Skip to main content

फेसबुकमा कहिल्यै पोष्ट गर्न नुहने पाँच कुरा


(एजेन्सी)– सोसल मिडियामा धेरैजसो मानिसहरु आशक्त भएका छन् । आजकाल युवा र उमेर पुगेका मानिसहरु पनि फेसबुक–ट्विटरको प्रयोग गरिरहेका देखिन्छन् । फेसबुक मानिसहरुको जीवनको एक अभिन्न मित्र बनिसकेको छ । साथीभाई, इष्टमित्रसँग सम्पर्कमा रहिरनका लागि यो एउटा राम्रो र सजिलो माध्ययम बनेको छ । फेसबुकमार्फत हामी आफ्ना जिन्दगीसँग जोडिएका धेरै कुराहरु आफ्ना साथीहरु, आफन्तसँग बाँड्ने गर्दछौँ । आफ्नो फेसबुकलाई आफ्ना साथीहरु बाहेक अरु कसले हेरेको छ भन्ने कुरा हामीलाई थाहा हुँदैन त्यसकारण कुनै कुराहरु पोष्ट गर्नुपूर्व एकपटक राम्रोसँग सोच्नुपर्ने हुन्छ । फेसबुकमा कस्तो कुराहरु पोष्ट गर्नबाट बच्नुपर्छ भन्ने कुरा यहाँ दिइएको छ ।

आफ्नो र परिवारको पूरै जन्मदिन 
फेसबुकमा हामी आफ्नो जन्म मिति, परिवारको जानकारी निकै सजिलो तरिकाले पोष्ट गर्ने गछौँ । हामीलाई हाम्रो जन्मदिनमा फेसबुक वालमा आउने जन्मदिनको सन्देश निकै राम्रो लाग्ने गर्दछ तर आफ्नो जन्म दिन यहाँ सेयर गरेर तपाईं साइबर चोरहरुलाई आफ्नो निजि जानकारी दिइरहनु भएको छ । 

सम्बन्धको स्थितिलाई गोप्य राख्नुहोस् 
फेसबुकमा सम्बन्धको स्थितिलाई मानिसहरु निकै सजिलो तरिकाले शेयर गर्ने गर्दछन् । तर यदि तपाईं सम्बन्धमा हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा फेसबुकमा शेयर गर्ने कुरा होइन । यसबाट तपाईंमाथि याद गरिरहेका मानिसहरुले तपाईं कहिले एक्लो हुनुहुन्छ र सम्बन्धमा हुनुहुन्छ भन्ने कुरा सजिलै थाहा पाउँछन् । यो जानकारी तपाईंको लागि समस्याको जड हुनसक्छ । 

वर्तमान ठाउँ पोष्ट नगर्नुहोस् 
कोहि मानिसहरुको बानी नै हुन्छ छिन–छिनमा आफ्नो फेसबुक अपडेट गर्ने । कुन रेष्टुरेन्टमा खाना खाइरहेका छन् र यसका साथै त्यहाँको पूरै लोकेसन ट्याग गर्ने गर्दछन् । तर यस्तो गर्नु राम्रो होइन । यसबाट मानिसहरुलाई तपाईं कहाँ हुनुहुन्छ भन्ने कुराको जानकारी हुन्छ र यदि तपाईंलाई लुट्न प्रयास गरिरहेका मानिसहरु छन् भने उनीहरुलाई यस्तो पोष्टले निकै सहयोग गर्ने गर्दछ ।

घरमा एक्लै भएको कुरा 
तपाईं घरमा एक्लै भएको कुरालाई कहिले पनि पोष्ट नगर्नुहोला । विशेषगरि अभिभावकहरुले यो कुराको ध्यान दिनुपर्ने हुन्छ ता कि आफ्ना बच्चाहरुले यस्तो कुराहरु कहिले पनि फेसबुकमा पोष्ट नगरुन् । यस्तो अवस्थामाल तपाईं कोहि पनि अपरिचितलाई आफ्नो बारेमा जानकारी दिँदैहुनुहुन्छ जसको फाइदा उनीहरुले तपाईंबाट उठाउन सक्छन् । 

तस्बिरमा नामसँगै ट्याग 
थुप्रै मानिसहरु आफ्नो बच्चाहरुको धेरै फोटो उनीहरुलाई ट्याग गरेर पोष्ट गर्ने गर्दछन् । कसैले त बच्चा जन्मनेबित्तिकै बच्चाको फोटोसँगै हस्पिटलको ठेगाना पनि पोष्ट गर्ने गर्दछन् । यदि तपाईं कुनै फोटो पोष्ट गरिरहनुभएको छ भने त्यसमा कसैलाई पनि ट्याग नगरि पोष्ट गर्नुहोला । साइबरसँग जोडिएका थुप्रै अपराधमा मानिसहरु पक्राउ परिरहेका छन् । यसबाट बच्न यसको प्रयोगमा प्रतिबन्धको साटो यसलाई कसरी बुद्धिमानीपूर्वक प्रयोग गर्ने भन्ने बारेमा सोच्नु जरुरी छ । आफ्नो तर्फबाट सुरक्षाको तरिका अपनाएमा भविष्यमा आइपर्ने घटनालाई न्यूनिकरण गर्न सकिन्छ । 

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।