Skip to main content

स्यामरपा रिन्पोच्छे

बुद्ध जन्मेको देशमा बुद्धिष्टको अन्त्युष्टि हुनु पाउनुपर्छ 

प्रा.डा. रमेश ढुंगेल, लुम्बिनी बौद्ध विश्वविद्यालय

स्यामरपा रिन्पोच्छेको बारेमा बताइदिनुहोस् न ?
स्यामरपा रिन्पोच्छेसँग मैले लगभग ३० बर्ष संगत गरेको छु । उहाँको बारेमा मैले लेखेको पुस्तक पनि उहाँले नै विमोचन गर्नु भएको हो । रिन्पोच्छेको बारेमा भन्नु पर्दा चौथौ स्यामरपा रिन्पोच्छे देखिको अध्ययन गरेको छु मैले । नेपाल र तिब्बत बीच युद्ध हुँदा उहाँले राम्रो भूमिका निर्वाह गर्नु भएको थियो । उहाँ तिब्बतीयन धर्म गुरु दलाई लामा भन्दा पनि माथिल्लो स्तरको हुुनुहुन्छ । उहाँले नेपालको विभिन्न ठाउँमा बौद्ध धर्म प्रबद्र्धनका लागि काम गरिसक्नु भएको छ । नेपाली कला कौशलमा ध्यान राख्ने, जनता प्रति समर्पीत व्यक्तित्वको रुपमा रिन्पोच्छेलाई चिनिन्छ । उहाँको  इतिहास धेरै लामो छ ।

स्यामरपा रिन्पोच्छेको शव(कुदुङ्ग)लाई नेपाल ल्याउन दिइरखेको छैन के कारण हो ?
थाहा भएन । सरकारले के कारणले रोक्यो तर रोक्नु पर्ने कुनै कारण चाँही म देख्दिन । नेपालमा उहाँको योगदानलाई कदर गर्दैै उहाँको पार्थिक शरीरलाई यहाँ ल्याउन दिनु  पर्छ भनेर जोडदार आवाज उठाउने मध्येको म पनि एक जना हुँ । विभिन्न मिडिया मार्फत पनि हामीले उहाँको शव(कुदुङ्ग)लाई ल्याउनु पाउनु पर्ने माग गरिरहेका छौं । 
दशौं स्यामार रिन्पोच्छेको पनि अन्तिम संस्कार नेपाल मै भएको हो । १४ औं रिन्पोच्छेको पनि यही हुनुपर्छ भन्ने हो । बुद्ध कला कौशल, विहार, स्तुपा, गुम्बा आदि निर्माण गर्नु भएको छ । सयौंलाई शिक्षा दिएका छन् । राहादानी नेपालले उपलब्ध गराएको छ, यी सबै हुँदा हुँदै पनि किन ल्याउन दिइएन यो अचम्मको कुरा छ । निरही सरकार जे मन लाग्यो त्यही गरिरहेको छ । हामीलाई थाहा भएअनुसार चौथो स्यामर रिन्पोच्छेको अस्तुलाई तक्ष बहालमा राखिएको पाइयो । आठौं स्यामारपाको जन्म यहीँ नेपालमा भएको हो । स्यामरपाको यहीँ जन्म भएपछि राजा, प्रजा सबै खुसि भएर उहाँलाई राजकीय सम्मान दिइएको इतिहास छ । राजाले उहाँको दर्शनका लागि हानुमान ढोकासम्म ल्याई दिनु पर्यो भनेर घोडागाडाको व्यवस्था गर्नु भएको थियो । यी सबै कारणले रिन्पोच्छेको नेपाल देशसँग लामो सम्बन्ध छ । ल्याउन दिनु नहुने कुनै कारण नै छैन । 
यहाँ उहाँका अनुयायीहरु असंख्या छन्, कुन जात सम्प्रादय नछुटयाइ उहाँलाई श्रद्धा गर्नेहरु छन् । सबैको इच्छा र उहाँको अन्तिम इच्छा पनि नेपालमा नै समाधी हुने भएकाले उहाँको पार्थिक शरीरलाई नेपाल ल्याउन दिनु पर्छ । 

कुनै पनि विदेशी नागरिक वा धार्मिक नेतालाई नेपाल ल्याई अन्तुष्टि गरेको नजिर छ ?
छ । दिल्गु खेन्जे रिन्पोच्छे, फ्रान्समा वित्नु भएको अर्को एक जना सहित तीन जनालाई यहाँ ल्याएर अन्त्येष्टि गरेको इतिहास छ । त्यही पनि स्यामरपा रिन्पोच्छेलाई राहादानी कै आधारमा विदेशी नागरिक भन्न मिल्दैन किन भने शन्त, महाराज, धार्मिक गूरुहरु आज यहाँ हुन्छ, धर्म प्रचार र विभिन्न कार्यक्रममा धेरै मुलुकहरुमा पुग्नु पर्ने वस्नु पर्ने हुन्छ । स्थायी वसोवास नै हुँदैन । उहाँले यहाँ बनाउनु भएको विभिन्न गुम्बा उहाँको हजारौ अनुयायी, श्रद्धालु भक्तजनहरु छन् । बौद्ध धर्म शिक्षालय, विहार, गुम्बा आदि निर्माण, जिर्णोद्धार गर्नु हुन्छ । निर्माण गर्नुहुन्छ त्यसैसँग सम्बन्धी भएका जुनसुकै देशमा बस्न पाइने व्यवस्था छ । उहाँलाई भुटानले सम्मान गरेर नागरिकता दिइएको छ भने नेपालले पनि राहादानी उपलब्ध गराएको छ । उहाँकै नाममा यहाँ यत्रो ठूलो विश्वविद्यालयको विकास भइरहेको छ । सबै काम उहाँको नाममा दर्ता गरी सञ्चालन गर्दा हुने तर मृत शरीरलाई यहाँ ल्याएर अनुयायीहरुलाई दर्शन गराई अन्त्यष्टि गर्न नपाई यस्तो पनि हुन्छ । यो विधि विपरितको कुरा हो । 

