असार २२– अक्सिजनको सिलिण्डर पड्किदा सोलुखुम्बुको सोताङ स्थित बडा नं ६ धोद्रेमा ३ जनाको मृत्यु भएको छ । चिन्ताजनक अबस्थामा रहेका चमरा तामाङको पनि निधन भए पछि मृतकको संख्या ३ पुगेको हो । आज बिहान स्थानिय भुवनसिंह राईको घरमा राखिएको सिलिण्डर बिष्फोट हुदा स्थानीय चमारे तामाङ, उनकी २६ बर्षीया श्रीमती पिडिली तामाङ र भुबनसिंह राईका ७ बर्षिय छोरा शक्ति राईको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै बिष्फोटमा परि चमारे तामाङ र मिङमार तामाङ शक्त घाईते भएका थिए । चिन्ताजनक अबस्थामा रहेका चमारा तामाङलाई बोक्न नै समस्या भए पछि उनलाई घटनास्थलबाट उठाउन नसकिएको स्थानियले दुर्घटना स्थलमै राखेका थिए । घाईते बालक मिङमाको उपचारका लागि सोताङ स्थित प्राथमिक स्वास्थ्य के्रन्द्रमा ल्याइएको छ । यद्यपी उनको उपचार सो स्वास्थ्य चौकीमा सम्भब नभएको भन्दै चिकित्सकले काठमाडौँ लैजान सुझाब दिएका छन् । ईलाका प्रहरी कार्यलय सोताङबाट प्रहरी सहायक निरिक्षकको नेतृत्वमा एक टोली अपरान्हपछि मात्रै घटनास्थल पुगेका छन् । ट्रेकिङ क्षेत्रमा भरियाको रुपमा काम गर्ने राईको घरमा रहेको सिलिण्डरको अवस्था बुझ्नको लागि धातुले कोट्याउदा सो सिलिण्डर विस्फोट भएको बताईएको छ । डोको बुनेर भुवनसिंह राईको घरमा पुर्याउन गएका तामाङ दम्पति र राईका छोरा सिलिण्डर नजिकै रहेको र सो घटनाको शिकार बनेको प्रहरी नायब उपरिक्षक बद्रिविक्रम थापाले जानकारी दिनुभयो । सोताङ बजारबाट घटनास्थल ८ घण्टाको पैदल दुरीमा रहेको र संचार सम्पर्क पनि हुन नसकेका कारण ढिलो गरि सुचना बाहिर आएका थियो । घटना करिब आज बिहान करिब ७ बजेको समयमा भएको बताईएको छ । आफैमा बिकट गाबिसको रुपमा रहेको ्रे सोताङ गाबिसको ६ नम्बर वडा धोद्रे अत्यन्त बिकट गाउँको रुपमा चिनिन्छ ।
सिलिन्डर बिस्फोट भई उक्त दुर्घटना निम्तीएपछि स्थानि बासिन्दाहरुले ग्यास भरिएको नयाँ सिलिण्डर घर घरमा ल्याउन नपाउने ब्यबस्था भए पनि आफ्नो गाउँमा आईपुगेको भन्दै ग्यास ल्याउनुका कारण पत्ता लगाई दोषीलाई कार्बाही गर्न माग गरेका छन् । अबैधानिक रुपमा ल्याईएको सो सिलिण्डर स्थानिय एक बिद्यालयमा घण्टी बजाउनका लागी प्रयोग गर्न ल्याईएको स्थानिय जय राईले जानकारी दिनुभयो ।
Comments
Post a Comment