Skip to main content

ल्यापटप खरिद गर्दै हुनुहुन्छ? यी गल्ती कहिल्यै नगर्नुहोस्



अहिले ल्यापटपको प्रचलन बढ्दै गएको छ। जसका कारण विभिन्न कम्पनीले विभिन्न किसिमका ल्यापटपहरु बजारमा ल्याएका छन्। आफ्नो आवश्यकताअनुसारको ल्यापटप बजारमा छनौट गर्न सकिन्छ। जसको लागि यी गल्ती कहिल्यै गर्नुहुँदैन।

१ ज्यादै ठूलो र ज्यादै सानो ल्यापटप लिनु हुँदैन
 ज्यादै सानो ल्यापटमा काम गर्न धेरै नै असहज हुने गर्दछ । त्यस्तै ज्यादै ठूलो ल्यापटप खरिद गर्दा पनि यसलाई झोलामा राखेर कहि लैजान र ल्याउन समेत अहसज हुन्छ। त्यसैले सही आकारको ल्यापटप लिनु जरुरी हुन्छ।

२ पोर्टमा विशेष ध्यान दिनुपर्छ
नयाँ ल्यापटप खरिद गर्दा विभिन्न पोर्टमा ध्यान पुर्याउन जरुरी छ। युएसबी पोर्ट, कार्ड रिडर, हेडफोन र माइक्रोफोन पोर्ट ल्यापटपमा रहेका हुन्छन्। तर अव भने मल्टीपल पोर्टको जमाना आएको छ।

३ नयाँ ‘अपरेटिङ सिस्टम’ मात्रै नखोजौँ
ग्राहकले अहिले नयाँ नयाँ ‘अपरेटिङ सिस्टम’को खोजी गर्ने गरेको पाइन्छ। विन्डोज आठको तुलनामा विन्डोज सात केहि सहज छ। अपरेटिङ सिस्टममा मात्रैै नभई यसको फिचर्समा पनि ध्यान पुर्याउन जरुरी छ।  केहि मानिसहरुले विन्डोज आठ वा म्याक खरिद गर्न चाहन्छन्। किनकी उनीहरुले यसलाई लेटेस्ट भर्सन भन्ने ठान्छन्। तर कैयन ल्यापटप विन्डोज सातमा मात्रै आएका छन्।

४ सस्तो ल्यापटप नछान्नुहोस्
ल्यापटप खरिद गर्दा मात्रै होइन विभिन्न इलेक्ट्रोनिक सामान खरिद गर्दा मूल्यमा विशेष ध्यान पुर्याउनु पर्दछ। सस्तो ल्यापटप खरिद गर्ने सोच बनाउनु भएको छ भने त्यो सोच अहिले नै हटाउनुहोस्।  सस्तो ल्यापटपमा तपाईले खोजेको फिचर्स उपलब्ध नहुन पनि सक्दछ।

५ वारेन्टी धेरै भएको ल्यापटप खरिद गर्नुहोस्
ल्यापटप खरिद गर्दा ल्यापटपको वारेन्टीको समयावधिलाई ख्याल गर्न जरुरी छ। त्यसैले वारेन्टी कम समयावधि भएका ल्यापटप खरिद गर्नुभन्दा धेरै समयवाधि भएका ल्यापटप खरिद गर्नु राम्रो हुन्छ।

६ रिज्योलुसन धेरै नचाहिन सक्छ
मोबाइल फोनमा धेरै रिज्योलुसन भएको स्क्रिन  राम्रो मानिन्छ तर ल्यापटपमा भने यसको ठ्याक्कै उल्टो हुन्छ। १ हजार ८० पिक्सल भन्दा बढि रिज्योलुसन भएको ल्यापटप खरिद गर्न त्यति उचित मानिँदैन।

७  बिना सोचविचार ठूलो र्‍याम भएको ल्यापटप खरिद नगर्नु 
बिनासोचबिचार धेरै ठूलो क्षमता भएको र्‍याम  खरिद गर्नु त्यति राम्रो मानिदैन। र्‍याम  धेरै भएको ल्यापटप धेरै महंगो हुन्छ। आफूलाई धेरै क्षमता नचाहिने भएमा र्‍याममा पैसा वचत गर्न सकिन्छ।

८ कन्भर्टिबल ल्यापटप खरिद गर्नबाट बच्नुहोस्
अहिले विभिन्न कम्पनीको टच स्क्रिन ल्यापटपलाई डिस्प्ले अलग गरिदिएपछि ट्याबलेटको रुपमा प्रयोग गर्न सकिन्छ। दुवै रुपमा प्रयोग गर्न सकिन्छ भनेर यस्ता ल्यापटप बजारमा आउने गरेका छन्। यस्ता ल्यापटप खरिद गर्नबाट बच्नुहोस् किनकी यसले दुवैमा राम्रो काम नगर्न सक्दछ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना) १८.५*१८.५ (फूट)।  १६ आना =५४७६ (वर्गफूट) १ (रोपनी) ७४*७४ (फूट)। १।४ धुर =४५.५६२५ (वर्गफूट) ६.७५*६.७५ (फूट)।  

How To Manage Blood Pressure Naturally

Reincarnation His Holiness Kyabye Trulshik Rinpoche, welcome And bless us Rinpoche.

Ever since Kyabje Trulsik Rinpoche passed away on September 2nd, 2011, finding his Reincarnation (Yangsi) has been awaited with great hope and deep devotion, especially in the Sherpas & Tibetans Buddhist Nyingma Tradition living in all over the world.  On 29th of May 2018, Saga Dawa day, we are all over joy to hear that His Holiness 4th Dodrupchen Rinpoche, Kyabje Dodrup Thupten Thinley Palbar (one of the most important living masters in the Nyingma and Dzogchen traditions) Chorten Gonpa Monastery, Tadong, Gangtok, Sikkim, India recently made this kind proclamation that a son born to the father, Ngawang Jigdrel Chokyi Wangchuk, the lineage holder of Maratika Lama, and the mother Orgyen Dolma is an Unmistaken Recognition of supreme reincarnation of His Holiness Late Trulshik Rinpoche. The Yangsi arrival at Dzarong Thupten Dongak Choeling Monastery .  June 23rd, 2018, Chewa Chu Ja Pemba The helicopter landed in Monastery helipad around 10:50 AM with Yangsi an