Skip to main content

ठेकेदार संग सरकारी इन्जीनियरले घुस मागेको कार्कीको खुलासा


जिल्ला प्राबिधिक कार्यलय सोलुखुम्बुका प्रमुख र तामाखानी जोड्ने निर्माणाधिन सोलुखोलाको पुलका ठेक्केदार बिच कुटाकुटको अबस्था उत्पन्न भएको छ । आज बिहान अनुगमनको क्रममा प्राबिधिक कार्यलयका निमित्त प्रमुख प्रदिप बहादुर सिंङ यादब निर्माणाधिन पुलमा पुग्दा पुल निर्माणको ठेक्का लिएको ठेक्का कम्पनि अमर कन्स्ट्रक्सनका ठेक्केदार डि बि कार्की बिच भनाभन भए पछि हात हालाहालको स्थीति आएको हो । पुल निर्माणको बिषयमा सामान्य छलफल भईरहदा प्राबिधिक प्रमुख यादब एक्कासी जंगीए पछि परिस्थीति असामान्य बनेको ठेकेदार डि बि कार्कीले जानकारी दिनुभयो । तर आफुले भौतीक आक्रमण भने नगरेको कार्कीको दाबी छ । निमित्त प्राििधकि प्रमुख सिंङले भने आफु माथी कुटपिट भएको बताएको र निजलाई कार्बाहीको माग गरे पछि ठेकेदार कार्कीले भने आफु संग यादबले पैसाको बार्गेनिङ गरेका कारण कडा भनाभन भएको बताएका छन् ।

त्यस्तै यादबले १ हप्ता देखी आफु संग कमिसन मागीरहेको कार्कीको दाबी छ । आफुले नियम संगत रुपमा काम गर्ने तर कमिसन नदिने बताए पछि इृन्जीनियर यादबले उल्टो धम्की दिएको कार्कीले बताएका छन् । उत्पन्न परिस्थीतिबारे दुबै पक्षलाई सदरमुकाममा झिकाई अनुसन्धान भईरहेको प्रमुख जिल्ला अधिकारी उद्धब प्रसाद तिमल्सीनाले जानकारी दिनुभयो ।
यता बिभिन्न कर्मचारी संघ संगठनहरुले भने प्राबिधिक कार्यलयका निमित्त प्रमुख यादब माथी हातपात गरेको भन्दै आफुहरुको ध्यानाकर्षण भएको जनाएको छ । आज साँझ एक बिज्ञप्ती जारी गर्दै नेपाल निजामति कर्मचारी युनियन, नेपाल निजामति कर्मचारी संगठन, तथा पेशागत महासंग नेपालले छुटा छुटै बिज्ञप्ती निकालेर हातपात भएको बिरोधमा ध्यानाकर्षण भएको जनाएको हो । ठेकेदार कार्कीले यादबलाई गाली गलौज, कुटपिट तथा ज्यान मार्ने धम्की दिएको भन्दै बिज्ञप्ती निकाली बिरोध गरेका हुन् । यता जिल्ला निर्माण व्यवशायी संघले भने ठेक्केदारमाथि लगाएको आरोका खण्डन गरेको छ । ईन्जिनियरले नै ठेक्केदारसंग कमिसन मागेर काम गर्ने वाताबरण विग्रिएको भन्दै निर्माण व्यशायी संघका अध्यक्ष महेश किरांतीले घुस माग्ने कर्मचारीलाई कडा कार्बाही गर्न माग गर्नुभयो । घटनाको विषयलाई लिएर नेपाल तरुण दल सोलुखुम्बुले भने ठेक्केदारलाई कार्बाही गर्न माग गरेको छ ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।