काठमाडौं, श्रावण १५ - रानीवनस्थित स्यारभन गुम्बामा बिहीबार विशेष पूजा गरी दिवङगत बौद्ध गुरु १४औँ श्यामार कुनसिंग रिम्पोछेको अन्त्येष्टि गरिएको छ । तिब्बती बौद्ध परम्पराअनुसार मृत्यु संस्कारका सम्पूर्ण पूजा विधि तथा पवित्र ग्रन्थको पाठ सम्पन्न गरेर उनको अन्त्येष्टि गरिएको हो । अन्त्येष्टिका लागि भारतबाट आएका १७ औँ कर्मापासहितका उच्च धर्मगुरुको सहभागितामा मृतात्माको शान्तिका लागि पूजा गरिएको हो । अहिलेको समय मृतात्मा अन्तर्भवमा अल्मलिरहने उनीहरुको विश्वासअनुसार यस्तो पूजा गरिन्छ । मृतात्मा देवलोकमा नपुगेको र मनुष्यलोकमा पनि नरहेको अवस्थालाई अन्तर्भव भनिन्छ । महायानी परम्पराअन्तर्गत काग्युपा सम्प्रदायका विभिन्न धर्मगुरुको पदवीलाई सर्मपा तथा कर्मपा भनिन्छ । यी दुवै पदीय जिम्मेवारी बोकेका धर्मगुरुले एक अर्काको गद्दी आरोहण तथा अन्त्येष्टिमा अनिवार्य सहभागी भई विधि विधानका संस्कार गर्नुपर्ने हुन्छ । धर्मावलम्बीले दिवङ्गत गुरु १४औँ सर्मपा भएको विश्वास गर्दै उहाँलाई अमिताभ बुद्धको रुपमा सम्मान प्रकट गर्ने गर्दछन् । तिब्बती बौद्ध धर्मका गुरु रिम्पोछेको पार्थिव शरीरको स्वदेशी तथा विभि...