Skip to main content

मेरो सोलुखुम्बू

मेरो सोलुखुम्बू उतरतिरसगरमाथा,ल्होत्से,नुप्त्से,आमाडब्लम,हिमशृंखलाको मधुर र रमणीय दृश्य बीचमा अवस्थित खुम्ज्युंग र नाम्चे बजार अनि छिन छिनमा मौसम परिवर्तन भई रहने कोंग्दे र खांगत्यगाको आँगनमा मनमोहक रूप सिंगारेर ट्रेकिंग र आरोहिहरुको पर्खाइमा रहेको लुक्ला बजार र लुक्ला बिमान स्थल
अनि दूधकुण्डा हिमालको काखमा रहेको सदरमुकाम सोलू सल्लेरी बजार,उतर पूर्व नाम्चे देखि जोरसल्ले,फ़क्दिङ्ग,खरिखोला हुँदै देउसा ,काँकु ,बासा,पावै,लोखिम र जुभु,को काख बाट दक्षिण तिर बग्दै गरेको सेताम्य दूधकोसी नदीको कलकल र छल छल सुमधुर संगीत संगै स्याप्रू,सिली र सकेला नाच। यता जुनबेसीको शिरमा रहेको दूध कुण्ड हिमालको काखमा अवस्थित दूध पोखोरी बाट बग्ने सोलू खोलाको सुमधुर ध्वनिका साथ धामी झांक्रीको डोल ड्याङ्ग्रो र झ्याम्टा संगको नतमस्तक नाच अनि दक्षिण पक्षिममा अवस्थित उत्तर पूर्व तर्फ फर्क़ेका नेचा बतासे र बेदघारीका चाक्ला सुनौला फाँटहरू।छेउबाटै नागबेली तिल्पुंग डांडाको लहर ओखलदुंगा तिर झरेको उता चांगे थान डाँडा बाट लमतन्न संग तन्किएको लाम्जे पिके र लाम्जुरा पामु डाँडा हुँदै दूध कुण्डा हिमाल सम्मको दृश्य कम्ती सुन्दर र रमाइलो छैन । त्यसैले त प्राकृतिक शौन्दर्यताले भरिएको सोलु र खुम्बू, दृश्यअवलोकनको निम्ति बिदेशी पर्यटकहरूका लागि अति रमणीय स्थल 
बनेको छ।सोलुखुम्बू जिल्लाको सिमाना पूर्वमा खोटांग र भोजपुर ,दक्षिण पक्षिममा ओखाल्दुंगा र रामेछाप,उत्तर पक्षिममा दोलखा र रामेछाप जिल्लाको बिच रहेको मेरो सोलू खुम्बू जिल्ला संसारकै छानो (Roof of the world)भएको जिल्ला भएको हुंदा,सोलुखुम्बू बिश्वमै एक पर्यटकीय भूमिको रुपमा परिचित र प्रख्यात छ।त्यसैले यो जिल्ला स्थानीयबासी र बिदेशी पर्यटकहरुको लागी संधै स्वर्ग सरी भएको छ।यातायातको सुबिधा कमै भए पनि यो जिल्ला नेपालको पचहत्तर जिल्ला मध्ये एक उदाहरणीय जिल्ला बनेको छ।नेपाल अधिराज्य भरको पचहत्तर जिल्लाहरु मध्ये सवै भन्दा बढ़ी हवाई मैदान चारवट यस जिल्लामा छन र दुई अस्पताल रहेको छ। समुद्री सतह बाट ३४५मी.देखि ८८४८मि.को उच्चाईमा रहेको यस जिलाको क्षेत्रफल ३४८०बर्ग की.मी.र तेत्तिस गा.बि.स.छन।सन २००१को जनगणना अनुशार जिल्लाको जनसंख्य १,०७,६८६ रहेको छ।यस जिल्लाको प्रमुख बासिन्दाहरु राई र शेर्पहरु हुन।राईहरुको घना बस्ती भएको गा.बि.स.हरुमा जुभिंग,बुंग,छेस्क्याम,गुदेल,लोखिम,पावै,काँकु,बासा,देउसा,सोतांग,नेले,कांगेल,नेचा बतासे र नेचा बेदघारी रहेको छ भने शेर्पाहरुको घना बस्ती रहेको गा.बि.स.हरुमा केरुंग,टापटिंग,गोराखानी,गोली,भाकान्जे,गार्मा,सल्लेरी,बेनी,टाकसिन्दू,चौंरीखर्का,नाम्चे,खुम्ज्युंग,रहेको छ भने गोली,तिंगला,सल्यान र सोतांगमा सबै जातको मिश्रित जनसंख्य रहेता पनि बाहुन,क्षेत्रीहरुको थोरै मात्र बाहुल्यता छ।जुभुमा गुरुंगहरुको बाहुल्यता छ भने अन्य केही गा.बि.स.हरुमा मगर र तामांगहरु पनि छन। ओखाल्दुंग र सोलुखुम्बुको जिल्लाको सिमानामा रहेको चांगे थान देवीको मेला भदौ ऋषी तर्पणीको दिन लाग्ने गरिन्छ।साथै उक्त दिन दूध कुण्ड र देउसको बोकुल गाउँमा अवस्थित जालिम देवी मेला पनि लाग्ने गरिन्छ।चांगेथान र जालिम दिदी र बहिनी हुन भन्ने किम्बदन्ति पनि छ। भाद्र र आश्विन महिना पर्यटकहरुको ट्रेकिंग सिजन भएको हुंदा काठमांडू देखि लुक्लाको उड़ान प्रत्येक दिन अति ब्यस्त हुने गर्दछ।पर्यटकहरु जव ट्रेकिंग सकेर काठमाडू फर्किने समयमा लुक्ला एरपोर्टमा काठमांडू को असन बजार जतिकै ब्यस्तता भएको देखिन्छ।यसले के जनाउदछ भने पर्यटकहरूका लागि यो उपयुक्त थलो हो,जुन कुरा बर्सेनि पर्यटकहरूको बढ्दो चापले प्रमाणित गर्दछ।

कर्मा ग्यल्जेन सेर्पा

टाप्टिङ  ६

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।