Skip to main content

नेपाल–चीन सिमानाको सिमा स्तम्भ ढल्यो

नेपाल चीन सिमावर्ती क्षेत्र सोलुखुम्बुको नाम्चे स्थीत सिमानामा गाडिएको सिमा स्तम्भ ढलेको छ । नाम्चे ९ नम्बर वडामा पर्ने नाङपाला पासको ६२ नम्बरको करिब ४ फिट अग्लो सिमा स्तम्भ ढलेको अबस्थामा फेला परेको हो । सिमा प्रशासन नाम्चे मार्फत गएको कर्मचारीको एक टोलीले करिब ६ हजार मिटर उचाईमा रहेको सिमा स्तम्भ यही असार १७ गत ढलेको अबस्थामा फेला पारेको सिमा प्रशासन कार्यलय नाम्चेका सिमा प्रशासक अनन्त बस्नेतले जानकारी दिनुभयो ।
नाम्चे गाबिसको उत्तर पश्चीममा पर्ने उक्त क्षत्र केही बर्ष पहिले सम्म नेपाल चीन ओहोर दोहोर गर्ने नाकाको रुपमा रहेको थियो । तर अहिले चीन बिरोधी गतिबिधि बढ्न सक्ने भन्दै आवत जावतलाई बन्द गरिएको छ । उक्त सिमा स्तम्भ के कारणले ढलेको भन्ने बारे प्रशासनले केही बताउन सकेको छैन । यद्यपी दुई बर्ष यता सो सिमानामा कोही पनि नगएकोले अत्याधिक हिउँका कारण ढलेको हुन सक्ने अनुमान गरिएको छ । नाङपाला पासको डाँडामा रहेको सिमानाको स्तम्भ नेपाली भुभागतर्फ ढलेको छ ।
भुगोल र बाताबरण पनि उच्च जोखीम पुर्ण भएकोले कसैले नियतबस सिमा स्तम्भ भत्काउने संभाबना नरहेको भन्दै प्रशासनले पुरानो भएको र हिउँको चापले ढलेको हुन सक्ने अनुमान लगाएको हो । हिमाली क्षेत्र नाम्चेको अन्तीम मानव बस्तीबाट पनि उक्त क्षेत्रमा पुग्न कम्तीमा ३ दिन लाग्छ ।
कर्मचारीको टोली गत २३ गते नाङपाला पासबाट नाम्चे आई पुगे लगत्तै सिमा प्रशासन कार्यलयबाट जिल्ला प्रशासन कार्यलय सल्लेरी हुदै गृह मन्त्रालयमा सिमा स्तम्भको ब्यबस्थापनका लागी पत्र पठाईएको छ ।
C/P


Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।