Skip to main content

पर्यटक नपठाउन माओवादीको चेतावनी

भाद्र १० - नेकपा-माओवादी समर्थित अखिल नेपाल क्रान्तिकारी पर्यटन मजदुर युनियनले पूरै पर्यटन क्षेत्रलाई धक्का पुग्ने गरी विदेशी राजदूतावासमा आफ्ना नागरिक (निश्चित एजेन्सीमार्फत) नपठाउन चेतावनी दिँदै पत्र पठाएको खुलासा भएको छ। मजुदरमाथि अन्याय गरेको भन्दै आन्दोलनका नाममा युनियनले भारतीय, डेनमार्क, अमेरिकी र जर्मनी राजदूतावासमा युनियनले हिमालय एक्स्िपडिसन इन, पिक प्रमोसन, एक्सप्लोर हिमालय ट्राभल एड्भेन्चर र हिमालय गाइड नामक एजेन्सीमार्फत पर्यटक नपठाउन भनेको छ। यी एजेन्सीले केही मजदुर निष्कासित गरी क्षतिपूर्ति नदिएको र पुनर्बहाली नगरेकाले यी एजेन्सीमार्फत पर्यटक पठाए बीच बाटोबाटै फर्काइदिने धम्कीसमेत दिइएको पर्यटन व्यवसायी रमेश धमालाले बताए। 'राजदूतावासमा पठाएको पत्र बोधार्थ हामीकहाँ आउँदा छक्क पर्‍यौं,' धमालाले भने, 'युनियनले एक साताअघि देखि नै समस्या ल्याएका थिए। वार्ताबाट सुल्झाउन खोज्दा पनि चासो दिइएन। एक्कासि धम्कीपूर्वक पत्र राजदूतावासमा पुग्यो।'

गत असोजमा मात्र व्यवसायी-मजदुरबीच सेवा/सुविधालाई लिएर नयाँ सम्झौता भएको थियो। तर यसको विपरीत युनियनले आन्दोलन सुरु गरेको व्यवसायीको भनाइ छ। यहाँसम्मकी अन्य दलका मजदुर युनियनले पनि राजदूतावासमा पत्र पठाइएको सम्बन्धमा ध्यानाकर्षण भएको जनाएका छन्।

'सबै युनियनसँग उनीहरूको सेवा सुविधाबारे सहमति गरेका थियौं,' समिति संयोजक धमालाले भने, 'यसका बाबजुद अभद्रतापूर्वक आन्दोलनका रूपमा अरू क्रियाकलाप भइरहेको छ।' उनका अनुसार आन्दोलनमा सहभागी हुनेमा पनि कति बाह्य व्यक्ति छन्। युनियनका नाममा अन्य मुलुकका राजदूतावासलाई पत्र पठाएर आफ्नो मुलुकको पर्यटक पठाए -निश्चित एजेन्सीमार्फत) बाटैबाट फर्काइदिनेसम्मको धम्की दिइएको छ। 'यस्ता क्रियाकलापले श्रम ऐनलाई कुल्चेको छ,' धमालाले भने, 'पाहुना जुनसुकै एजेन्सीबाट आउन स्वतन्त्र छन्। यसरी दिइने धम्कीले तोकिएको एजेन्सी मात्र नभई पूरै पर्यटन क्षेत्रलाई नै नकारात्मक प्रभाव पर्छ।' अखिल नेपाल क्रान्तिकारी पर्यटन मजदुर युनियनले आफूलाई उचित सेवा/सुविधा नदिएको भनिरहँदा अन्य दलका नेपाल ट्रेकिङ, ट्राभल, र्‍याफटिङ र एयरलाइन्स मजदुर युनियन (युनिट्राभ), अखिल नेपाल पर्यटन मजदुर संघ र नेपाल पर्यटन श्रमिक संघले कुनै मजदुर पीडित नभएको जनाएको छ। 'सहमतिका बाबजुद राजदूतावासमा एक्कासि पत्र पठाइएको छ, त्यसमा भ्रामक जानकारी उल्लेख गरिएका छन्। जसबारे अन्य कुनै पनि युनियन या संघलाई जानकारी छैन,' युनिट्राभका महासचिव सुमन पराजुलीले भने, 'यदि मजदुरलाई अन्यायमा परे त्यसका लागि हामी एकजुट हुन प्रतिबद्ध छौं।'

यही अक्टोबरदेखि लागू हुने गरी ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र पदयात्रा पर्यटनसँग सम्बन्धित ४ वटा मजदुर संगठन, अखिल नेपाल क्रान्तिकारी पर्यटन मजदुर संघ, अखिल नेपाल ट्राभल, टे्रकिङ, र्‍याफटङ तथा एयरलाइन्स मजदुर संगठन (युनिट्राभ), अखिल नेपाल पर्यटन मजदुर संगठन र नेपाल पर्यटक श्रमिक संघले संयुक्त निर्णय गरी पदयात्रा पर्यटन क्षेत्रमा काम गर्ने भरिया मजदुर (पोर्टर) को पारिश्रमिक वृद्धि गर्ने सहमति गरेको थियो।

मजदुरले अन्याय गरेको आरोप लगाएको कम्पनी एक्सप्लोर हिमालयका व्यवस्थापक सुमन पाण्डेले भने, 'मागको नाममा मानसिक तनाव दिइएको छ। मजदुरबिना पर्यटन उद्योग चल्नै सक्दैन। त्यसैले उनीहरूको शोषण गर्नै सक्दैनौं/गर्दैनौं।' उनका अनुसार नियमभन्दा बाहिरको कुरामा सम्झौता पनि गर्न सकिँदैन।

गत असार १३ गते भएको सहमतिका बेला मजदुर संगठन र टानको संयुक्त पहलमा नेपाल सरकारसँग समन्वय गरी निर्देशिका निर्माण भए लगत्तै लागू हुने गरी टिम्स कोषबाट संकलित रकममध्येबाट सामाजिक सुरक्षाका लागि १ करोड ५० लाख नघट्ने गरी मजदुर कल्याणकारी कोष स्थापना गर्ने सहमति भएको थियो। त्यस्तै अन्य मागबारे ट्रेकिङ मजदुरका हकमा सम्बन्धित कम्पनीबाट परिचयपत्र उपलब्ध गराउने व्यवस्था गर्ने, विदेशी पदयात्री पर्यटकले अनिर्वाय रूपमा नेपाली मजदुर लिएर मात्र पदयात्रामा जानुपर्ने व्यवस्था गराउन संयुक्त रूपमा नेपालल सरकारसँग पहल कदमी गर्ने, दुर्घटना बिमाका लागि अधिकतम रूपमा लागू भएको इन्सुरेन्स कम्पनीसँग सहकार्य गरेर कार्यदल अगाडि बढ्ने सहमति भएको थियो।
News copy from: ekantipur


Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।