साउन २६–लगानी गर्नुपर्ने रकम बैंक तथा वित्तीय थन्किएपछि अर्थतन्त्रमै नयाँ खाले जोखिम बढेको छ । बैंकमा एकवर्षयता रकम जम्मा हुँद्यै गए पनि त्यसअनुरुप लगानी नभएपछि सर्वसाधरणले उचित ब्याज नपाउने स्थिति छ । ट्रेजरी विल्स र अन्तर बैंक ब्याजदर बर्षदिन यता एक प्रतिशत भन्दा कम हुनु अत्यधिक लगानी योग्य रकम (तरलता) भएको संकेत हो । बैंक वित्तिय संस्थामा बढि रकम भएपछि उनीहरु ट्रेजरी विल्समा लगानी बढाउन खोज्छन । लिलाम बढाबढमा खरिद गर्नुपर्ने विल्समा बढि लगानीकर्ता भएपछि स्वभाविक रुपमा ब्याज कम हुदै जान्छ । बैंकहरुसंग बढि रकम भएपछि उनीहरु सर्वसाधारणबाट पनि रकम लिन चाहदैनन, जसले गर्दा बचतको ब्याजदर पनि कम भएर सर्वसाधारणलाई मर्का पर्न थालेको छ ।
०७० असार २५ देखि १ प्रतिशत भन्दा कममा झरेको ट्रेजरी बिल्सको ब्याजदर पछिल्लो एक महिनायता शुन्यकै हाराहारीमा अडिएको छ । अल्पकालिन व्याजदरको औसत अवस्था देखाउने ९१ दिने ट्रेजरी बिल्सको प्रतिफल यस्तो देखिएको आजको कान्त्पिुर दैनिकमा खबर छापिएको छ । बैंकबाट विकास निर्माणका लागि आवस्यक आन्तरिक ऋण उठाउन र बजारको बढी तरलता (लगानी योग्य पुजी) खिच्न सरकारले राष्ट्र बैंक मार्फत जारी गर्ने उपकरण ट्रेजरी बिल्स हो ।
Comments
Post a Comment