Skip to main content

नेपाल इबोलको उच्चजोखिममा

 पश्चिम अफ्रिकामा महामारीको रुप लिइरहेको इबोला भाइरस नेपालमा पनि भित्रन सक्ने जोखिम उच्च देखिएको छ । तर सरकारले भने यसलाई भित्रिन नदिन अहिलेसम्म कुनै सतर्कता अपनाएको छैन् ।
विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयमा कार्यरत डा. रवि काफ्लेले काममा लागि अवैध रुपमा अफि्रकी र आसपासका देश पुगेका नेपाली र त्यस क्षेत्रबाट आउने पर्यटकले इबोला भाइरस भित्र्याउने सम्भावना उच्च रहेको बताए । इबोलाले पश्चिम अफ्रिकाका गिनी, नाइजेरिया, लाइबेरिया, सियरा लियोनलगायतका मुलुकका एक हजार सात सय जनाको ज्यान लिइसकेको अन्नपूर्ण पोस्टमा खबर छ । इबोला नियन्त्रणमा आउन नसकेपछि विश्व स्वास्थ्य संगठनले संकटग्रस्त क्षेत्र घोषणा गरी निगरानी गरिरहेको छ ।
इबोला संक्रमण भएको १४ देखि १४ दिनपछि मात्र संक्रमित मानिसले बढी असहज महसुस गर्ने र त्यो अवधिमा सम्पर्कमा आएका अन्य व्यक्तिलाई पनि सर्ने सम्भावना उच्च रहेको काफ्लेले बताए । इबोला रोकथामका लागि अहिलेसम्म खोप विकास गर्न सकिएको छैन भने उपचारमा पनि चिकित्सक असफल भइरहेका छन् ।
विदेश आपतजावत गर्ने नेपालका कुनै पनि नाकामा हेल्थ डेक्स नभएका कारण पनि इबोला भित्रिन सक्ने सम्भावना प्रबल रहेको विज्ञको भनाई छ । युरोपेली र एसियाली मुलुकमा पनि इबोलाका शंकास्पद विरामी भेटिन थालेका छन् । ‘अमेरिका, बेलायत, मोरोक्को, भारतलगायतका मुलुकमा समेत इबोलाको संक्रमण भएको आशंकामा बिरामीको उपचार सुरु गरिएको छ,’ काफ्लेले भने ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।