Skip to main content

कसरी चलेको होला गगन थापाको गुजारा ?

गगन थापा, सभासद
मेरो पुख्र्यौली थलो सोलुखुम्बु हो । मेरो बुवा सरकारी इन्जिनियर हुनुहुन्थ्यो । सिन्धुपाल्चोकको सुनकोसी पावरहाउसबाट बुवाले जागिर सुरु गर्नुभएको हो । म त्यहीबेला नै काठमाडौंमा जन्मेको हुँ । तर, मेरो प्रारम्भिक बाल्यकाल सिन्धुपाल्चोकमा बित्यो ।
हाम्रो काठमाडौं रातोपुलमा घर छ । मैले दुई कक्षादेखि काठमाडौंमा पढेको हुँ । त्यसपछि काठमाडौंमै बसेँ, हुर्कें । म एक प्रकारले काठमाडौंकै बासिन्दा हुँ । मैले ०४८ सालमा एसएलसी पास गरेको हुँ । बुवा सरकारी सेवामै हुनुहुन्थ्यो । योसँगै हाम्रो व्यवसाय पनि थियो– पुस्तक पसल, पब्लिकेसन । मैले सानैदेखि हाम्रो व्यवसायलाई नियाल्ने मौका पाएँ । त्यतिबेला एसएलसी पास भएपछि ६ महिनाजति खालि बस्नुपथ्र्यो । बुवाले पनि ‘पकेट खर्च चाहिने भए काम गर’ भन्नुहुन्थ्यो । त्यतिबेला मैले पसल, पब्लिकेसनमा काम गरें । काम गर्ने बानी पर्यो । भनौं, पैसा कमाउने लत लाग्यो ।
पछि हाम्रो परिवारले पसल र पब्लिकेसनको व्यवसाय छाड्यो । म त्रिचन्द्र कलेज भर्ना भएँ । यसबीचमा मैले ट्युसन पढाएँ । मैले घर–घर गएर र आफ्नै घरमा विद्यार्थी बोलाएर पनि पढाएँ । यहीबीचमा मैले एफएम रेडियोमा काम गरें । त्यसपछि मैले मिडिया एजेन्सी खोलें । ट्युसन सेन्टर पनि खोलें ।
जनआन्दोलन ०६२÷६३ पछि भने बुम इन्टरनेसनल भन्ने कम्पनी खोलें । यसले खासगरी डिजे अर्थात् विभिन्न फेस्टिबलमा म्युजिक बजाउने सम्बन्धमा प्राविधिक तालिम दिन्थ्यो । केहीपछि मैले बुम इन्टरनेसनल पनि छाडें ।
अनि, कृषिमा काम गर्न मन लाग्यो । केही साथीहरुसँग मिलेर सुनखानी एग्रिकल्चर प्राइभेट लिमिटेड खोलें । यसबाट पहिले नुवाकोटमा बाख्रापालन सुरु गरेका थियौँ । पछि बन्द गर्यौं । अहिले काठमाडौंमा दुईवटा मासु पसल छन् ।
अहिले यसमै लागिरहेको छु । यसलाई भर्खरै मात्रै चितवनसम्म विस्तार गरेका छौं । चितवनको कुमरुज भन्ने ठाउँमा पौरखी एग्रिकल्चर प्राइभेट लिमिटेड खोलेका छौं । यो एउटा सोसियल मुभमेन्ट जस्तो पनि हो । अहिले आम्दानी गर्नेभन्दा पनि यसलाई विस्तार गर्न हामी केन्द्रित छौं । चितवनमा जमिन किनेर माछापालन व्यवसाय सुरु गरेका छौं ।
राजनीतिसँगै कुनै पेसा–व्यवसाय पनि गर्नुपर्छ भन्ने मेरो मान्यता हो । मैले यसैबाट अहिले नै नाफा खोजेको त छैन । अहिले त यसलाई विस्तार गर्दै छौं । तर, यसलाई मेरो भविष्यको आम्दानी अझभनौं जीविकोपार्जनको माध्यम बनाउन लागिपरेको छु ।
काठमाडौंमा हाम्रो परिवार नै बस्छ । म, श्रीमती, छोराछोरी, बाआमा सँगै बस्छौं । अहिले घरमा म र साना छोराछोरीबाहेक सबै कमाउने हुनुहुन्छ । मेरो बुवा अहिले पनि काम गर्नुहुन्छ । मेरी श्रीमती डक्टर हुन् । हामी चार भाइ हौं । मभन्दा माथि एकजना दाइ हुनुहुन्छ । मभन्दा मुनि दुई भाइ छन् । दाइ इन्जिनियर हुनुहुन्छ । सानो भाइ डक्टर अर्को भाइ इन्जिनियर छ । तीनैजना विदेशमा काम गर्छन् । एउटा जर्मनी र दुईभाइ अमेरिका छन् । परिवारका सबै कमाउने भएकाले पनि अहिले मलाई थोरै सुविधा छ भनौं । एक किसिमले मैले परिवार चलाउन पैसा कमाउनैपर्ने छैन । सबैले मलाई सपोर्ट गर्नुहुन्छ । तँ आफ्नो बाटोमा अघि बढ् भन्नुहुन्छ । सबैको सहयोगमै भनौँ मेरो गुजारा सहज नै छ ।
