका लागि फेडरल रिजर्व बैंकले ब्याजको दर बढाउनुपर्छ । जुन एकदमै सम्भावनायुक्त छ । व्याजदर जति बढाएपनि सुनलाई केही असर गर्नेछैन् ।’
फेडरल रिजर्व बैंकको निर्णयसँगै नेपालमा पनि सुनको भाउ २५ देखि ३० हजारसम्म पुग्ने उनले बताए । अमेरिकी फेडरल रिजर्वद्वारा ब्याजको दरमा बढ़ोत्तरी गर्ने तयारी भइरहेको छ । यसमा अन्तिम निर्णय आउनेवित्तिकै बाजारमा भारती गिरावट आउने छ । त्यागराजन भन्छन्-‘यो एक हप्तादेखि आउँदो महिनासम्म अन्तर्राट्रिय बजारमा सुनको भाउ तोलाको १ हजार २० डलर हुनेछ । यो एक हजार डलर भन्दा तल पनि झर्न सक्छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव दियेशरन्त शाक्यले पनि अन्तर्राष्ट्रिय बजारको भाउ घटेमा नेपालमा भदौं महिनासम्म सुनको भाउ ३० हजारमा झर्न सक्ने सम्भावना रहेको बताउँछन् ।
उनका अनुसार शनिवार नेपालमा सुन ४७ हजार २ सय रुपैयाँमा कारोवार भएको छ । यो पाँच वर्ष यताकै सस्तो हो ।
उनका अनुसार चीनमा आर्थिक संकटबाट माथि उठ्न आफ्नो भण्डारबाट सुन बेचिरहेको छ । जसले पनि सुनको भाउ अझै घटेर तोलाको ३० हजारमा झर्न सक्छ ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।