
इजरायल महिलाका लागि आकर्षक श्रम गन्तव्य मुलुक मानिन्छ । त्यहाँ नेपालीको मासिक न्युनतम पारिश्रमिक १ हजार डलर (करिब ९७ हजार रुपैयाँ) छ । इजरायलले म्यानपावर एजेन्सीले बढी रकम असुल्ने तथा अनियमितता गर्ने भएकाले सरकार मार्फतमात्र नेपाली कामदार लिने प्रस्ताव श्रम तथा रोजगार मन्त्रालयमा पठाएको कारोबारमा खबर छ । दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली मोडलमा नै इजरायलले कामदार लैजानेबारे सरकार सँग छलफल चलाइरहेको छ । यो प्रक्रियामा दुवैतर्फका सरकारी निकायले मात्र काम गर्न पाउने छन् । इजरायलका स्थानीय एजेन्ट र नेपाली म्यानपावर एजेन्सी बीच कमिसन लिने/दिने प्रतिस्पर्धा चलेपछि बन्द गरिएको इजरायली रोजगार निजी क्षेत्रलाई सहभागी नगराई जनशक्ति लैजाने प्रक्रिया अघि बढेको हो । इजरायलले परीक्षा व्यवस्था पनि हुनुपर्ने प्रस्ताव नेपाल सँग गरेको छ । परीक्षा हुँदा अंग्रेजी र गणित विषय आकषिर्त हुनेछन् । पाइलट प्रोजेक्टमा कामदार सँग पैसा नलिने र त्यस पछि रकम लिन सक्ने प्रस्ताव नेपाललाई पठाएको छ । तर, कति रकम लिने भन्नेमा स्पष्ट नखुलाइएको मन्त्रालयले जनाएको छ ।
Comments
Post a Comment