सोलुखुम्बुको बिद्यालयहरुमा शिक्षकहरुको दरबन्दी मिलानको संबन्धमा आबश्यक अध्ययनका लागी एक कार्यदल गठन गरिएको छ । आज जिल्ला शिक्षा कार्यलयमा बसेको बैठकले शिक्षा कार्यलयका बिद्यालय निरिक्षक देबराज निरौला संयोजक रहने गरि ९ सदस्यीय कार्यदल गठन गरिएको हो । जस्मा सदस्यहरु नेपाल शिक्षक युनियनका अध्यक्ष गुणराज निरौला, नेपाल शिक्षक संघको अध्यक्ष लाल प्रसाद बास्तोला, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष गोबिन्द बहादुर बस्नेत, शैक्षिक गणतान्त्रीक मञ्चका कार्यबहाक अध्यष प्रेम बहादुर बस्नेत, दुबै अखिल नेपाल शिक्षक संगठनका अध्यक्षहरु तिलक बहादुर राई तथा कमल कटेल लगायत ९ सदस्यीय रहेको युनियन अध्यक्ष गुणराज निरौलाले जानकारी दिनुभयो ।
कार्यदलले भोली सम्म आबश्यक अध्ययन गरि प्रतिबेदन तयार पार्ने बताईएको छ । प्रतिबेदनमा जिल भित्र रहेका २७१ बिद्यालयमा शिक्षकहरु दरबन्दीको अबस्था, बिद्यार्थीको अनुपातमा थपघट गर्नु पर्ने अबस्था लगायतका बारेमा सुझाब सहित कतिपय बिद्यालयहरुमा बिद्यार्थी अभाब रहेकोले समायोजनका लागी सुझाब समेत दिईने बताईएको छ ।
Comments
Post a Comment