
नाम्चे गाबिसको उत्तर पश्चीममा पर्ने उक्त क्षत्र केही बर्ष पहिले सम्म नेपाल चीन ओहोर दोहोर गर्ने नाकाको रुपमा रहेको थियो । तर अहिले चीन बिरोधी गतिबिधि बढ्न सक्ने भन्दै आवत जावतलाई बन्द गरिएको छ । उक्त सिमा स्तम्भ के कारणले ढलेको भन्ने बारे प्रशासनले केही बताउन सकेको छैन । यद्यपी दुई बर्ष यता सो सिमानामा कोही पनि नगएकोले अत्याधिक हिउँका कारण ढलेको हुन सक्ने अनुमान गरिएको छ । नाङपाला पासको डाँडामा रहेको सिमानाको स्तम्भ नेपाली भुभागतर्फ ढलेको छ ।
भुगोल र बाताबरण पनि उच्च जोखीम पुर्ण भएकोले कसैले नियतबस सिमा स्तम्भ भत्काउने संभाबना नरहेको भन्दै प्रशासनले पुरानो भएको र हिउँको चापले ढलेको हुन सक्ने अनुमान लगाएको हो । हिमाली क्षेत्र नाम्चेको अन्तीम मानव बस्तीबाट पनि उक्त क्षेत्रमा पुग्न कम्तीमा ३ दिन लाग्छ ।
कर्मचारीको टोली गत २३ गते नाङपाला पासबाट नाम्चे आई पुगे लगत्तै सिमा प्रशासन कार्यलयबाट जिल्ला प्रशासन कार्यलय सल्लेरी हुदै गृह मन्त्रालयमा सिमा स्तम्भको ब्यबस्थापनका लागी पत्र पठाईएको छ ।
C/P
Comments
Post a Comment