Skip to main content

कस्तो छ तपाईको खुट्टाको औलाको बनावट ? यसरी थाहा हुन्छ आफ्नो भबिस्य जानी राखौ

ज्योतिष विज्ञान भन्छ, खुट्टाका आकार र बनोटका आधारमा मानिसहरुका स्वभाव र आचरण र भविष्य बताउन सकिन्छ। शरिरका अंग लक्षण हेरेर मानिसको भविष्य बताउने विधीको वर्णन ज्योतिष विज्ञानमा गरिएको छ।ज्योतिषको एक महत्वपुर्ण आधार सामुद्रिक शास्त्रमा मानिसको टाउको देखि खुट्टा सम्मका अंगका विशेष लक्षणहरु उल्लेख छ।



अंगहरुको बनावट, आकार, रंगबाट मानिसको रहस्य पत्ता लाग्ने र भविष्यको बारेमा जानकारी हासिल गर्न सकिने तरिका सामुद्रिक शास्त्रमा उल्लेख छ।जोसुकै मानिसहरुको खुट्टाको औलाहरुको बनोट हेरेर सहजै व्यवहार, विचार र कार्यक्षेत्रका बारेमा बताउने सकिन्छ।


हावी हुने मानिस: जो मानिसको खुट्टाका औंलाहरु घट्दो क्रममा हुन्छन् यी मानिसहरु अन्य माथि हावी हुन चाहन्छन् । यस्ता मानिसहरु आफ्ना अधिकारका बारेमा सजक हुन्छन्। यी मानिसहरु चाहन्छन कि उनीहरुलाइ मान सम्मान प्राप्त होस र सवैले उनीहरुको कुरा अक्षरस पालन गरुन । यदी घर परिवारमा वा समाजका कोही मानिसहरु उनीहरुको इच्छा अनुसार नचले रिसाउने गर्दछन्। यस्ता किसिमका खुट्टाका औला भएका मानिसहरु आफ्ना जीवनसाथीमाथि आवश्यक्ता भन्दा बढि हावी रहन्छन्।

कडा परिश्रम गर्छन: जो मानिसको खुट्टका औलामा बुढी औला सहित अन्य दुइ औला बराबार र बाँकी औला साना हुन्छन, ती मानिसहरु कठिन परिश्रम गर्ने खालका हुन्छन्। यस्ता मानिसहरु आफ्नो श्रमको बलमा सफलता हासिल गर्दछन्। श्रमकै बलमा उनीहरुलाई मान सम्मान प्राप्त हुन्छ यस्ता खुट्टाका औला भएकाहरु अरु मानिसले गरेका कामको समेत प्रशंसा गर्ने गर्दछन। उनीहरुलाई कर्मशील मानिस विशेष मन पर्दछ यस्ता औला भएकाहरु घरपरिवारमा पनि आफ्नो जिम्मेवारी राम्रो तरिकाले निर्वाह गर्दछन।

अदभुत ढंगबाट गर्छन काम: जो मानिसको खुट्टाको औलामा दोस्रो औला लामो र अन्य छोटा हुन्छन्, ती मानिसहरु फरक र अदभुत तरिकाबाट काम गर्दछ । यी मानिसका योजनाहरु र कार्यशैली अलग र श्रेष्ठ हुन्छन्। योजानाकै बलमा उनीहरुलाई विशे्ष स्थान प्राप्त हुन्छ। घरपरिवारमा यस्ता मानिसलाई विशेष सुख सुविधा प्राप्त हुन्छ।

शान्तिप्रिय हुन्छन यस्ता मानिस: जो मानिसहरुको बुढि औला लामो र अन्य औला समान लम्बाईका हुन्छन, त्यस्ता मानिस शान्तिप्रिय हुन्छन। यस्तो प्रकृतीको खुट्टा भएका मानिसहरु तनावमा नआईकन काम गर्न रुचाउँछन्। यी मानिसहर कहिल्यै पनि आवेशमा आउँदैनन् । विरोधीहरुसंग पनि उनीहरु शान्तिबाटे बिजय प्राप्त गर्दछन्। शान्तिप्रियसगै केही मानिसहरु अल्छी पनि हुन्छन र ढिलासुस्ती गर्ने किसिमका हुन्छन्।

उर्जावान हुन्छन यस्ता मानिस: जो मानिसको खुट्टाको औला मध्य दोस्रो औला ठुलो र अरु सानो हुँदै जान्छन् र अन्त्यका दुइ औला करिब बराबार हुन्छन, ती मानिस उर्जावान हुन्छन्। सामान्यतया यस्ता मानिसहरु जोशिला हुन्छन , जुनसुकै पनि जोश र उर्जाका साथ गर्दछन् । यिनीहरु खुलेर रमाइलो गर्न चाहन्छन्। यी मानिसहरु पुर्णरुपमा जीवनको आनन्द लिन्छन् सधै खुसी रहन्छन् र अरुलाई खुसी राख्न प्रयत्न गर्दछन्।  

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।