
सोलुखुम्बुको बासा ८ मा ५ बर्षिय बालिकालाई बलत्कार गरेको आरोपमा थुनामा रहेका एक ब्यक्तिलाई १० बर्ष कैदको फैसला सुनाईएको छ । आज जिल्ला अदालत सोलुखुम्बुले जबरजस्ती करणी गरेको मुद्यामा अन्तीम फैसला गर्दै बासा ८ कै बर्ष ३२ का मंगले भनिने मंगल राईलाई उक्त फैसला सुनाईएको हो । गत २०७० साल चैत्र २५ गते ५ बर्षिय बालिका माथी जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले बैशाख ७ गते पक्राउ गगरि हिरासतमा राखेको थियो । केही समयको हिरासत पछि अदालतकै आदेशमा उनी बैशाख २९ गते पुर्पक्षका लागी कारागार चलान भएका थिए । उनलाई जिल्ला कारागार सल्लेरीमा राखीएको छ भने फैसलामा पिडित बालिकालाई क्षती पुर्ति स्वरुप १ लाख रुपैयाँ भराउन पनि भनिएको छ । जिल्ला न्यायाधिस दिपक कुमार खरेलको ईजलासले जबरजस्ती करणीको १ बिपरितको कसुर अपराधमा सोही महलको ३ नम्बर बमोजीम १० बर्ष कैद तथा १ लाख रुपैया क्षतीपुर्ति को फैसला गरेको हो । यसैबिच, सोलुखम्बुको नेचा बतासेमा एक बालिका माथि बलत्कारको प्रयास गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । बतासे ३ बस्ने १४ बर्षिय बालिका माथी बलत्कारको प्रयास गरेको भन्दै सोही ठेगानामा बस्ने बर्ष ३४ का रजेन्द्र राईलाई पक्राउ गरिएको हो । उनलाई अहिले जिल्ला प्रहरी कार्यलय सल्लेरी ल्याईएको छ । उनले गत १४ गते ती बालिकालाई जबरजस्ती करणी गर्ने प्रयास गरेको भन्दै प्रहरीमा उजुरी पुगे पछि ति ब्यक्ति हिजो पक्राउ परेका थिए ।
Comments
Post a Comment