Skip to main content

पर्यटक नपठाउन माओवादीको चेतावनी

भाद्र १० - नेकपा-माओवादी समर्थित अखिल नेपाल क्रान्तिकारी पर्यटन मजदुर युनियनले पूरै पर्यटन क्षेत्रलाई धक्का पुग्ने गरी विदेशी राजदूतावासमा आफ्ना नागरिक (निश्चित एजेन्सीमार्फत) नपठाउन चेतावनी दिँदै पत्र पठाएको खुलासा भएको छ। मजुदरमाथि अन्याय गरेको भन्दै आन्दोलनका नाममा युनियनले भारतीय, डेनमार्क, अमेरिकी र जर्मनी राजदूतावासमा युनियनले हिमालय एक्स्िपडिसन इन, पिक प्रमोसन, एक्सप्लोर हिमालय ट्राभल एड्भेन्चर र हिमालय गाइड नामक एजेन्सीमार्फत पर्यटक नपठाउन भनेको छ। यी एजेन्सीले केही मजदुर निष्कासित गरी क्षतिपूर्ति नदिएको र पुनर्बहाली नगरेकाले यी एजेन्सीमार्फत पर्यटक पठाए बीच बाटोबाटै फर्काइदिने धम्कीसमेत दिइएको पर्यटन व्यवसायी रमेश धमालाले बताए। 'राजदूतावासमा पठाएको पत्र बोधार्थ हामीकहाँ आउँदा छक्क पर्‍यौं,' धमालाले भने, 'युनियनले एक साताअघि देखि नै समस्या ल्याएका थिए। वार्ताबाट सुल्झाउन खोज्दा पनि चासो दिइएन। एक्कासि धम्कीपूर्वक पत्र राजदूतावासमा पुग्यो।'

गत असोजमा मात्र व्यवसायी-मजदुरबीच सेवा/सुविधालाई लिएर नयाँ सम्झौता भएको थियो। तर यसको विपरीत युनियनले आन्दोलन सुरु गरेको व्यवसायीको भनाइ छ। यहाँसम्मकी अन्य दलका मजदुर युनियनले पनि राजदूतावासमा पत्र पठाइएको सम्बन्धमा ध्यानाकर्षण भएको जनाएका छन्।

'सबै युनियनसँग उनीहरूको सेवा सुविधाबारे सहमति गरेका थियौं,' समिति संयोजक धमालाले भने, 'यसका बाबजुद अभद्रतापूर्वक आन्दोलनका रूपमा अरू क्रियाकलाप भइरहेको छ।' उनका अनुसार आन्दोलनमा सहभागी हुनेमा पनि कति बाह्य व्यक्ति छन्। युनियनका नाममा अन्य मुलुकका राजदूतावासलाई पत्र पठाएर आफ्नो मुलुकको पर्यटक पठाए -निश्चित एजेन्सीमार्फत) बाटैबाट फर्काइदिनेसम्मको धम्की दिइएको छ। 'यस्ता क्रियाकलापले श्रम ऐनलाई कुल्चेको छ,' धमालाले भने, 'पाहुना जुनसुकै एजेन्सीबाट आउन स्वतन्त्र छन्। यसरी दिइने धम्कीले तोकिएको एजेन्सी मात्र नभई पूरै पर्यटन क्षेत्रलाई नै नकारात्मक प्रभाव पर्छ।' अखिल नेपाल क्रान्तिकारी पर्यटन मजदुर युनियनले आफूलाई उचित सेवा/सुविधा नदिएको भनिरहँदा अन्य दलका नेपाल ट्रेकिङ, ट्राभल, र्‍याफटिङ र एयरलाइन्स मजदुर युनियन (युनिट्राभ), अखिल नेपाल पर्यटन मजदुर संघ र नेपाल पर्यटन श्रमिक संघले कुनै मजदुर पीडित नभएको जनाएको छ। 'सहमतिका बाबजुद राजदूतावासमा एक्कासि पत्र पठाइएको छ, त्यसमा भ्रामक जानकारी उल्लेख गरिएका छन्। जसबारे अन्य कुनै पनि युनियन या संघलाई जानकारी छैन,' युनिट्राभका महासचिव सुमन पराजुलीले भने, 'यदि मजदुरलाई अन्यायमा परे त्यसका लागि हामी एकजुट हुन प्रतिबद्ध छौं।'