अहिलेको मेरो कमाइ भनेको सभासद्को तलब–भत्ता नै हो । चावहिलमा मेरो सांसदको कार्यालय भन्ने छ । यो मेरो सचिवालयजस्तो हो । मेरो निर्वाचन क्षेत्रलगायत अन्य क्षेत्रमा मैले गर्नुपर्ने काम–कार्यक्रमको तय यहीँबाट हुन्छ । यसमा एकजना इन्जिनियर कार्यालय प्रमुख छन्, एमबीए इन्जिनियर । अरु तीनजना कर्मचारी छन् । एउटा फ्ल्याटमा कार्यालय छ । भाडा, कर्मचारीलाई तलब खुवाउनुपर्छ । यसमा मेरो व्यक्तिगत खर्च हुन्छ । तर, मेरो तलब–भत्ताले कार्यालय सञ्चालन गर्न लगभग पुगेको छ । सभासद्को तलब–भत्ता मैले व्यक्तिगत रुपमा प्रयोग गर्न पाउँदिनँ । निर्वाचनकै बेला मैले यो कार्यालय खोल्ने प्रतिबद्धता गरेको थिएँ ।
मलाई संसद्ले बैंक खाता खोलिदिएको छ । मेरो व्यक्तिगत बैंक ब्यालेन्स छैन । सामान्यतः मैले पैसा बोकेर हिँड्दिनँ । घरखर्च चलाउनुपर्दैन । श्रीमतीले नै घर चलाउँछिन् । बुवाको घरमा बस्छु । मेरो नाममा जग्गा छैन ।
म जनताको गुजाराबारे पनि जानकार नै छु । सुरुमा मैले पब्लिकेसनमा काम गरें । ट्रेनिङ सेन्टर चलाएँ । मैले चलाएको ट्रेनिङ सेन्टरबाट कति कामदार उत्पादन भएका छन् । विभिन्न रेडियोमा काम गर्छन् । त्यसैले म काम र गुजारासँग जानकार नै छु ।
अन्य राजनीतिककर्मीभन्दा गुजारामा मलाई सजिलो होला । म काठमाडौंको भएँ । बुवा जागिरे । मेरा दाजुभाइको उच्च आर्थिक हैसियत छ । परिवारको सुविधाको घेरामा परेकाले मलाई अरुको तुलनामा सजिलो होला । मेरो जस्तै सबै राजनीतिककर्मीको अवस्था छ भनेर हेरिनुहुन्न । बाहिरी जिल्लाका अझ भनौं दुर्गम भेगका सभासद् जो काठमाडौंमा बस्नुहुन्छ, जिल्ला आतेजाते गर्नुहुन्छ, उहाँहरुलाई तलब–भत्ताले एकछेउ पनि पुग्दैन जस्तो लाग्छ ।
(यसो गर उसो गर, अन्ततः हातमुख जोड्नैपर्छ । गुजाराको कुरा केहीका लागि हातको चुट्की होला, तर कैयौंलाई रातदिनको परिश्रम हुन्छ । कतिलाई गुजारा चलाउनै मुस्किल पर्छ । हामी अझै पनि निर्वाहमुखी कृषिमै छौं । आधुनिक प्रणालीमा अघि बढ्ने कुरा आइरहेका छन्, फाट्टफुट्ट प्रयत्न पनि भइरहेका छन् । समान न्याय स्थापित गर्न, देशको विकास गर्न, सबैको गुजारा सहज बनाउन नै राजनीति, नेता र नेतृत्व आवश्यक पर्छ । तिनै राजनीतिमा लागेका नेताको गुजारा कसरी चलेको होला ? शासक, प्रशासकदेखि व्यवसायी, लेखक, कलाकार, सर्वसाधारणसम्मको गुजारा कसरी चलेको होला ? गुजारा आमनागरिकको चिन्ता र चासोको विषय पनि हो । त्यसैले रातोपाटीले ‘गुजारा’ स्तम्भ सुरु गरेको छ ।) 

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।