सिन्धुपाल्चोकको राम्चे र मांखा गाविसको सीमानामा पर्ने जुरे भन्ने स्थानमा पहाड खस्दा भोटेकोशी थुनिएको छ ।

बाह्रविसेबाट नजिकै पर्ने इटनी भीर खसेर भोटेकोसी नदी थुनिएको र हालसम्म नदी सुचाररु हुन नसकेको बताइएको छ ।
नदी थुनिदा स्थानीय ड्यामसाइड बजार पुरिएको छ भने रातको समयमा पहिरो गएराकाले मानविय क्षति भएको आशंका गरिएको छ । यद्यपी यसको औपचारिक पुष्टि हुन सकेको छैन ।
नदी थुनिदा करीब २ किलामिटरसम्म ताल बनेको स्थानीयले जानकारी दिएका छन् ।
पहिरोले नदी ठप्प भएपछि लामोसँधु, खाँडीचौर, सुकुटे दोलालघाट बजारलगायत उच्च जोखिममा परेका छन् भने भोटेकोसी जलविद्युत आयोजना पनि जोखिममा परेको छ ।
अहिले घटनास्थलमा, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयहरु उद्दारमा खटिएको जानकारी प्राप्त भएको छ । घटनास्थल ड्यामसाइटबजार बाह्रबिसेबाट ५ किलोमिटर दक्षिणमा पर्छ ।
Comments
Post a Comment