यही अक्टोबरदेखि लागू हुने गरी ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र पदयात्रा पर्यटनसँग सम्बन्धित ४ वटा मजदुर संगठन, अखिल नेपाल क्रान्तिकारी पर्यटन मजदुर संघ, अखिल नेपाल ट्राभल, टे्रकिङ, र्‍याफटङ तथा एयरलाइन्स मजदुर संगठन (युनिट्राभ), अखिल नेपाल पर्यटन मजदुर संगठन र नेपाल पर्यटक श्रमिक संघले संयुक्त निर्णय गरी पदयात्रा पर्यटन क्षेत्रमा काम गर्ने भरिया मजदुर (पोर्टर) को पारिश्रमिक वृद्धि गर्ने सहमति गरेको थियो।

मजदुरले अन्याय गरेको आरोप लगाएको कम्पनी एक्सप्लोर हिमालयका व्यवस्थापक सुमन पाण्डेले भने, 'मागको नाममा मानसिक तनाव दिइएको छ। मजदुरबिना पर्यटन उद्योग चल्नै सक्दैन। त्यसैले उनीहरूको शोषण गर्नै सक्दैनौं/गर्दैनौं।' उनका अनुसार नियमभन्दा बाहिरको कुरामा सम्झौता पनि गर्न सकिँदैन।

गत असार १३ गते भएको सहमतिका बेला मजदुर संगठन र टानको संयुक्त पहलमा नेपाल सरकारसँग समन्वय गरी निर्देशिका निर्माण भए लगत्तै लागू हुने गरी टिम्स कोषबाट संकलित रकममध्येबाट सामाजिक सुरक्षाका लागि १ करोड ५० लाख नघट्ने गरी मजदुर कल्याणकारी कोष स्थापना गर्ने सहमति भएको थियो। त्यस्तै अन्य मागबारे ट्रेकिङ मजदुरका हकमा सम्बन्धित कम्पनीबाट परिचयपत्र उपलब्ध गराउने व्यवस्था गर्ने, विदेशी पदयात्री पर्यटकले अनिर्वाय रूपमा नेपाली मजदुर लिएर मात्र पदयात्रामा जानुपर्ने व्यवस्था गराउन संयुक्त रूपमा नेपालल सरकारसँग पहल कदमी गर्ने, दुर्घटना बिमाका लागि अधिकतम रूपमा लागू भएको इन्सुरेन्स कम्पनीसँग सहकार्य गरेर कार्यदल अगाडि बढ्ने सहमति भएको थियो।
News copy from: ekantipur


Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना) १८.५*१८.५ (फूट)।  १६ आना =५४७६ (वर्गफूट) १ (रोपनी) ७४*७४ (फूट)। १।४ धुर =४५.५६२५ (वर्गफूट) ६.७५*६.७५ (फूट)।  

How To Manage Blood Pressure Naturally

Reincarnation His Holiness Kyabye Trulshik Rinpoche, welcome And bless us Rinpoche.

Ever since Kyabje Trulsik Rinpoche passed away on September 2nd, 2011, finding his Reincarnation (Yangsi) has been awaited with great hope and deep devotion, especially in the Sherpas & Tibetans Buddhist Nyingma Tradition living in all over the world.  On 29th of May 2018, Saga Dawa day, we are all over joy to hear that His Holiness 4th Dodrupchen Rinpoche, Kyabje Dodrup Thupten Thinley Palbar (one of the most important living masters in the Nyingma and Dzogchen traditions) Chorten Gonpa Monastery, Tadong, Gangtok, Sikkim, India recently made this kind proclamation that a son born to the father, Ngawang Jigdrel Chokyi Wangchuk, the lineage holder of Maratika Lama, and the mother Orgyen Dolma is an Unmistaken Recognition of supreme reincarnation of His Holiness Late Trulshik Rinpoche. The Yangsi arrival at Dzarong Thupten Dongak Choeling Monastery .  June 23rd, 2018, Chewa Chu Ja Pemba The helicopter landed in Monastery helipad around 10:50 AM with Yangsi an