सुरक्षा चुनौति होला नी ? फ्रि तिब्बतको कुरा उठिरहेको छ ।
होइन । उहाँको नाममा कुनै विदेशी तत्वले चलखेल गर्ने करा नै हुँदैन । उहाँको तिब्बतसँग कुनै त्यस्तो सम्बन्ध छैन । अनुयायीहरु होलान तर अनुयायीहरु हुँदैमा तिब्बतीहरुले कुनै नराम्रो गतिविधि नै गर्छ भन्ने हुँदैन । यहाँ अनुयायीहरु पूरा शोकमा ढुबेका छन्, यस्तो बेलामा के को आन्दोलन गर्नु ? सुरक्षासँग कुनै चुनौती नै छैन । उहाँको शव(कुदुङ्ग)लाई ल्याउने हो संस्कार गर्ने हो । यसले  स्वतन्त्र तिब्बतसँग र शरनार्थीहरुसँग कुनै सम्बन्ध राख्दैन यो सरकारको बुझाई गलत हो । 

विवाद चहीँ किन आयो त ?
यहाँ बुझाईमा कमजोरी भएको हुुनपर्छ । जसलाई निर्णय गर्ने अधिकार छ उनीहरुले नबुझि हतारमा निर्णय गर्दा आज यो समस्या उत्पान्न भएको छ । उहाँको सबलाई ल्याउन दिनुपर्छ भन्ने हाम्रो एक बुँदे माग हो । त्यसलाई सरकारले पूरा गर्नपर्छ विवाद नै छैन ।

विदेशी नागरिकलाई ल्याउनु हुने नहुने सम्बन्धमा कानूनी व्यवस्था के छ ?
कानून त मौन छ । यहाँ यस विषयमा कुनै व्यख्या नै गरेको पाइदैन । ल्याउन नहुने भन्ने छैन, कानून कार्यान्वयन गर्ने निकायले नै उहाँको यहाँ नेपाली भूमिसँग रहेको सम्बन्धको आधारमा ल्याउन दिँदा कुनै फरक नपर्ने कुरा हो ।
अब सरकारले यहाँको जनता, उहाँका अनुयायी, समुदाय, उहाँले गर्नुभएको क्रियाकलाप, पुर्याउनु भएको योगदान समेतलाई ध्यानमा राख्दै अब रिन्पोच्छेको अन्त्यष्टि यहाँ गर्दा फरक पर्दैन भनेर निर्णय गर्दा हुन्छ । 

स्यामर रिन्पोच्छेको शवलाई अन्तिम अवस्थासम्म ल्याउनै दिइएन भने के हुन्छ ? 
हामीलाई विश्वास छ । उहाँको शव(कुदुङ्ग)लाई ल्याउन सरकारी निकायले स्वीकृती दिन्छ । यदि ल्याउन दिइएन भने बौद्धमार्गी उहाँको अनुयायीहरुले सरकारलाई शान्तिपूर्ण दबाव दिन्छ । पत्रचार, मिडिया मार्फत खबरदारी गर्दैछौं । हामीले पूजाको समापन ३१ तारिखमा राखेका छौं त्यो भन्दा अगाडी नै ल्याउन दिने भन्ने निर्णय होस् भन्ने हाम्रो चहाना हो, यदि त्यो अवधीमा ल्याउन दिइएन भने पनि हामी पूजा जारी राख्छौं, दबाब मुलक कार्यक्रमहरु सञ्चालन हुनेछन् । 

शव(कुदुङ्ग)लाई ल्याउनै पर्ने कारण चाँही के हो ?
रिन्पोच्छेको पार्थिक शरीर बौद्ध धर्म अनुसार पवित्रा मानिन्छ । यदि रिन्पोच्छेको समाधी यहाँ गर्न सकियो भने यहाँ पवित्रा स्थलको रुपमा विकास हुनेछ । यसले यहाँको धार्मिक महत्व अझ बढ्ने छ, पर्यटकीय क्षेत्रको रुपमा विकास हुनेछ । बुद्ध जन्मेको देशमा बुद्धमार्गीको समाधी हुनु राम्रो पक्ष हो त्यसमा पनि रिन्पोच्छेको अन्तिम इच्छा नेपालमै समाधी होस् भनने भएकाले पनि उहाँको पार्थिक शरीरलाई यहाँ ल्याउनु पर्छ भन्ने हो । अहिले शव(कुदुङ्ग) ल्याउन नदिने हो भने पछि नेपाल देशले त्यही रिन्पोच्छेको अस्तुलाई कहाँ राखिएको छ १० दिनको लागि हाम्रो देशमा पठाईदिनुस् न भन्दै अरुलाई आग्रह गर्नुपर्ने अवस्था आउन सक्छ । किनकी त्यो पवित्रा, अमूल्य चिज हो ।  

Copy News from Sherps khaba



Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।