Skip to main content

चीनबाट ३० वटा याक तथा नाक सोलुखुम्बु भित्र्याईयो


छिमेकी राष्ट्र चीनको तिब्बत स्वशासित क्षेत्रबाट ३० वटा याक तथा नाक सोलुखुम्बु भित्र्याईएको छ । नेपाल र चीनको सिमा क्षेत्र नाङपाला पास हुदै तीब्बत स्वशासित क्षेत्र ल्हासाको लिन्ची काउण्टीबाट याक बिकास फम स्याङबुचेले नेपाल भित्र्याएको हो । हिमाली गाई गोरुको रुपमा चिनिने ५ याक र २५ वटा नाक गत १९ गते नाङपाला पास हुदै सोलुखुम्बुको खुम्जुङ गाबिसमा भित्र्याईएको याक बिकास फम स्याङबुचेका नायब पशु सेवा प्राबिधिक ललन यादबले जानकारी दिनुभयो । नेपालमा उच्च प्रजनन क्षमता भएका उक्त गाई गोरु नपाईने भएकोले बिशेषतः प्रजनन्दरमा बृद्धी गराउनका लागी याक र नाक ल्याईएको हो । एडिबिको सहयोगमा नेपाल सरकारको पशुसेवा बिभागको योजनामा ती पशुहरु नेपाल भित्रीएका हुन् ।

उच्च चिसो बाताराणमा मात्रै बाँच्ने भएकोले याक बिकास फार्म खुम्जुङको खुम्य कार्यलय स्ययाङबोचेमा भए पनि झण्डै ५ हजार मिटर उचाई रहेको जोङलाको घुम्ती गोठमा ती याक र नाकलाई राख्न लागीएको छ । प्रती याक १ लाख ५० हजार रुपैया अर्थात १० हजार युआन मा खरिद गरि ल्याईएको यादबको भनाई छ । स्याङबोचे, थामे, लुङदे, लुनाक, खाजुङ, जासाम्बा हुदै नाङपाला पास पुगी ४ दिन लगाई हिउँको बाटो छिचोलेर कठिन पुर्बक ती याक र नाक नेपाल भित्र्याईएको हो । बि स २०३० साल बैशाखमा स्थापना भएको याक फार्मले पहिलो पटक ३० सालमै सोही मार्ग हुदै तीब्बतबाट २८ वटा याक तथा नाक ल्याएको थियो । हाल याक फार्ममा ५५ वटा नाक अर्थात गाई र ५ वटा याक अर्थात गोरु रहेको छ भने २५ वटा नयाँ जन्मिएका बाच्छा बाच्छी रहेको छ ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।