
नेपालका शेर्पा जातिको हक हित, शेर्पा भाषा संस्कृति जोगाउन तथा शेर्पा जातिहरुको सुचना संचारमा पहुँच अभिवृद्धि गर्नका लागि समिति गठन गरिएको हो । समितिले शेर्पाहरुको सुचना तथा संचारमा पहुँच बढाउनको लागि विभिन्न तालिमको आयोजना गर्ने समेत निर्णय गरेको छ । बैठकमा नेपाल शेर्पा संघ सोलुखुम्बुका अध्यक्ष दावा तेन्जी लामा, शेर्पा संघ शेर्पा संघ युरोपका सल्लहाकार आङ छिरिङ शेर्पा, नेपाल शेर्पा संघ केन्द्रीय समितिका पुर्व सदस्य आङ गेलु शेर्पा र नेपाल शेर्पा संघ सोलुखुम्बुका कोषाध्यक्ष दोर्जी शेर्पाको उपस्थिति रहेको थियो ।
२०६५ सालमा जिल्ला प्रशासन कार्यलय काठमाण्डौंमा आधिकारीक रुपले दर्ता भएको शेर्पा संचार समूह नेपालले आम संचार क्षेत्रमा शेर्पाहरुको पहुँच बढाउन विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ । विभिन्न चरणमा आधारभुत उद्घोषण तथा पत्रकारिता तालिमहरु आयोजन गर्दै शेर्पा युवाहरुको क्षमता अभिवृद्धिसँगै पत्रकारिता क्षेत्रमा उनीहरुलाई अभिमुखीकरण समेत गर्दै आईरहेको यो संस्था समाज कल्याण परिषदमा आवद्ध रहेको छ भने नेपाल आदिवासी जनजाति पत्रकार महासंघको संस्थापक सदस्य संस्थाको रुपमा समेत रहेको छ ।
Comments
Post a Comment