११ भदौ, सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रका भुस्याहा कुकुरको स्थायी बन्ध्याकरण सुरु गरिएको छ ।
राष्ट्रिय निकुञ्ज क्षेत्रमा भुस्याहा कुकुरको सङ्ख्या घटाउनस्थायी बन्ध्याकरण अभियान सुरु गरिएको निकुञ्जका निमित्त संरक्षण अधिकृत लक्ष्मण ढकाले जानकारी दिए ।
आइतबारबाट सुरु अभियान अन्तर्गत मङ्गलबारसम्ममा खुम्जुङ गाविसका १० वटा भुस्याहा कुकुरको स्थायी बन्ध्याकरण गरिसकेको पशु चिकित्सक तारामान तामाङले जानकारी दिए ।
खुम्जुङमा बन्ध्याकरण अभियान सकेपछि क्रमशः नाम्चे र चौरीखर्कका भुस्याहा कुकुरको पनि बन्ध्याकरण गरिने जनाइएको छ । घरपालुवा कुकुर बाटोमा छाडा नछोड्न सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चेले सूचनासमेत जारी गरेको छ ।
भुस्याहा कुकुरको सङ्ख्या नियन्त्रण गर्दा निकुञ्ज क्षेत्रमा संरक्षित दुर्लभ वन्यजन्तु र पक्षीको सुरक्षा हुने विश्वास निकुञ्जले लिएको छ ।
News From C/P Onlinekhabar
Comments
Post a Comment