Skip to main content

अजिनोमोटो : जिब्रोलाई स्वाद, स्वास्थ्यलाई सकस

जिब्रोको स्वाद फेर्न अजिनोमोटो युक्त खाद्य पदार्थ सेवन गर्दै हुनुहुन्छ भने ख्याल गर्नुस्, त्यसको प्रयोगले अत्यन्त हानिकारक तथा दीर्घकालीन रोग लगाउन सक्छ। बजारमा पाइने अजिनोमोटो (मोनोसोडियम ग्लुटामेट-एमएसजी) युक्त खानेकुराको प्रयोगले पनि यस्तो रोग लाग्ने सम्भावना बढी हुन्छ। चाउचाउ, तयारी सुप, तरकारी, माछामासु, क्रेकर, स्न्याक्स, चिजबल्स, कुरकुरे, सोया सस, आलु चिप्स, अचार, सलाद, तरकारीका मसलालगायतमा यसको प्रयोग भएको हुन्छ।

खाद्यविज्ञका अनुसार अजिनोमोटो युक्त खाद्य पदार्थको नियमित सेवनका कारण क्या
न्सर, हृदयाघात, दिमाग शून्य अवस्थामा पुगेर केही बेर र धेरै बेरसम्मका लागि सुस्त हुनेलगायतका रोग लाग्न सक्छन्। त्यस्तै छिटै बिर्सने, टाउको दुख्ने, उच्च रक्तचाप हुने, चिटचिट पसिना आउने, शरीर काम्ने, घाँटीमा सुन्निने, मुटुको धडकन बढ्ने, छाती दुख्नेजस्ता रोग लाग्न सक्छन्। यसको प्रयोगले शरीर शिथिल हुने, बिसन्चो अनुभव हुने, वाकवाकी आउने, कमजोरी भएको अनुभव हुने, दाँत बिग्रनेजस्ता समस्या पनि आउन सक्छन्।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता प्रमोद कोइराला अजिनोमोटो भएको खाद्य पदार्थ सकभर प्रयोग नगर्दा राम्रो भन्छन्। उनका अनुसार बालबालिका र वृद्धवृद्धालाई अजिनोमोटो युक्त खाद्य पदार्थले सबैभन्दा बढी असर पु:याउँछ।

'सकेसम्म अजिनोमोटो युक्त खाद्य पदार्थ सेवन गर्नु हुन्न', खाद्य प्रविधि विषयका प्राध्यापक डा. दिलीप सुब्बाले भने। डा. सुब्बाका अनुसार बालबालिकाले खाजा र खानाको रूपमा बढी प्रयोग गर्ने चाउचाउ, चिजबल्स, कुरकुरेजस्ता तयारी खाजामा अजिनोमोटो प्रयोग भएको हुन्छ। 'अजिनोमोटोले कुनै पनि खाद्य पदार्थको स्वादलाई झन् मीठो बनाइदिन्छ', उनले भने, 'यसको अर्को नराम्रो पक्ष भने अजिनोमोटोको स्वाद पाइसकेकामा बिस्तारै यसको लत बस्छ। अजिनोमोटो नभएका खाद्य पदार्थ खान नै मान्दैनन्। जसले गर्दा बिस्तारै त्यस्ता व्यक्तिको शरीरमा यसले नराम्रो प्रभाव पार्न थाल्छ।'

द गार्जियन पत्रिकाका अनुसार जापानका किकुनाई इकेदा भन्ने व्यक्तिले सन १९०८ मा अजिनोमोटोको खोजी गरेका थिए। ७८ प्रतिशत ग्लुकामाइक एसिड, २१ प्रतिशत सोडियम र एक प्रतिशतको हाराहारीमा अन्य पदार्थको मिश्रणबाट अजिनोमोटो बनाइन्छ। जापानमा यसको खोज भए पनि सबैभन्दा बढी चिनियाँले आफ्नो खाद्य पदार्थमा यसको प्रयोग गर्दै आएका छन्।

खाद्य पदार्थमा अनियन्त्रित रूपमा अजिनोमोटोको प्रयोग भइरहे पनि सरोकारवाला खाद्य विभागले कडाइका साथ नियमन गर्न सकेको छैन। सय ग्रामको चाउचाउका लागि करिब एक ग्राम अजिनोमोटो हाल्नुपर्ने मापदण्ड सरकारले निर्धारण गरेको छ। तर, बजारमा पाइने चाउचाउमा कति प्रतिशतसम्म अजिनोमोटो प्रयोग भएको छ, त्यसबारेमा भने हालसम्म प्रभावकारी अनुगमन गर्न नसकेको विभागका प्रवक्ता प्रमोद कोइरालाले भने। 'मापदण्ड निर्धारण भए पनि कति हदसम्म प्रयोग भएको छ भनेर परीक्षण गर्न सकेका छैनौं', उनले भने।

नेपालजस्तो सानो मुलुकमा बर्सेनि करिब दुई हजार मेट्रिक टनसम्म अजिनोमोटो आयात भइरहेको प्रति डा. सुब्बाले चिन्ता व्यक्त गर्दै भने, 'यो परिमाण अत्यधिक हो। यसैबाट प्रस्ट हुन्छ, नेपालमा अजिनोमोटोको प्रयोग कुन हदसम्म भइरहेको छ।' उनका अनुसार नेपालका ९५ प्रतिशत परिवारलाई अजिनोमोटोको नकारात्मक प्रभाव र प्रयोगबारे जानकारी छैन। सरकारले यो विषयमा गहन रूपमा अध्ययन गर्नुपर्ने उनको सुझाउ छ।

रुचि चाउचाउविरुद्ध उजुरी

हिमालयन स्न्याक्स एन्ड नुडल्स इन्डस्ट्रिजद्वारा हालै बजारमा ल्याएको रुचि चाउचाउको 'एक्स्ट्रा दम' भन्ने ब्रान्ड अनुमतिबिना नै उत्पादन गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ। विभागका प्रवक्ता कोइरालाका अनुसार बालबालिकालाई लक्षित गरे बजारमा ल्याइएको चाउचाउमा प्रयोग गर्न नहुने तत्त्व 'जिनसिंन तथा क्याफिन' प्रयोग गरिएको छ। 'बालबालिकाको खाद्य पदार्थमा प्रयोग गर्न नमिल्ने तत्त्व मिसाएर बिनाअनुमति चाउचाउ उत्पादन गरेको भेटेका छौं' उनले भने, 'विभागले यो विषयमा अनुसन्धान गर्दैछ।' जिनसिंन तथा क्याफिनले बालबालिकाको मुटुको धड्कन तथा रक्तचाप बढाउनुका साथै थुप्रै नकारात्मक असर पु:याउने विभागले जनाएको

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।