Skip to main content

ल्यापटप खरिद गर्दै हुनुहुन्छ? यी गल्ती कहिल्यै नगर्नुहोस्



अहिले ल्यापटपको प्रचलन बढ्दै गएको छ। जसका कारण विभिन्न कम्पनीले विभिन्न किसिमका ल्यापटपहरु बजारमा ल्याएका छन्। आफ्नो आवश्यकताअनुसारको ल्यापटप बजारमा छनौट गर्न सकिन्छ। जसको लागि यी गल्ती कहिल्यै गर्नुहुँदैन।

१ ज्यादै ठूलो र ज्यादै सानो ल्यापटप लिनु हुँदैन
 ज्यादै सानो ल्यापटमा काम गर्न धेरै नै असहज हुने गर्दछ । त्यस्तै ज्यादै ठूलो ल्यापटप खरिद गर्दा पनि यसलाई झोलामा राखेर कहि लैजान र ल्याउन समेत अहसज हुन्छ। त्यसैले सही आकारको ल्यापटप लिनु जरुरी हुन्छ।

२ पोर्टमा विशेष ध्यान दिनुपर्छ
नयाँ ल्यापटप खरिद गर्दा विभिन्न पोर्टमा ध्यान पुर्याउन जरुरी छ। युएसबी पोर्ट, कार्ड रिडर, हेडफोन र माइक्रोफोन पोर्ट ल्यापटपमा रहेका हुन्छन्। तर अव भने मल्टीपल पोर्टको जमाना आएको छ।

३ नयाँ ‘अपरेटिङ सिस्टम’ मात्रै नखोजौँ
ग्राहकले अहिले नयाँ नयाँ ‘अपरेटिङ सिस्टम’को खोजी गर्ने गरेको पाइन्छ। विन्डोज आठको तुलनामा विन्डोज सात केहि सहज छ। अपरेटिङ सिस्टममा मात्रैै नभई यसको फिचर्समा पनि ध्यान पुर्याउन जरुरी छ।  केहि मानिसहरुले विन्डोज आठ वा म्याक खरिद गर्न चाहन्छन्। किनकी उनीहरुले यसलाई लेटेस्ट भर्सन भन्ने ठान्छन्। तर कैयन ल्यापटप विन्डोज सातमा मात्रै आएका छन्।

४ सस्तो ल्यापटप नछान्नुहोस्
ल्यापटप खरिद गर्दा मात्रै होइन विभिन्न इलेक्ट्रोनिक सामान खरिद गर्दा मूल्यमा विशेष ध्यान पुर्याउनु पर्दछ। सस्तो ल्यापटप खरिद गर्ने सोच बनाउनु भएको छ भने त्यो सोच अहिले नै हटाउनुहोस्।  सस्तो ल्यापटपमा तपाईले खोजेको फिचर्स उपलब्ध नहुन पनि सक्दछ।

५ वारेन्टी धेरै भएको ल्यापटप खरिद गर्नुहोस्
ल्यापटप खरिद गर्दा ल्यापटपको वारेन्टीको समयावधिलाई ख्याल गर्न जरुरी छ। त्यसैले वारेन्टी कम समयावधि भएका ल्यापटप खरिद गर्नुभन्दा धेरै समयवाधि भएका ल्यापटप खरिद गर्नु राम्रो हुन्छ।

६ रिज्योलुसन धेरै नचाहिन सक्छ
मोबाइल फोनमा धेरै रिज्योलुसन भएको स्क्रिन  राम्रो मानिन्छ तर ल्यापटपमा भने यसको ठ्याक्कै उल्टो हुन्छ। १ हजार ८० पिक्सल भन्दा बढि रिज्योलुसन भएको ल्यापटप खरिद गर्न त्यति उचित मानिँदैन।

७  बिना सोचविचार ठूलो र्‍याम भएको ल्यापटप खरिद नगर्नु 
बिनासोचबिचार धेरै ठूलो क्षमता भएको र्‍याम  खरिद गर्नु त्यति राम्रो मानिदैन। र्‍याम  धेरै भएको ल्यापटप धेरै महंगो हुन्छ। आफूलाई धेरै क्षमता नचाहिने भएमा र्‍याममा पैसा वचत गर्न सकिन्छ।

८ कन्भर्टिबल ल्यापटप खरिद गर्नबाट बच्नुहोस्
अहिले विभिन्न कम्पनीको टच स्क्रिन ल्यापटपलाई डिस्प्ले अलग गरिदिएपछि ट्याबलेटको रुपमा प्रयोग गर्न सकिन्छ। दुवै रुपमा प्रयोग गर्न सकिन्छ भनेर यस्ता ल्यापटप बजारमा आउने गरेका छन्। यस्ता ल्यापटप खरिद गर्नबाट बच्नुहोस् किनकी यसले दुवैमा राम्रो काम नगर्न सक्दछ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।