 भदौ ९ गते -विदामा बसेको कार्यालय प्रमुख कार्यालयमा हाजिर नभई सरुवा भएपछि जिल्ला विकास समितिको कार्यालय सोलुखुम्बु यस बेला प्रमुख विहिन भएकोछ । तत्कालिन स्थानीय विकास अधिकारी लक्ष्मण ढकाल विदामा रहेकै बेला सरुवा भएर अर्को व्यक्तिलाई विभागले निमित्त वा कार्यबाहक नदिएकोले गर्दा जिविस सोलुखुम्बु यस बेला प्रमुख बिहिन भएको हो ।  निमित्त दिने व्यक्ति सरुवा भईसकेको र उहाँले दिएको निमित्त स्वतः अमान्य हुने भएकोले यसबेला आफु योजना अधिकृत मात्र रहेको योजना अधिकृत रोसशनसंकर घिमिरेले बताउनुभयो । जिविस सोलुखुम्बु प्रमुख विहिन भएको सम्बन्धमा आफुले विभागमा लेखेर पठाएको भएपनि अहिलेसम्म आफुलाई निमित्त वा कार्यबाहक नदिएको पनि घिमिरेले बताउनुभयो ।

कार्यालयमा निमित्त समेत नहुँदा जिविसका निर्णय गर्नुपर्ने सबै किसिमका बैठकहरु हुन सकेका छैनन् भने कार्यालय प्रमुखको तर्फबाट हुने निर्देशन तथा कार्यहरु समेत हुन सकेका छैनन् ।
स्थानीय विकास अधिकारी नभएकै कारण गत ६ गतेका लागि तय भएको पर्यटन रोयल्टी रकम बाँडफाँड सम्बन्धि बैठक शुरु हुन सकेको छैन भने जिल्ला शिक्षा समितिका अध्यक्ष समेतको जिम्मेवारी भएका स्थानीय विकास अधिकारी नहुँदा शिक्षकहरुको दरबन्दी मिलान्, नयाँ शिक्षक पदस्थापना लगायतका कामहरु पनि हुन सकेका छैनन् । 
Comments
Post a Comment